सजिलो हुने भो ! जापानमा नेपालीहरुले नेपाली भाषामै उपचार सेवा पाउने

अशोज २४, २०७४ मा प्रकाशित | 1158 views

टोकियो ।

भाषाकै कारण उपचारमा सबैभन्दा बढी समस्या झेलिरहेको अध्ययनले समेत बताएको जापानमा रहेका नेपालीहरुको समस्या अब भने केहीहदसम्म समाधान हुने भएको छ ।

तर यो समस्याको समाधान भने जापान सरकारले गर्न लागेको होइन । जापानका अस्पतालहरुमा कार्यरत नेपाली चिकित्सकहरुले इन्नो सेवा हेल्पलाइन संचालनमा ल्याएका कारण यस्तो सहजता आउने भएको हो ।

विभिन्न पेशा व्यवसाय र अध्ययनरत नेपालीहरुलाई भाषाको कारण स्वास्थ्य उपचारमा समस्या देखिएकाले आफुहरुले अनलाइन प्रविधिमार्फत सेवा प्रदान गर्ने गरी हेल्पलाइन सुरु गरिएको लामो समयदेखि जापानमा बस्दै आएका चिकित्सक लगाएतको टोलीले जनाएको छ ।

जापानमा कार्यरत नेपालीहरुमा भाषाका कारण आफ्ना समस्या भन्न नसकेर उपचारमा समस्या झेल्नु नपरोस् भन्ने ध्येयले फोन, मोबाइल र अन्य प्रविधिमार्फत हुने असहजतालाई सहज बनाउनका लागि अनलाइन प्रविधि अपनाइएको यसमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जापानका उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो ।

विशेषज्ञ भिकित्सकहरुको टोलीमा डाक्टर उज्वल न्यौपाने, लुसन चालिसे, प्रविधिक इन्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठ सामेल छन् ।

त्यसैगरि डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराउने छन् ।

स्मरणीय छ केही महिना अघि गैर आवासिय नेपाली संघ जापानले डा. विजय ज्ञवालीको नेतृत्वमा जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा गरेको अनुसन्धानले स्वास्थ्यमा विशेषगरि नेपालीहरुले भाषाकै कारण गम्भिर समस्या भोग्दै आएको निचोड निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web