अर्गेलीबाट उत्पादित कागजद्वारा सय बढीले पाए रोजगारी र राम्रो आम्दानी

अशोज २०, २०७४ मा प्रकाशित | 785 views

तेह्रथुम ।

तेह्रथुमका किसानहरुले अर्गेलीबाट उत्पादित कागज जापान निर्यात गरी राम्रो आम्दानी गर्न थालेका छन । अर्गेलीबाट उच्च गुणस्तरको जापानी कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मूल्यसमेत आकाशिएको छ ।

अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको तीनजुरे गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रशोधन प्रालिले गत वर्षदेखि जापानी गुणस्तरको कागज उत्पादन गर्न थालेको हो ।

उत्पादित कागज अहिले जापानतर्फ निर्यात भइरहेको प्रालिका अध्यक्ष बलमान गुरुङले बताउनुभयो । जंगलमा प्राकृतिक रूपमा उम्रिएको अर्गेलीको पाटबाट जापानी यान९पैसा० आउन थालेपछि यस क्षेत्रका लेकाली गाउँका किसान अर्गेलीको व्यावसायिक खेतीमा लागेका हुन् ।

हाल तेह्रथुमबाट मात्र वार्षिक २५ हजार केजीभन्दा बढी लोक्ताको पाट उत्पादन हुने गरेको छ । अर्गेलीको व्यावसायिक खेतीमा लागेका किसान मिलेर देउरालीमा नेपाली हाते कागज उद्योगसमेत समेत सञ्चालन गरेका छन् ।

लोक्ताको पाट स्थानीय स्तरमा प्रशोधन भएर कागज उत्पादन हुन थालेपछि यस क्षेत्रमा त्यसै खेर गएको लोक्ता र अर्गेलीले अन्तर्राष्ट्रिय बजार पाएको हो ।

तेह्रथुम र संखुवासभाका सामुदायिक तथा निजी वन क्षेत्रमा १ हजार ५०० भन्दा बढी किसानले अर्गेलीको व्यावसायिक खेती गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

जिल्लामा निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा गरी ८९१ हेक्टरमा अर्गेलीको व्यावसायिक खेती हुने गरेको छ ।

कागज बनाउने लगायतका काममा १०० भन्दा बढी स्थानीयवासीले रोजगार पाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web