धनगढी जाँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं ।

काठमाण्डौबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बाँकेको लौकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ बर्षिया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ बर्षिय रविन्द्र पाण्डे रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

अर्का मृतक पुरुषको भने सनाखत हुन सकेको
छैन ।

घटनामा घाईते भएका १० जना अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस आज विहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको थियो ।

One killed, 45 injured in road accident

One person died and 45 others were injured when a passenger bus met with an accident near Damgadi in Nilkantha municipality this afternoon. The bus was on its way to Dhadingbesi from Gumdi of the district.

The deceased has been identified as Hom Bahadur Ghale of Ganga Jamuna rural municipality-3. Of the injured, the condition of seven is reported to be critical.

Twenty of the injured have been sent to Kathmandu for treatment and the remaining are responding to treatment at the District Hospital, Dhading, according to District Police Office, Dhading.

UML, Maoist Center top leaders discuss formation of National Assembly

The CPN (UML) and CPN (Maoist) which recently along with the Nayashakti announced the electoral alliance for the nearing elections to the House of Representatives and State Assemblies have decided to develop common agenda for the National Assembly election.

A meeting held between the two parties at the UML's parliamentary party office in Singha Durbar today discussed the issues relating to the formation of the National Assembly and its model.

Senior legal practitioners and former Attorney General were also present in the meeting.

The meeting focused on the discussions about whether adopting the majority electoral system or single transferable vote in the National Assembly election.

Talking to media persons following the meeting, lawmaker Ramnarayan Bidari confirmed the discussions about the formation of the National Assembly and electoral process in the two parties' meeting.
In the meeting, top leaders of both parties exchanged views on constitutional arrangements for the National Assembly election and coping with adversities seen towards that end.

Likewise, during the meeting, top leaders of both political parties held consultations with the legal practitioners regarding the government preparation to remove ministers from the Maoist Center or expanding the size of the Cabinet.

Legal practitioners were of the view that the government lacked legal ground to reshuffle the government when the election code of conduct is already into force and due to other constitutional and political reasons.

Lawmakers condemn murder of FCAN Chair Gauchan

Lawmakers have condemned the murder of Chairperson of Federation of Contractors Association of Nepal (FCAN), Sharad Kumar Gauchan and urged the government to book the guilty immediately.

In today's meeting of the Legislature-Parliament, they asked the Home Minister to form a commission immediately to carry out investigation into the case and inform the House in this regard.

Improvement in women’s reproductive health stressed

President Bidya Devi Bhandari has said that harmful practices taking place in the society have an adverse impact on women's health.

Addressing the international conference of gynecologists in Dhulikhel today, President Bhandari expressed sadness over the reports of many women losing their lives untimely due to physical and mental violence, unsafe abortion and lack of health services.

She said that although the medical sector has been able to make remarkable progress in city areas, the rural areas are still deprived of basic health service.

FCAN office-bearers meet PM Deuba, demand immediate action against Gauchan’s killers

Federation of Contractors Association of Nepal (FCAN) has demanded the government take action against the guilty in murder of its chairman Sharad Kumar Gauchan immediately.

Reaching at the official residence of the Prime Minister in Baluwatar today, FCAN office-bearers asked Prime Minister Sher Bahadur Deuba to declare Gauchan as martyr, to take action against the guilty immediately and to guarantee their security.

On the occasion, Prime Minister Deuba urged the entrepreneurs not to be afraid as the government is ready to provide security to them, said Deuja quoting the PM as saying.

Similarly,  the association has warned to hit the street if the government failed to arrest killers of its chair Sharad Kumar Gauchan immediately.

At a press meet today, FCAN general secretary Ram Sharan Deuja gave deadline until tomorrow evening to the government to find out the perpetrators in the killing of Gauchan who was shot dead by an unidentified group in broad daylight in New Baneshwor yesterday.

केपी ओली सुनसरी ३ र शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्ने, को को परे सिफारिसमा ?

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्न सरकारले अनेक बहाना गरिरहँदा प्रतिपक्षि दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभा चुनावमा सुनसरी ३ बाट उठाउनेगरि नाम सिफारिस गरेको छ ।

शिर्ष दलहरुसँग अनौपचारिक रुपमा निर्वाचननै सार्न प्रस्ताव गरेको देउवा सरकारले औपचारिक रुपमा भने निर्वाचन नसार्ने बताउँदै आएको छ । नेपाली काँग्रेसका महामन्त्री रहेका शशांक कोइराला नवलपरासी १ बाट प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेद्धार सिफारिस भएका छन् ।

सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको एमाले सुनसरीले जनाएको हो । एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो ।

एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा क सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। एमालेका केन्द्रीय कमिटी सचिव, पूर्वमन्त्री एवं साविक सुनसरी–६ का सांसद भीमप्रसाद आचार्यलाई प्रदेश सभाको ख बाट उम्मेदवार सिफारिस गरिएको जनाइएको छ।

निर्वाचन क्षेत्र नं २ बाट हालका सांसद रेवतीरमण भण्डारी, खेमराज पोखरेल, रामप्रसाद चौलागार्इं, रमेश श्रेष्ठ, डा बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ भने यस क्षेत्रको प्रदेश सभा क बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाईं, राजकुमार गिरी, डवलकुमारी चौलागाईं, बन्हुलाल चौधरीलाई प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिएको छ।

प्रदेश सभा ख का लागि शम्भु आचार्य, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुघन यादव, धिरामाया राई, निरा आचार्य, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको छ। यसैगरी, सुनसरीको निर्वाचन क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव भीम आचार्यले भगवती चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने घोषणा गरिसकेकाले यस क्षेत्रबाट उहाँको एक्लो उम्मेदवारी लगभग पक्कापक्की भइसकेको एमाले उच्च स्रोतले जनाएको छ ।

यस क्षेत्रबाट प्रदेश सभा कु का लागि तैयव हुसैन, रामकरण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा ख बाट नाम सिफारिस हुन बाँकी रहेको छ।

निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि जगदीश कुसियत, महफुज अन्सारी र रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ। प्रदेश सभा ९क० बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमिरे, प्रदीप काफ्ले, कोषराज भट्टराई, डिवी शाह शंकर तथा बाबुराम बरालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

जिल्लामा नेकपा माओवादी केन्द्रसँगको तालमेलको कुराले केही मात्रामा सदस्यको उम्मेदवारीमा फेरबदल हुनसक्ने सम्भावना समेत रहेको पार्टीले जनाएको छ। यहाँ एमालेको राम्रो अवस्था भए पनि वाम तालमेलले गर्दा केही ठाउँमा माओवादी केन्द्रलाई समेत स्थान दिनुपर्ने हुन्छ ।

यसैबिच नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस भएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व बर्दघाट–सुस्ता जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो ।

पार्टीको प्रभावशाली नेताका रुपमा मानिने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिए ।

कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुन् ।

नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली काँग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो ।

नेपाली काँग्रेस पार्टीका संस्थापक नेता बिश्वेश्वर प्रसाद कोइरालाका पुत्र भएकै कारण डा कोइराला काँग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिन्छन् ।

यसैबीच, दुई दुई पटकसम्म गृह राज्यमन्त्री एवं हाल पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका देवेन्द्रराज कँडेलको नाम प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न यसै जिल्लाबाट सिफारिस भएको छ ।

कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रुपमा सिफारिस भएको हो ।

यसैगरी, प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवार बन्नका लागि सांसद देवकरण प्रसाद कलवारको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सर्वसम्मत्रुपमा सिफारिस भएको हो ।

यसैगरी, प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, उद्योगपति विष्णुकुमार कार्की, नेत्री ओमकला गौतमको नाम नवलपरासी पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएको हो ।

प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ नवलपुर क्षेत्र बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ परासी क्षेत्र बाट ५४ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीले जनाएको छ ।

पूर्व र पश्चिममा दुई–दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी आठ निर्वाचन क्षेत्र रहेका छन् ।

सजिलो हुने भो ! जापानमा नेपालीहरुले नेपाली भाषामै उपचार सेवा पाउने

टोकियो ।

भाषाकै कारण उपचारमा सबैभन्दा बढी समस्या झेलिरहेको अध्ययनले समेत बताएको जापानमा रहेका नेपालीहरुको समस्या अब भने केहीहदसम्म समाधान हुने भएको छ ।

तर यो समस्याको समाधान भने जापान सरकारले गर्न लागेको होइन । जापानका अस्पतालहरुमा कार्यरत नेपाली चिकित्सकहरुले इन्नो सेवा हेल्पलाइन संचालनमा ल्याएका कारण यस्तो सहजता आउने भएको हो ।

विभिन्न पेशा व्यवसाय र अध्ययनरत नेपालीहरुलाई भाषाको कारण स्वास्थ्य उपचारमा समस्या देखिएकाले आफुहरुले अनलाइन प्रविधिमार्फत सेवा प्रदान गर्ने गरी हेल्पलाइन सुरु गरिएको लामो समयदेखि जापानमा बस्दै आएका चिकित्सक लगाएतको टोलीले जनाएको छ ।

जापानमा कार्यरत नेपालीहरुमा भाषाका कारण आफ्ना समस्या भन्न नसकेर उपचारमा समस्या झेल्नु नपरोस् भन्ने ध्येयले फोन, मोबाइल र अन्य प्रविधिमार्फत हुने असहजतालाई सहज बनाउनका लागि अनलाइन प्रविधि अपनाइएको यसमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जापानका उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो ।

विशेषज्ञ भिकित्सकहरुको टोलीमा डाक्टर उज्वल न्यौपाने, लुसन चालिसे, प्रविधिक इन्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठ सामेल छन् ।

त्यसैगरि डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराउने छन् ।

स्मरणीय छ केही महिना अघि गैर आवासिय नेपाली संघ जापानले डा. विजय ज्ञवालीको नेतृत्वमा जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा गरेको अनुसन्धानले स्वास्थ्यमा विशेषगरि नेपालीहरुले भाषाकै कारण गम्भिर समस्या भोग्दै आएको निचोड निकालेको थियो ।

शरदकुमार गौचनको शव नबुझेर यस्तो आन्दोलन थाले निर्माण व्यवसायीले

भक्तपुर ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षाात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोली साँझसम्म सरकारले आफना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताउनुभयो ।

अध्यक्ष गौचनको हत्यसँगै महासंघका अन्य पदाधिकारीलाई पनि नम्बर अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उहाँले बताउनुभयो ।

सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध सहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा  ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,सरकाले हत्याराको खोजीलाई तिव्रता दिएको छ यसको प्रतिफल छिट्टै निस्कने समेत आफूहरु आशाबादी रहेका छौं ।

हत्यामा संलग्न पक्राउ नभएसम्म अध्यक्ष गौचनको शव नबुझने समते उहाँले चेतावनी दिनुभयो । यो घटना राजनीतिक नभई आर्थिक लेनदेनको कारण भएको हुन सक्ने अध्यक्षको हत्या पश्चात आफ्नो कमिटिका बिभिन्न पदाधिकारीलाई आएको फोनका साथै प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उहाँको भनाई छ  ।

प्रदेश स्तरीय टी–२० क्रिकेटको उपाधि लुम्बिनी क्रिकेट क्लबले जित्यो

पाल्पा । लुम्बिनी क्रिकेट क्लब पाल्पाको दमकडामा सम्पन्न प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

दमकडा मैदानमा सोमबार सम्पन्न फाईनलमा लुम्बिनी क्रिकेट क्लबले प्रोफेसनल क्रिकेट क्लब पाल्पालाई १ सय रनले पराजित गरेको हाम्रा पाल्पा समाचारदाता डोलबहादुर विकले जनाएका छन् ।

प्रथम भएको क्लबले ६० हजार र दोश्रो भएको क्लबले ३० हजार रुपैंया पुरस्कार प्राप्त गरेका छन् ।

आईसीसी विश्वकप लिग क्रिकेट-हङकङसँग खेल्न नेपाली टोली हङकङ प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आई सी सी विश्व कप लिग क्रिकेट अन्तर्गत हङकङसँग हुने २ वटा खेलका लागि मंगलबार हङकङ प्रस्थान गरेको छ ।

आई सी सी विश्व कप लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङसँग यही असोज २७ र २९ गते दुई वटा खेल खेल्ने छ ।

दुई वटै खेल हङकङमा हुनेछन् ।

आई सी सी विश्व कप लिग क्रिकेट प्रतियोगितामा हङकङको १० खेलबाट १० अङ्क रहेको छ भने समान १० खेलबाट नेपालको ८ अङ्क रहेको छ ।

अन्तिम ४ मा पर्दै विश्व कप छनोटमा स्थान बनाउन नेपलले हङकङलाई जित्नै पर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत हङकङसँगको खेलपछि नेपालले संयुक्त अरब ईमिरेट्स् यु ए ईसँग पनि २ वटा खेल खेल्ने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंको नक्सालमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले हिजो विदाई गर्नुभएको थियो ।

चितवनमा कुखुरा पालक र प्रविधिको अन्तर्राष्ट्रिय पोल्ट्री मेला हुने

चितवन । नेपालमा आगामी कात्तिक १७ गतेदेखि ३ दिनसम्म भरतपुरको औद्योगिक प्रदर्शनीस्थलमा अन्तर्राष्ट्रिय पोल्ट्री तथा लाइभस्टक मेला आयोजना हुने भएको छ  ।

नेपाल पोल्ट्री महासंघको आयोजनामा हुने मेलामा विदेशी १०० र नेपाली १०० कक्ष रहने उपाध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिनुभयो ।

मेलामा भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्सलगायत देशका व्यवसायीले कक्ष बुकिङ गरिरहेका र करिब १२ देशका व्यवसायीहरु सहभागी हुने अनुमान गरिएको सो एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित सबैखाले उत्पादनहरका कक्ष रहने छन ।

एक्स्पोका संयोजक एवं महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रका पछिल्लो प्रविधि एक्स्पोमा प्रदर्शन गरिने र एक्स्पोमा दाना, औषधि, ह्याचरी, खोर निर्माण गर्ने हाउजिङ कम्पनी, प्याकेजिङ कम्पनीलगायत कक्ष रहने बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web