केपी ओली सुनसरी ३ र शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्ने, को को परे सिफारिसमा ?

अशोज २४, २०७४ मा प्रकाशित | 911 views

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्न सरकारले अनेक बहाना गरिरहँदा प्रतिपक्षि दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभा चुनावमा सुनसरी ३ बाट उठाउनेगरि नाम सिफारिस गरेको छ ।

शिर्ष दलहरुसँग अनौपचारिक रुपमा निर्वाचननै सार्न प्रस्ताव गरेको देउवा सरकारले औपचारिक रुपमा भने निर्वाचन नसार्ने बताउँदै आएको छ । नेपाली काँग्रेसका महामन्त्री रहेका शशांक कोइराला नवलपरासी १ बाट प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेद्धार सिफारिस भएका छन् ।

सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको एमाले सुनसरीले जनाएको हो । एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो ।

एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा क सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। एमालेका केन्द्रीय कमिटी सचिव, पूर्वमन्त्री एवं साविक सुनसरी–६ का सांसद भीमप्रसाद आचार्यलाई प्रदेश सभाको ख बाट उम्मेदवार सिफारिस गरिएको जनाइएको छ।

निर्वाचन क्षेत्र नं २ बाट हालका सांसद रेवतीरमण भण्डारी, खेमराज पोखरेल, रामप्रसाद चौलागार्इं, रमेश श्रेष्ठ, डा बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ भने यस क्षेत्रको प्रदेश सभा क बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाईं, राजकुमार गिरी, डवलकुमारी चौलागाईं, बन्हुलाल चौधरीलाई प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिएको छ।

प्रदेश सभा ख का लागि शम्भु आचार्य, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुघन यादव, धिरामाया राई, निरा आचार्य, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको छ। यसैगरी, सुनसरीको निर्वाचन क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव भीम आचार्यले भगवती चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने घोषणा गरिसकेकाले यस क्षेत्रबाट उहाँको एक्लो उम्मेदवारी लगभग पक्कापक्की भइसकेको एमाले उच्च स्रोतले जनाएको छ ।

यस क्षेत्रबाट प्रदेश सभा कु का लागि तैयव हुसैन, रामकरण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा ख बाट नाम सिफारिस हुन बाँकी रहेको छ।

निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि जगदीश कुसियत, महफुज अन्सारी र रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ। प्रदेश सभा ९क० बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमिरे, प्रदीप काफ्ले, कोषराज भट्टराई, डिवी शाह शंकर तथा बाबुराम बरालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

जिल्लामा नेकपा माओवादी केन्द्रसँगको तालमेलको कुराले केही मात्रामा सदस्यको उम्मेदवारीमा फेरबदल हुनसक्ने सम्भावना समेत रहेको पार्टीले जनाएको छ। यहाँ एमालेको राम्रो अवस्था भए पनि वाम तालमेलले गर्दा केही ठाउँमा माओवादी केन्द्रलाई समेत स्थान दिनुपर्ने हुन्छ ।

यसैबिच नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस भएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व बर्दघाट–सुस्ता जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो ।

पार्टीको प्रभावशाली नेताका रुपमा मानिने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिए ।

कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुन् ।

नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली काँग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो ।

नेपाली काँग्रेस पार्टीका संस्थापक नेता बिश्वेश्वर प्रसाद कोइरालाका पुत्र भएकै कारण डा कोइराला काँग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिन्छन् ।

यसैबीच, दुई दुई पटकसम्म गृह राज्यमन्त्री एवं हाल पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका देवेन्द्रराज कँडेलको नाम प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न यसै जिल्लाबाट सिफारिस भएको छ ।

कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रुपमा सिफारिस भएको हो ।

यसैगरी, प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवार बन्नका लागि सांसद देवकरण प्रसाद कलवारको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सर्वसम्मत्रुपमा सिफारिस भएको हो ।

यसैगरी, प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, उद्योगपति विष्णुकुमार कार्की, नेत्री ओमकला गौतमको नाम नवलपरासी पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएको हो ।

प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।

जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ नवलपुर क्षेत्र बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ परासी क्षेत्र बाट ५४ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीले जनाएको छ ।

पूर्व र पश्चिममा दुई–दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी आठ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web