रसुवा ।

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।

बडादशैँयता ३६८ वटा ट्रक कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक कन्टेनर लामबद्ध भई सडकमा पालो कुरिरहेको प्रहरीले जनाएको छ ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।

काठमाडौं ।

नेपाल आयल निगमको नयाँ भण्डारण स्थल खरिद तथा पेट्रोलियम पदार्थ विक्रिवितरणमा करोड बढी भ्रष्टाचार गरेको प्रमाण सहितका खवर बाहिर आएका गोपाल खड्कालाई कार्यकारी निर्देशक पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आज मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका गर्नुभएको थियो ।

रिट निवेदनामा प्राकृतिक न्यायको सिद्धान्त विपरीत आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई सरकारले निर्णय गरेको र चार वर्षका लागि नियुक्ति गरिएको र अझै डेढ वर्ष आफ्नो कार्यकाल बाँकी रहेको उल्लेख छ ।

निगमको पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता गरेको अभियोगमा संसदीय समितिले कारबाहीको सिफारिश गरेपछि गत असोज २ गतेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको थियो ।

काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा शसस्त्र प्रहरीलाई कसरी लैजाने भन्ने बारेमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनु भएको छ ।

‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृतको आज काठमाडौंमा आयोजित सम्मेलनमा गृहमन्त्री शर्माले मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँले शसस्त्र प्रहरीले पाएको शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेशको सक्षमताका साथ सम्पन्न गर्ने बारेमा सम्मेलनमा गहन छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज निर्वाचन आयोगमा उपस्थित भई स्पष्टीकरण बुझाउनुभएको छ ।

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर २४ घन्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

काठमाडौं ।

नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकै स्थानमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन एकता जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पार्नुभयो ।

काठमाडौं ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज काठमाडौमा सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा सौहार्द रुपमा छलफल भएको नेपाली समूहका संयोजक डा भेषबहादुर थापाले जानकारी दिनुभयो ।

बैठकका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपाली पक्षका संयोजक डा थापाले द्विपक्षीय कुनै पनि विषयलाई अध्ययनका आधारमा नयाँ आयाम दिन पहल भइरहेको जानकारी दिनुभयो ।

बैठकमा सीमा व्यवस्थापन बढी सुरक्षित र सहज बनाउने विषयमा गहन छलफल भएको थियो ।

बैठकमा नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा समीक्षासमेत भएको थियो । नेपाली समूहका सदस्य एवं सांसद डा राजन भट्टराईले सीमा विवाद समाधानका बारेमा समग्रतामा छलफल भएको बताउँदै अन्तर्रा्ष्ट्रिय मान्यताका आधारमा सीमा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा नेपाली समूहका संयोजक थापा, सांसद भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय हुनुहुन्थ्यो भने भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती हुनुहुथ्यो ।

दुई देशबीचको सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाब पेश गर्न समूहर गठन गरिएको हो ।

काठमाडौं ।

व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गर्नुभयो ।

त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित ग¥यो ।

आजको बैठकले ‘महिला आयोग विधेयक, २०७४’सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो ।

बैठकमा दुई फरक समितिका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७४’ बैठकमा पेस गर्नुभएको हो ।

संसद्को अर्को बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ ।

The Ministry of General Administration has sent a request to the Public Service Commission for announcement of vacancy for the post of Joint Secretary and Under Secretary.

The request has been made for announcement of vacancy for the post of 93 joint secretaries and 295 under-secretaries, according to chief of the human resource division at the Ministry Shalikram Dahal.

The Ministry is now working to compile the number of vacant positions for the post of section officers and will be announced through the Commission soon, said Dahal.

Vacancy announcements are being made for old vacant positions only as the government has recently introduced the employee adjustment act.

Election Commissioner Ila Sharma has expressed commitment that the Election Commission would leave no stone unturned to hold elections of House of Representatives and State Assemblies in free and fearless manner.

Inaugurating a training on election operation and management today, Election Commissioner Sharma urged political parties and its candidates to follow the election code of conduct.

Similarly, another Commissioner Narendra Dahal said that all should have cooperative role to increase participation of voters as well to ease election management.

Chairperson of Administrative Court and constitution expert Kashiraj Dahal suggested the EC to take action against those violating the election code of conduct while secretary of Ministry of Law, Justice and Parliamentary Affairs, Kamalshali Ghimire, stressed on the effective implementation of laws to make the elections free and fearless.

The Armed Police Force (APF) will remain under the centre within the federal setup.

Homework is underway to see how the force will be operated under the federal setup, informed Home Minister Janardan Sharma, while inaugurating a conference for APF Senior Officials in the Capital today.

In a different context, he stressed the need for formulating policies to increase salary and perks of the security personnel to encourage them, while ending the perception that a good income would be made only through a peace keeping mission in a foreign land.

The process to formulate an internal security police has been in the final stage, he informed.

The Legislature-Parliament has unanimously passed the 'Bill related to election of the President and the Vice-President-2074 BS'.

The Bill, which was not passed due to lack of quorum on October 6, has been passed today.

At the meeting, Minister for Law, Justice and Parliamentary Affairs, Yagya Bahadur Thapa, on behalf of the Prime Minister, presented the 'Bill related to remuneration and facility of Pradesh Pramukh-2074 BS'.

The meeting also unanimously endorsed the Women Commission Bill, 2074. The bill was presented along with the annual report of the Women, Children, Elderly Citizen and Social Welfare Committee by Minister for Women, Children and Social Welfare Aasha Koirala.

Two annual reports from two separate committees including the Legislation Committee and the Social Justice and Human Rights Committee (SJHRC) were tabled at the meeting today.

Chairman of the CPN (Maoist Centre), Pushpa Kamal Dahal, has said time has come for the leftist forces to be united for the national cause.

During a programme organized to welcome lawmaker of CPN ML, Kalasha Mahara, and dozens of the leaders to the Maoist Centre, Chairman Dahal said leftist unity was imperative to reach process of change to the logical conclusion.

Polarization is a national need, a time's demand. It is for laying the foundation for socialist revolution, he argued.

According to him, his party's aim was to implement the socialism envisioned by the constitution. It would play a significant role to fully implement the constitution by uniting the people from hill, mountain and southern plains.