काठमाडौं ।

नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले अगामी लोकतन्त्र र संविधानमाथी प्रहार भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय समिति वैठकले नेकपा एमाले र नेकपा 'माओवादी' को निर्वाचन तालमेलले संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारी विपरित मुलुकलाई वैचारिक ध्रुविकरणतर्फ लगेको ठहर गरेको हो ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले दलीय सहमति अनुरुप प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबै जुट्नुपर्ने बेला मुलुकलाई आवश्यक नै नभएको वाम एकताले लोकतन्त्रमाथीकै संकटको रुपमा लिएको जनाएको छ ।

संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ कांग्रेस र मोओवादी केन्द्र लगायतका राजनीतिक दलहरुवीचको सहकार्यलाई अगाडि वढाइ संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भइरहेको अवस्थामा हठात माओवादी केन्द्रको एमालेसँग चुनावीतालमेल गर्ने निर्णयलाई काँग्रेसले अस्वभाविक रुपमा लिएको जनाएको छ ।

साथै, एमाले र माओवादी वीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको पनि वैठक ठहर गरेको छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको छ ।’

19.12¡ÆC