भक्तपुर ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षाात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोली साँझसम्म सरकारले आफना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने बताउनुभयो ।

अध्यक्ष गौचनको हत्यसँगै महासंघका अन्य पदाधिकारीलाई पनि नम्बर अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उहाँले बताउनुभयो ।

सरकारले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध सहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,सरकाले हत्याराको खोजीलाई तिव्रता दिएको छ यसको प्रतिफल छिट्टै निस्कने समेत आफूहरु आशाबादी रहेका छौं ।

हत्यामा संलग्न पक्राउ नभएसम्म अध्यक्ष गौचनको शव नबुझने समते उहाँले चेतावनी दिनुभयो । यो घटना राजनीतिक नभई आर्थिक लेनदेनको कारण भएको हुन सक्ने अध्यक्षको हत्या पश्चात आफ्नो कमिटिका बिभिन्न पदाधिकारीलाई आएको फोनका साथै प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उहाँको भनाई छ ।

23.12¡ÆC