आईसीसी विश्वकप लिग क्रिकेट-हङकङसँग खेल्न नेपाली टोली हङकङ प्रस्थान

अशोज २४, २०७४ मा प्रकाशित | 1054 views

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आई सी सी विश्व कप लिग क्रिकेट अन्तर्गत हङकङसँग हुने २ वटा खेलका लागि मंगलबार हङकङ प्रस्थान गरेको छ ।

आई सी सी विश्व कप लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङसँग यही असोज २७ र २९ गते दुई वटा खेल खेल्ने छ ।

दुई वटै खेल हङकङमा हुनेछन् ।

आई सी सी विश्व कप लिग क्रिकेट प्रतियोगितामा हङकङको १० खेलबाट १० अङ्क रहेको छ भने समान १० खेलबाट नेपालको ८ अङ्क रहेको छ ।

अन्तिम ४ मा पर्दै विश्व कप छनोटमा स्थान बनाउन नेपलले हङकङलाई जित्नै पर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत हङकङसँगको खेलपछि नेपालले संयुक्त अरब ईमिरेट्स् यु ए ईसँग पनि २ वटा खेल खेल्ने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंको नक्सालमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले हिजो विदाई गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web