काठमाडौं ।

आफ्नै खेलाडीको कारण ताजकिस्तानलाई तीन पटक पेनाल्टी अवसर दिंदा तिनै पटक गोल खाएर नेपाल एसिया कप फुटबल छनौट चरणबाट बाहिरिएको छ ।

ताजकिस्तानसँग उसकै घरेलु मैदानमा भएको चौथो खेलमा नेपालका खेलाडीले डि एरिया भित्र लगातार तीन पटक गल्ती गर्दा पराजित हुन पुगेको हो । एशिया कप खेल्न आजको खेल जित्नै पर्ने दबावमा रहेको नेपाल खेलको २० औं मिनेटबाट गोलले पछाडी परेकोमा खेल सकिन केही मिनेटमात्र बाँकी रहँदा समेत गल्ती गर्दा खार व्यहोर्न बाध्य भयो ।

खेलको २० औ मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको नेपालका खेलाडीले गल्ती सुधार गर्न नसक्दा दोस्रो हाफमा थप दुई गोल खान पुग्यो ।

दोस्रो हाफमा पनि ताजकिस्तान नेपालमाथि हाबी भएको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा पनि ताजकिस्तानले दोस्रो गोल गरेको थियो ।

त्यस्तै खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो । ताजकिस्तानसँग पराजित भएसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना सकिएको छ ।

चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी रहेको छ । अंक तालिकामा पुछारमा रहेको नेपालको बाँकी खेल अब प्रतियोगिताको लागि भन्दा पनि प्रतिष्ठाको हुने भएको छ ।

कुन कुन खेलाडीले दिए पेनाल्टी

अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता लिएको थियो ।

५९ औं मिनेटमा अनन्तले डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा सहजै गोल गर्दै घरेलु टोलीले अग्रता दोब्बर पार्यो ।

८६ औं मिनेटमा आदित्य चौधरीले अनावश्यक रुपमा ट्राकल गर्दा ताजकिस्तानका खेलाडी लड्न पुगे र जितका सबै तीन गोल पेनाल्टीमा गर्दा नेपाल अभागी सावित हुन पुग्यो ।

22.12¡ÆC