Good gestures in EPG meeting against status quo of 1950 Treaty

The fifth meeting of the Eminent Persons' Group (EPG) formed to offer recommendations by studying the entire aspects of Nepal-India relations has ended today.

The two-day meeting held in Kathmandu discussed the Treaty of Peace and Friendship 1950, border management and security, national interests of both the countries in a friendlier manner, coordinator of Nepali group of EPG and former Foreign Affairs Minister Dr Bhekh Bahadur Thapa said.

Mr. Thapa said, we were assured we would not be in status quo in terms of the Treaty of Peace and Friendship. Good gestures emerged to reach a conclusion in the remaining 10 months' tenure of the EPG.

At a news conference organized to share information about the EPG meeting, coordinator Thapa said that efforts were underway to give a new dimension to any issue based on study.

Stating that provision of identity card was compulsory to the Nepalis and Indian nationals travelling by air, Dr Thapa said that consultations were going on regarding the same provision to those travelling via land routes.

In the meeting, issues of ensuring border security and making it accessible were intensively discussed.

The next meeting of the EPG is scheduled on November 11 and 12 in New Delhi, India.

Maoist Convention kicks off

National convention of Nepal Communist party Maoist revolutionary has kicked of in Pokhara today.

Inaugurating the convention, chairman Mohan Baidhya stressed on unity among revolutionary Maoists to challenge the alliance among the reactionary forces, be them as democratic and leftist ones.

The convention to last for five days will elect a new leadership with Pokhara declaration.

कांग्रेसलाई अर्को झट्का, जनमोर्चा पनि वाम गठबन्धन तिरै

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीले पनि वाम गठबन्धनसग चुनावी तालमेल गर्ने तयारी गरेको छ । काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धनसग चुनावी ताालमेल रोज्न लागेको हो ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताउनु भयो । भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको उहाँको भनाई छ । बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नया शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।

परिवार दलले सूर्य चिह्नमा चुनाव लड्ने

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ ।

राष्ट्रियता, विकास, संविधानको कार्यान्वयन, शान्ति र लोकतन्त्रका लागि एमाले र परिवार दलबीच सहमति भएको हो । सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसद्भित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्नेछन् ।

एमाले गठबन्धनमा रहेका सबै पार्टीका उम्मेदवारलाई विजयी गराउन परिवार दल केन्द्रदेखि प्रदेश तहसम्म क्रियाशील रहने सहमतिमा उल्लेख छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको सहमति राष्ट्र र जनताको आवश्यकतानुसार भएको भन्दै राष्ट्रियता बलियो बनाउँदै मुलुकको तीव्र आर्थिक विकास गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिनुभयो । एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष ढकालले हस्ताक्षर गर्नुभएको छ ।

राप्रपा अध्यक्ष कमल थापा कुन गठबन्धन रोज्ने भन्ने दोधारमा

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा अझै पनि कुन गठबन्धन रोज्ने भन्नेमा दोधारमा देखिएका छन्। कांग्रेसले अगुवाइ गरिरहेको लोकतान्त्रिक गठबन्धनसँग नजिकिएका थापाले दुबै गठबन्धनसँग वार्गेनिङ गरिरहेका छन् । केपी ओली सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले शुक्रबार अवेर एमाले अध्यक्ष केपी ओलीलाई भेटेर ‘राप्रपालाई सम्मानजनक सिट दिएमा वाम गठबन्धनलाई सघाउने’ प्रस्ताव राखेको खुलासा भएको छ ।

कांग्रेस गठबन्धनमा रहेका दलहरुका एजेन्डा भन्दा एमालेसँग रहेका दलहरु एजेन्डाहरु मन परेको भन्दै थापा मुड चेन्जमा पुगेका छन् । वाम गठबन्धन लगत्तै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर लोकतान्त्रिक गठबन्धन बनाउन आफूले सघाउने बचन दिएका थिए। पछि, वार्ता–क्रममा कांग्रेसले राप्रपालाई कम्तिमा पनि १५ सिट छोडिदिनु पर्ने सर्त राखेको राप्रपाले लोकतान्त्रिक गठबन्धनमा त्यति हिस्सा पाउने संकेत नपाएपछि थापाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेदवार सिफारिश,को-को परे छनोटमा

नुवाकोट,असोज २१ नुवाकोट– नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाएका छन्।

नुवाकोटमा कायम प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीहरु धेरै भएपछि १४३ जनाको नाम बुझाएर अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिएको छ।

काँग्रेस नुवाकोटले प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा रामशरण महत र सरिता लामाको नाम प्रस्ताव गरेको छ। प्रतिनिधिसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरिएको सभापति केसीले जानकारी दिए।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, विषम रिमाल, दीनेश खनाल, निलम उप्रेती र विनोद शाह रहेका छन् । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ २४ जनाको नाम समावेश छ।

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । प्रदेशसभा क्षेत्र नंं २ बाट समानुपातिकतर्फ २२ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको काँग्रेस नुवाकोट सभापति केसीले जानकारी दिए।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ नौ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइएको छ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ।

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी, गणेश वाइबा, सरिता अधिकारी र च्याउकीमाया तामाङको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ २१ जनाको नाम सिफारिश गरिएको छ।

केन्द्रीय सभापतिलाई बुझाइएको नामावलीमा क्षेत्रीय कार्यसमितिबाट प्रस्ताव भएको नाम पार्टीको केन्द्रीय कार्यसमतिको निर्देशनबमोजिम नभएको, पार्टीको १३औं महाधिवेशनमार्फत निर्वाचित जिल्ला सभापति, सचिव, जिल्लाबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नाम समावेश नभएकाले जिल्ला कार्यसमितिले बाध्य भएर परिवर्तन तथा परिमार्जन गर्नुपरेको जनाएको छ। रासस

अष्ट्रेलियाका आठ शहरमा नेपाल आइडलका वुद्ध, निशान र प्रतापको कन्सर्ट

मुकुन्दराज भेटुवाल-क्यान्बेरा ।

अष्ट्रेलियाका विभिन्न ८ शहरमा पहिलो नेपाल आइडल फिनालेका तीन जनाको संयुक्त सांगितिक कन्सर्ट हुने भएको छ ।

नेपाल आइडल बिजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरार्इ र सेकेण्ड रनरअप प्रताप दाससहितको कन्सर्ट सिड्नी, क्यानबेरा सहित ८ स्थानमा हुने भएको हो ।

सिड्नीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुने भएके छ । अहिलेसम्म नेपालको कुनैपनि कार्यक्रम नभएको यो ओलम्पिक पार्कमा एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने भएको छ ।

नेपाली टच अस्ट्रेलियाले नेपाल आइडलका टप थ्रीलाई अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो भने सिड्नीको मुख्य कार्यक्रम डीसेम्बर १ मा हुने तय भएको छ ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहने कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यतालिका अनुसार क्यानबेरा, सिडनी सहित ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन शहरमा कार्यक्रम हुने भएको छ ।

भारतको कोठीबाट पाँच बालिकाको उद्धार

चितवन ।

भारतको कोठीमा बेचिएका एक किशोरी र ४ बालिकाको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको हो ।

भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन् ।

भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिइन् ।

यस्तै भारतको मुम्बइस्थित अर्को कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए । उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन ।

सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ ।

चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ ।

थ्री स्टारलाई क्षतिपूर्ति दोषीलाई जोगाएर एन्फा बजेट दुरुपयोगको नयाँ श्रृंखला

काठमाडौं ।

नेपालमा प्रचलित कानुनअनुसार यी ऐन, सम्झौता र फैसलाअनुसार क्षतिपूर्ति दिनसक्ने आधार छ । त्यसैले अखिल नेपाल फुटबल संघ एन्फा ले एएफसी कप प्ले–अफ खेल्न वञ्चित गरिएकामा थ्री स्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन गरिएको निर्णय र सम्झौता न्यायको सिद्धान्त, प्रचलित कानुन र कार्यविधिअनुसार देखिँदैन ।

‘हिंसा र श्रम ऐनबाहेक पूर्व सम्झौता र अदालतको आदेशअनुसार क्षतिपूर्ति दिँदा त्यस रकम बजेटमा हुनैपर्छ,’ एक कानुनविदले भने, ‘एन्फाको बजेटमा क्षतिपूर्ति शीर्षक नै छैन । त्यसैले न्यायको सिद्धान्त र कानुन लत्याउँदै थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय गरी एन्फा नेतृत्वले फुटबलको बजेट दुरुपयोग गर्न खोजियो ।’

पूर्व अध्यक्ष गणेश थापाविरुद्ध आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन महिनाभित्र आर्थिक नियमावली बनाएर आर्थिक पारदर्शिता कायम राख्न २०७१ सालमै दुईपल्ट एन्फालाई निर्देशन दिएको थियो । अख्तियारको त्यस निर्णयलाई एन्फाले अहिलेसम्म लागू गरेको छैन । यसप्रति राष्ट्रिय खेलकुद परिषद् 'राखेप' ले पनि बेवास्ता गरिरहेको छ ।

‘एन्फाको क्षतिपूर्ति दिने निर्णयले तीन वर्षअघि अख्तियारले दिएको निर्देशन पनि लत्याएर बजेट दुरुपयोग गर्ने संकेत देखाएको छ,’ एन्फाकै एक उच्च पदाधिकारीले भने, ‘दोषीबाट उठाएर क्षतिपूर्ति दियो भने पनि न्यायसंगत हुनसक्छ तर एन्फाले यी सबै प्रक्रिया र न्यायको सिद्धान्तलाई बेवास्ता गर्दै सम्बन्धित पदाधिकारीलाई बचाउ गरेर नाटकीय कारबाहीमात्र गरेको छ ।’

एसियाली फुटबल महासंघ ९एएफसी० ले चारपल्ट पत्राचार गर्दा पनि प्रतियोगितामा थ्री स्टारको टिम दर्ता नगरिदिने कर्मचारीलाई पनि नाटकीय कारबाही गरिएको छ ।

दसैंअवधिमा निलम्बन गरिएको भनिएका महासचिव धिरेन्द्र प्रधान अष्टमीका दिन साफ यू–१८ च्याम्पियन भएर फर्केको नेपाली टिम लिन विमानस्थल पुगेका थिए । प्रधानसँगै प्रतिवेदनमा दोषी देखाइएका कर्मचारी वसन्त रिजाल र गोकुल थापा पनि नियमित काममै रहेको एन्फा स्रोतले जनाएको छ । ‘अन्तर्राष्ट्रिय पत्राचारदेखि आन्तरिक कार्य उनीहरूले गरिरहेकै छन्,’ स्रोतले भन्यो, ‘कारबाही गरेर दसैं मनाउन पठाइएजस्तो देखियो ।’ महासचिव प्रधान एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठका सम्धी पनि हुन् ।

‘न्यायको सिद्धान्तअनुसार दोषीलाई कारबाही नगरी क्षतिपूर्ति दिने निर्णय गर्न मिल्दैन भन्दा पनि अध्यक्षले निर्णय गराए, त्यसैले निर्णयप्रति नोट अफ डिसेन्ट लेख्नुपर्‍यो,’ एन्फाका कार्यसमिति सदस्य पंकजविक्रम नेम्वाङले भने, ‘स्रोतको व्यवस्थापन गर्ने भने पनि प्रतिवेदन त्यस्तो आएको छैन ।

प्रतिवेदनलाई सोमबार हुने विशेष अधिवेशनमा लाने निर्णय गरेर पनि अध्यक्षले थ्री स्टारलाई डेढ करोड दिने सम्झौता गर्‍यो । साधारणसभालाई गुमराहमा राख्ने गरी भएको सम्झौता साधारणसभाले उल्टायो भने अध्यक्षको नैतिकता के रहन्छ रु’

एन्फा अध्यक्ष श्रेष्ठ भने थ्री स्टारसँगको सम्झौता वैधानिक रहेको दाबी गर्छन् । भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा ले प्रतिबन्ध लगाएका गणेश थापाको विश्वासपात्र श्रेष्ठले भने, ‘क्षतिपूर्ति दिन नमिल्ने भन्ने होइन, राखेपकै निर्देशनमा सम्झौता गरिएको हो । थ्री स्टारले तयारीमा गरेको खर्चअनुसार डेढ करोड क्षतिपूर्ति तोकिएको हो । बजेटमा नभए पनि यो रकम आन्तरिक स्रोतबाट दिनेछौं ।’ उनले महासचिव प्रधानसहितका कर्मचारीलाई दसैंमा निलम्बन गरिएकोबारे भने, ‘दसैं पर्‍यो त के गर्ने ?’

राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले ब्रान्ड मूल्य र तयारी खर्च हिसाब गर्दै ६ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरे पनि उसका पदाधिकारीहरू दोषीलाई कारबाही गर्नेबारे भने मौन रहँदै आएका छन् ।

कहिले के भयो ?

२०७३ भदौ

एसियाली क्लब फुटबलकै दोस्रो ठूलो प्रतियोगिता एएफसी कप छनोटको प्रारम्भिक चरण मंगोलियामा उलानबटारमा आयोजना । थ्री स्टार क्लबले मंगोलियाको च्याम्पियन इर्चिमलाई २–० ले हरायो । कम्बोडियाको लिग विजेता नागवल्र्डसँग १–१ को नतिजा निकाल्दै थ्री स्टार समूहमा पहिलो भई अन्तिम प्ले–अफमा छनोट ।

२०७३ मंसिर

एएफसी कप प्ले–अफको खेलतालिका सार्वजनिक । एसियाली फुटबल महासंघ ९एएफसी० ले चारपल्ट पत्राचार गरे पनि एन्फाले थ्री स्टारको टिम दर्ता नगरेको रहस्योद्घाटन । मंगोलियामा सम्पन्न छनोटमा पहिलो भएर पनि थ्री स्टार प्ले–अफ खेल्न वञ्चित ।

२०७३ मंसिर २४

थ्रीस्टार एएफसी कपबाट वञ्चित भएकोबारे सत्यतथ्य पत्ता लगाउन भनी उपाध्यक्ष वीरबहादुर खड्का संयोजक, सदस्य रमेश रायमाझी र सहायक महासचिव सन्जीव मिश्र रहेको छानबिन समिति गठन ।

२०७३ मंसिर २८

राजधानीका फुटबल क्लबहरूका प्रतिनिधिको भेला गरी थ्री स्टारद्वारा ६ करोड रुपैयाँ क्षतिपूर्ति माग । कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा । क्षतिपूर्ति माग गर्दै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्मा निवेदन । दोषीलाई कारबाही गर्नुपर्ने न्यायको सिद्धान्तबारे भने एन्फा मौन ।

२०७३ पुस १४

वीरबहादुर खड्का संयोजकत्वको समितिले महासचिव धिरेन्द्र प्रधान, कर्मचारीहरू गोकुल थापा र वसन्त रिजाललाई दोषी देखाउँदै उनीहरूलाई सचेत गराएर नसियत दिनुपर्ने प्रतिवेदन बुझाएको ।

२०७४ असार ७

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको नेतृत्वमा भएको छलफलमा १ करोड ५० लाख रुपैयाँ क्षतिपूति दिने थ्री स्टारसँग सहमति । दोषीलाई कारबाही गर्नेबारे दुवै पक्ष मौन ।

२०७४ साउन १२

उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य पंकज नेम्वाङ, रत्नकुमार श्रेष्ठ, वसन्त अर्यालले दोषीलाई कारबाही गरेपछि मात्र क्षतिपूर्ति दिनुपर्ने चर्को माग गरेपछि कार्यसमिति बैठक नै स्थगित ।

२०७४ साउन ३२

वरिष्ठ उपाध्यक्ष मणि कुँवर संयोजकत्वमा गणेश चन्द र दिनेश व्यञ्जनकार सदस्य रहेको अर्को समिति गठन । थ्री स्टारलाई क्षतिपूर्ति दिन कानुनी र व्यावहारिक प्रक्रिया पूरा गरी कार्यसमितिमार्फत् आगामी विशेष साधारणसभामा पेश गरी अनुमोदन गर्ने गरी जिम्मेवारी समितिलाई दिने निर्णय । दोषीलाई कारबाही नगरी क्षतिपूर्ति गराउने कार्य अघि बढाएको भन्दै उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य पंकज नेम्वाङ र रत्नकुमार श्रेष्ठको ‘नोट अफ डिसेन्ट’ ।

२०७४ भदौ १३

वरिष्ठ उपाध्यक्ष मणि कुँवर संयोजकत्वको समितिद्वारा महासचिव धिरेन्द्र प्रधान, कर्मचारी गोकुल थापा र वसन्त रिजाललाई १५ दिन पदीय जिम्मेवारीबाट मुक्त हटाउने प्रस्तावसहित प्रतिवेदन प्रस्तुत ।

२०७४ भदौ २९

वरिष्ठ उपाध्यक्ष मणि कुँवर संयोजकत्वको समितिको प्रतिवेदनलाई पारित गर्दै उक्त प्रस्ताव अध्यक्षले उपयुक्त समयमा कारबाही गरी कार्यान्वयन गर्ने कार्यसमितिको निर्णय । विशेष साधारणसभाबाट अनुमोदन गरी १ करोड ५० लाख रुपैयाँ थ्री स्टारलाई दिने निर्णय । महासचिव धिरेन्द्र प्रधान, कर्मचारी गोकुल थापा र वसन्त रिजाललाई दसैं बिदा पारेर १५ दिन पदीय जिम्मेवारीमुक्त तर निरन्तर कार्यरत् ।

२०७४ असोज १८

राखेपको रोहबरमा थ्री स्टारलई क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ दिने सम्झौता ।

साभार :राजु घिसिङ/कान्तिपुर दैनिक

झलनाथ खनाल र सुवास नेम्वाङले पाए इलामको पुरानै क्षेत्र

इलाम ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि नेकपा एमाले इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटिले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट प्रतिनिधिसभा सदस्य चुनावका लागि सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राम रानाले जानकारी दिनुभयो  । पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र नं १ र नेम्वाङ २ का सांसद हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री खनाल ४ पटक क्षेत्र नं। १ बाट विजयी भइसक्नु भएको छ भने एकपटक पराजित बन्नु भएको थियो । पूर्वसभामुख नेम्वाङ्ग भने क्षेत्र नं। २ बाट लगातार ३ पटक विजयी भइसक्नु भएको छ ।

खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति भएकाले बैठकले सर्वसम्मत रूपमा उहाँहरूको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

ट्रायलमा ‘फेल’ भए पनि लाईसेन्स बनाउन मन भए सगरमाथा अञ्चल यातायात आउनुस्

सिरहा ।

नियमत सवारी चालक अनुमति पत्र लिनको लागि लिखित र सवारी साधन चलाएर ट्रायलमा उत्तिर्ण हुनैपर्छ । तर सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा भने त्यो जरुरी पर्दैन ।

ट्रायल परीक्षामा फेल भएपनि यहाँको यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा घुष खाएर फेल भएकालाई पनि पास गर्ने गरिएको भेटिएको छ ।

पहिलो चरणमा पास नभई दोस्रो पटक ट्रायल दिएर पास भएकामध्ये आधा व्यक्ति ट्रायलमा फेल भए । तर, घुस दिएकै भरमा फेल भएकाहरूलाई पनि पास गरियो । दर्ता नम्बर ३४७३२६९१८८१ ‘एन' भएका कासिन्द्र साह ट्रायल परीक्षामा फेल भए पनि उनलाई पास गरियो । पहिलो पटक फेल भएका साहले दोस्रो पटक असोज ९ गते ट्रायल परीक्षा दिएका थिए ।

साह फेल भएको तर पास गरिएको भिडियो प्रमाण फेला परेको छ । भिडियोमा ट्रायलका बेला साहले भुइँमा खुट्टा राखेपछि ट्राफिकले सिट्ठी फुकेर फेल भएको संकेत गरेका छन् । त्यसपछि पनि साह रोकिएनन् । उनी अगाडि बढे । अन्तिममा बसेका ट्राफिकले झन्डा हल्लाएर पास भएको संकेत गरेको छ ।

उनी यातायात र ट्राफिक इन्स्पेक्टर बसेको ठाउँमा पुगेपछि उनको प्रवेशपत्रमा पास भएको संकेत उल्लेख गरेको भिडियोमा प्रस्ट देखिन्छ ।

यस्तै दर्ता नम्बर २६८४७१५ ‘एनु रहेका लक्ष्मीकुमार यादव पनि ट्रायलमा फेल भए । तर उनलाई पनि ट्राफिक प्रहरीले झन्डा हल्लाएर पास गरे । उनको प्रवेशपत्रमा पनि यातायातका कर्मचारीले पास भएको उल्लेख गरेर कार्यालय खुलेको दिन लाइसेन्स लिन आउन भन्यो । यादवले ट्राइल दिँदा ठाउँठाउँमा खुट्टा टेक्नुका साथै रातो बत्ती बल्दा पनि मोटरसाइकल रोकेका थिएन् । उनी ट्रायल सेन्टरमा रहेको उचाइमा चढ्दा पनि तोकिएको ठाउँमा मोटरसाइकल नरोकी अगाडि बढेका थिए । तर पनि ट्राफिक प्रहरीले उनी पास भएको संकेत गरे ।

यसरी फेल भएर पनि पास भएका सयौं व्यक्ति छन् जसले बिचौलियामार्फत रकम बुझाएर ट्रायल पास गरी लाइसेन्स लिएका छन् ।

साह र यादव उदाहरण मात्र हुन् । यसरी फेल भएर पनि पास भएका सयौं व्यक्ति छन् जसले बिचौलियामार्फत रकम बुझाएर ट्रायल पास गरी लाइसेन्स लिएका छन् ।

पहिलो चरणमा केही व्यक्तिले मात्र रकम दिएर पास हुन्छन् । पहिलो चरणमा फेल भएपछि दोस्रो चरणमा पनि फेल हुने डरले अधिकांश व्यक्ति रकम दिएर पास हुने गरेका छन् । स्रोतका अनुसार मोटरसाइकलको लाइसेन्सको ट्रायल पास गर्न १५ देखि २५ हजार रुपैयाँसम्म घुस दिन्छन् । घुस रकम बिचौलियामार्फत यातायातका हाकिम र ट्राफिक इन्स्पेक्टरसमक्ष पुग्ने गरेको छ ।

यातायात कार्यालयअनुसार पहिलो चरणमा ७ हजार २ सय ९९ जनाले मोटरसाइकलको लाइसेन्सका लागि फाराम भरेकोमा ६ हजार ६ सय ४५ जना लिखितमा पास भए । लिखित पास भएकामध्ये ९ सय ८५ जनाले मात्र ट्रायलमा पास भएर लाइसेन्स पाएका छन् । तर दोस्रो चरणमा फेल भएकामध्ये ४ हजार ३ सय ८२ जनाले फेरि रसिद कटाए ।

तीमध्ये ४ सय ५७ जना ट्रायलमा अनुपस्थित भए भने ३ हजार ९ यि २५ जनाले ट्रायल दिँदा १ हजार ६ सय २९ जना उत्तीर्ण भएको रेकर्ड छ । पहिलो चरणमा थोरै पास हुनु र फेल भएकाहरू दोस्रो चरणमा ट्रायल दिँदा अधिकांश व्यक्ति पास भएको देखिन्छ । यसले पनि आर्थिक चलखेल भएको पुष्टि हुन्छ ।

कार्यालयका निमित्त प्रमुख तथा इन्जिनियर राजकुमार गुप्ताले भीडभाडका बेला फेल भएका कुनै व्यक्ति पास भएको हुनसक्ने बताए । उनले भने, ‘कहिले काहीँ ट्राफिक प्रहरीको कमजोरीका कारण फेल भएका व्यक्ति पनि पास हुन्छन् तर यस्तो गल्ती कहिले काहीँ मात्र हुन्छ । उनले रकम लिएर कसैलाई पास नगरेको दाबी गरे ।

सन्तोष यादव/अन्नपूर्ण

नेपाली भूमि मिचेर भारतीय बस्ती हुँदा समेत सरकार मौन

मोरङ ।

देशमा सरकार छ, प्रहरी, सिमा सुरक्षा प्रहरी बल र सेना सहित सिंगो सरकार छ । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतले बस्ती बसाउँदा समेत मौन शेरबहादुर देउवा सरकार देख्दा सबै जिम्दा भएर पनि मरे सरह ठान्छन् सिमाका नेपाली ।

जिल्लाको जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ जंगेपिलर पीपी १७४÷पीपी ६२ नम्बरसँगै टाँसेर भारतीयले घर बनाएका छन् ।

सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार जनवरीमा नेपाल भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।

अन्नपूर्णमा पत्रकार कुमार लुइँटेल लेख्छन् विराटनगरको रानी भन्सारबाट यो स्थान मात्र १७ किलोमिटर दूरीमा पर्छ, तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ ।

भारततर्फ बिहार राज्यअन्तर्गत अररिया जिल्लाको सोनामनी गोदाम पर्छ भने नेपालतर्फ चाहिँ जहदा गाउँपालिकाको वार्ड नम्बर ७, तारेगामा बजार पर्छ । दुईतर्फ बस्तीको बीचमा केही भाग खाली जस्तो त देखिन्छ तर दसगजा क्षेत्र कहाँ हो भनेर छुट्ट्याउन सक्ने अवस्था छैन । ‘नो म्यान्स ल्यान्ड’ निर्जन भनिने नेपाल भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस दस गज खाली छाड्नुपर्ने हो ।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबेको पनि सञ्जय साहले बताए ।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबानमा परे ।

‘यो बजरंगबली हनुमान मन्दिर दसगजाको बीचमा छ । यसको ढलान नयाँ भए पनि मन्दिर १५(२० वर्ष पुरानै हो’, सञ्जय साहले मन्दिर देखाउँदै भने, ‘पहिला त कता नेपाल वा भारत भन्ने पनि थिएन । पोहोर साल नापी आएपछि चाहिँ सीमा यहाँ पर्छ भन्नेसम्म भएको छ ।’

जंगेपिलरभन्दा उत्तर नेपालपट्टि दिन बिराएर हाट लाग्छ । नेपाल भारत दुवैतर्फका मान्छेले त्यहीँ किनमेल गर्छन् । त्यहाँबाट भारतको फारबिसगन्ज १५ र नेपालको विराटनगर १७ किलोमिटर दूरीमा पर्छ । नेपालमा अर्को बजार छैन ।‘यहाँ पनि घरहरू थिए, गतसाल नापी भएपछि बजारका घर हटाइए ।

स्थानीय युवा विक्रम साहले दसगजा क्षेत्रमा बसोवास गर्ने गरिबहरू रहेको बताए । उनले केही नेपाली पनि दसगजामा बसोबास गर्ने बताए । उनले भने, ‘गत जनवरीमै दुई देशको संयुक्त नापी हुँदा जिमिनदारलाई पनि दसगजा खाली गर्न भारतीय पक्षले भनेको थियो । अझै खाली भएको छैन ।’ त्यहाँ भारतीय पक्षले बनाएको बाटो नेपाली भूमिमा बनेको छ तर सिमेन्ट ढलान गरेर बनाइसकेकाले त्यसलाई नभत्काउन भारतीय सिक्टी पञ्चायतका मुखिया जयकुमार मण्डलले दबाब दिएका छन् ।

उनी विधायक विजयकुमार मण्डलका सहोदर भाइ भएकाले भत्काउन नेपाल पक्षले नसकेको विक्रमले बताए । स्थानीय मिलेर बसे पनि बेलाबखत भारतीय सशस्त्र सीमा बल ९एसएसबी० नेपाली सीमा क्षेत्रमै आएर दुःख दिने गरेको स्थानीय बताउँछन् ।

केहीअघि भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर एकजना नेपालीलाई पक्राउ गरेपछि त्यसको विरोधमा नेपालीले प्रदर्शन समेत गरेका थिए ।

अर्को गठबन्धन आयो ! फोरम र राजपाको नयाँ गठबन्धन

काठमाडौं । दलहरुबीच गठबन्धन गर्ने प्रक्रिया जोडतोडले अगाडि बढिरहेका बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ ।

ती पार्टीले आज एक विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको जानकारी दिएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिनुभएको हो ।

आज २ पार्टीबीच भएको सहमतिअनुसार कुनै पनि गठबन्धनको नाम नलिई २ पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फोरमका अध्यक्ष यादव र राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले गरेको सहमतिअनुसार मधेशी, आदिवासी जनजाति लगायतमाथि भएका सबै प्रकारका विभेदविरुद्ध लड्न सहकार्य गरिने उल्लेख छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web