हतारमा कर्मचारी समायोजनसहित ३ विधेयक पारित

अशोज २०, २०७४ मा प्रकाशित | 803 views

काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठकले विभिन्न ३ वटा विधेयकहरु पारित गरेको छ ।

बैठकले कर्मचारी समायोजन विधेयक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग  विधेयक र अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक पारित गरेको हो ।

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको कर्मचारी समायोजन विधेयक २०७४ लाई बहुमतले पारित गरेको हो ।

छलफलका क्रममा उठेका विषयमा जवाफ दिदै सामान्य प्रशासन मन्त्री वस्नेतले विधेयकले निजामती सेवाको संरचना नबिग्रने गरी संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने र कर्मचारी समायोजन गर्दा पद अनुसार समुह, तह, वतन र बसोबासको स्थानलाई प्राथमिकता दिने व्यवस्था गरिएको बताउनुभयो  ।

बैठकले अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक लाई बहुमतले पारित गरेको छ ।

अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथि छलफलका क्रममा उठेका विषयमा जवाफ दिनुहुँदै संविधान र संघीयता कार्यान्वयनका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आवश्यक रहेको र विधेयकले आयोग गठन गर्ने बताउनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक पारित गर्ने क्रममा गणपुरक संख्या नपुगेको भनी सांसद प्रेम सुवालले नियमापत्ती गरेपछी ३ मिनेट घण्टी बजाएर सांसदहरुको गणना गरिएको थियो ।

गणपुरक संख्या एक चौथाई १४८ हुनुपर्नेमा ११० जना  मात्रै उपस्थित भएपछि सभामुख ओनसरी घर्तीले बैठक आगामी आइतबार १ बजेसम्मका लागि स्थगित गर्नुभयो ।

प्रधान न्यायाधिश तथा सर्वोच्च अदालतका न्यायाधिशको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धी विधेयक, उच्च अदालत र जिल्ला अदालतका न्यायाधिशको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धी विधेयक र राष्ट्रिय महिला आयोग विधेयक समेत आजै पारित गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web