Maoist Centre, CPN (United) announce unity

The CPN (Maoist Centre) and the CPN (United) have been united today.

During a programme organized in the capital city, Maoist Centre Chairman Pushpa Kamal Dahal and CPN (United) Chairman Ganesh Saha signed in a joint press statement mentioning the party unity.

Addressing the programme, Chairman Dahal said bandwagon of the coming together of the leftist and communist forces would help accomplish the socialist revolution.

There is two-thirds mandate of the leftist forces in Nepal. If it is unified, the model of the socialist revolution could be developed, he underscored.

Chairman of CPN (United), Saha said the central committee meeting of his party held on Monday and Tuesday had unanimously decided to be united with the Maoist Centre.

NRA directs granting subsidized loan smoothly

The National Reconstruction Authority (NRA) has directed the authorities concerned to make arrangement for providing subsidized loan of Rs 300,000 to the earthquake survivors in a smooth manner.

A meeting of the Council of Ministers held on Monday amended the working procedure-2074 BS on granting loan on group collateral for the construction of the house of earthquake victims.

The Cabinet decision to this effect has opened the way for survivors to obtain loan by keeping the under-construction house as collateral.

The NRA has also called on the authorities to arrange easy and smooth flow of loan to the end beneficiaries.

NRA Chief Executive Officer Prof Dr Govinda Raj Pokharel directed the Minister for Federal Affairs and Local Development, Ministry for Urban Development, Bankers' Association and representatives of Office of Auditor General to ease the process for immediately granting subsidized loan to the earthquake victims for the reconstruction of private homes as per the working procedure approved by the Cabinet on Monday.

Health Insurance Scheme finally comes into being

A meeting of Legislature-Parliament has passed the bill related to providing health services through insurance to all the citizens. The Health Insurance scheme comes in accordance with Article 296 (1) of the Constitution.

The Health Insurance Act is deemed necessary to make the expenditure of health sector useful by reducing the financial risk of insurance policy holders through post-paid system.

It is expected that the health insurance would end the huge financial burden on ordinary people while using health services.

There is also provision in the bill which says that the government would bear the premium for poor people, completely differently abled, single woman, senior citizens and orphan children.

Families of those going for overseas employment, civil servants, and those working in informal sector have been mandatorily affiliated in the insurance.

The people would get free basic health services from primary health institutions once the health insurance act is implemented. The act would also incorporate other specialized health services.

Health Minister Giriraj Mani Pokharel said that it is a great achievement in the health sector while former Health Minister Gagan Kumar Thapa said that health insurance bill was indispensible to address the health rights of people guaranteed in the Constitution.

व्यवसायीलाई साम्य पार्न यसरी ढाँटे गृहमन्त्रीले

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए। उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए। अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए। घटनाको करिब एक घण्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउण्ड गोलीसहित तीन जना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो।

छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दाबी प्रहरीको थियो। गृहमन्त्रीको दाबीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्त स्रोतका काभ्रेका ती तीनजनालाई गौचनको हत्याको आधा घण्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका थियो। उनीहरूलाई महाशाखाबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो। घाइते गौचनको गोली लागेर मृत्यु भएपछि निर्माण व्यवसायी आक्रोशित भएका थिए ।

उनीहरूले घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म गौचनको शवसमेत नउठाउने चेतावनी दिएपछि तीनजना पक्राउको समय अदलबदल गर्दै हतियारसहित पक्राउ परेको सूचना सार्वजनिक भएको थियो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले महाशाखा र परिसरको टोलीले सोमबार हतियारसहित तीनजना पक्राउको पुष्टि गरे पनि यकिन समय बताउन चाहेनन्। पक्राउ समयबारे जिज्ञासा राख्दा उनले भने, ‘गौचन हत्याको आसपास नै हो। समय यकिन भएन।’नागरिक दैनिकमा समाचार छ ।

संसद्का कर्मचारीले खाए १२ करोडको खाजा

काठमाडौं । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्छ्योट गर्ने प्रयास भइरहेको छ। अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ खाजा भत्ता दिएको थियो। कर्मचारीलाई दोहोरो सुविधा दिन नमिल्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर्मचारीको खाजा भत्तामा बाँडिएको १२ करोड रुपैयाँ बेरुजु निकालेको थियो ।

यति ठूलो रकम बेरुजु हुने देखेपछि सभामुख ओनसरी घर्तीमगरले महालेखा परीक्षकसँग कुराकानी गरेर बेरुजु फर्छ्योट गर्न प्रक्रिया सुरु गरेकी हुन्। आफ्नो स्वीकृतिविपरीत भत्ता बाँडेको भन्दै अर्थ मन्त्रालयले पनि सहमति दिन मानेको थिएन । सभामुख घर्तीले अबदेखि दोहोरो सुविधा नबाँड्ने शर्तमा अर्थबाट सहमति लिई बेरुजु फर्छ्योटका लागि महालेखामा पत्राचार गरेकी छन्। ‘अघिल्ला सभामुखको पालामा दिइएको सुविधालाई आफूले निरन्तरता मात्र दिएको र अबदेखि दोहोरो सुविधा नदिने भन्दै महालेखासँग आफैं कुराकानी गरेर सभामुखज्यूले बेरुजु फर्छ्योट गरिदिन आग्रह गर्नुभएको छ', संसद् सचिवालको उच्च स्रोतले भन्यो, ‘कर्मचारीलाई बाँडिएको रकम अहिले आएर घाँडो बन्न पुग्यो।' महालेखाले आर्थिक वर्ष ०७१७२ र ०७२७३ को खाजा खर्चको १२ करोड बेरुजु निकालेको थियो। संविधान निर्माणका बेला रातदिन खटिनुपर्ने भन्दै तत्कालीन सभामुख सुवास नेम्वाङको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले कर्मचारीलाई भत्ताको निर्णय गरेको थियो । तर, संविधान जारी भई संसदमा रूपान्तरण भए पनि कर्मचारीलाई दोहोरो सुविधालाई निरन्तरता दिइएको थियो। संविधानसभा संसदमा रूपान्तरण भएपछि पनि कर्मचारीलाई दिइएको दोहोरो सुविधा कटौती नभएपछि अर्थ मन्त्रालयले साउनमा संसद् सचिवालयलाई पत्र पठाई तुरुन्त त्यस्तो सुविधा रोक्न भनेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो सुविधाबारे सोधपुछ गरेपछि ‘राजनीतिक दबाबु मा अख्तियारलाई अनुसन्धान गर्नमा रोक लगाइएको स्रोतले बतायो। कर्मचारीलाई दोहोरो सुविधा दिन नमिल्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर्मचारीको खाजा भत्तामा बाँडिएको १२ करोड रुपैयाँ बेरुजु निकालेको छ। महालेखाले अर्थ मन्त्रालयको सहमति नआएको भन्दै बेरुजु निकालेपछि हालै मात्र संसद् सचिवालयले अर्थको सहमतिको पत्र पनि पेस गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।

अर्जेन्टिना विश्वकपमा छानियो,मेस्सीको ह्याट्रिक

एजेन्सी । अर्जेन्टिना  रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ ।दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो ।

तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।

यि हुन् सर्वोच्चका नयाँ तीन न्यायाधीश

काठमाडौं ।

सर्वोच्च अदालतमा मंगलबार तीनजना न्यायाधीशक नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बमबकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार नियुक्तिलगत्तै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

यसअघि न्यायाधीश भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायायाधीश थिए ।

संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदनपछि नियुक्ति र सपथ भएको हो । यसअघि न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिसको निर्णय गरेको थियो । शपथ खाएका तीन सहित सर्वोच्च अदालतमा न्यायाधिशको संख्या २० पुगेको छ ।

नेपाल आफ्नै खेलाडीका कारण ताजकिस्तानसँग ३ गोलले पराजित

काठमाडौं ।

आफ्नै खेलाडीको कारण ताजकिस्तानलाई तीन पटक पेनाल्टी अवसर दिंदा तिनै पटक गोल खाएर नेपाल एसिया कप फुटबल छनौट चरणबाट बाहिरिएको छ ।

ताजकिस्तानसँग उसकै घरेलु मैदानमा भएको चौथो खेलमा नेपालका खेलाडीले डि एरिया भित्र लगातार तीन पटक गल्ती गर्दा पराजित हुन पुगेको हो । एशिया कप  खेल्न आजको खेल जित्नै पर्ने दबावमा रहेको नेपाल खेलको २० औं मिनेटबाट गोलले पछाडी परेकोमा खेल सकिन केही मिनेटमात्र बाँकी रहँदा समेत गल्ती गर्दा खार व्यहोर्न बाध्य भयो ।

खेलको २० औ मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको नेपालका खेलाडीले गल्ती सुधार गर्न नसक्दा दोस्रो हाफमा थप दुई गोल खान पुग्यो ।

दोस्रो हाफमा पनि ताजकिस्तान नेपालमाथि हाबी भएको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा पनि ताजकिस्तानले दोस्रो गोल गरेको थियो ।

त्यस्तै खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो ।  ताजकिस्तानसँग पराजित भएसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना सकिएको छ ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी रहेको छ । अंक तालिकामा पुछारमा रहेको नेपालको बाँकी खेल अब प्रतियोगिताको लागि भन्दा पनि प्रतिष्ठाको हुने भएको छ ।

कुन कुन खेलाडीले दिए पेनाल्टी

अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता लिएको थियो ।

५९ औं मिनेटमा अनन्तले डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा सहजै गोल गर्दै घरेलु टोलीले अग्रता दोब्बर पार्‍यो ।

८६ औं मिनेटमा आदित्य चौधरीले अनावश्यक रुपमा ट्राकल गर्दा ताजकिस्तानका खेलाडी लड्न पुगे र जितका सबै तीन गोल पेनाल्टीमा गर्दा नेपाल अभागी सावित हुन पुग्यो ।

राजविराजबाट साँडे नौ लाख लुटपाट

राजविराज ।

सप्तरीको राजविराज नगरपालिका–९ मलेठ, निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट झिकेको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटको छ ।

रकम सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर पसलमा जाने क्रममा अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर रकम लिएर भागेको पीडितले जनाएका छन् ।

रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

चाइनिज कम्पनीको बदमासीले रद्द ढल्केबरमा सवस्टेशन निर्माणको पुनः ठेक्का खुल्दै

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सवस्टेशनको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड 'सिसिपिजी' सँग ठेक्का सम्झौता तोडेपछि आन्तरिक मूल्यांकन गरी नयाँ ठेकेदार छनोटको प्रक्रिया शुरु गरेको छ ।

तोकिएको समयमा काम पूरा गर्न नसकेको भन्दै प्राधिकरणले चिनियाँ ठेकेदारसँगको ठेक्का प्रक्रिया यही असोज ६ गते तोडेको थियो ।

आगामी हिउँदमा सहजरुपमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको उक्त सवस्टेशनको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

बाँकी रहेको १० प्रतिशत कामका लागि नयाँ प्रक्रियाका आधारमा ठेकेदार छनोटको प्रक्रिया शुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण र परामर्शदाता भारतको पावर ग्रीड कर्पोरेशनले अनुमानित लागत तयको काम शुरु गरेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

दुई किलो अफिम र बाइस किलो चरेससहित दुई पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो अफिम र २२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले अफिम र चरेसहित पक्राउ परेका धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तानलाई आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरुको साथबाट दुई किलो अफिम, २२ किलो चरेस, सात हजार नेपाली र ५८ हजार भारतीय रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

धनगढी जाँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं ।

काठमाण्डौबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बाँकेको लौकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ बर्षिया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ बर्षिय रविन्द्र पाण्डे रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

अर्का मृतक पुरुषको भने सनाखत हुन सकेको
छैन ।

घटनामा घाईते भएका १० जना अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस आज विहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web