
टोकियो ।
नेपाली युवा वक्सर खेलाडी अविरल घिमिरेले ब्राजिलियन बक्सरलाई पराजित गर्दै होस्ट कप किन्गंस् नागोया फाइट डागन उपाधि जितेका छन् ।
नागोयामा भएको खेलमा १८ बर्षीय बक्सर अविरल घिमिरेले ब्राजिलियन बक्सर एलेन सोर्सलाई पराजित गरेका हुन् ।
पाँच चरणको खेलमा पाँचै खेल जित्दै उपाधि जितेका युवा बक्सर अबिरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् ।
घिमिरेका पिता देव घिमिरे अन्र्तराष्टिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् । सन् २०१६ बाट बक्सिगं खेल थालेका बिजयी घिमिरेको खेल हेर्न ठूलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।