राजविराज ।

सप्तरीको राजविराज नगरपालिका–९ मलेठ, निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट झिकेको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटको छ ।

रकम सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर पसलमा जाने क्रममा अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर रकम लिएर भागेको पीडितले जनाएका छन् ।

रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

26.12¡ÆC