एजेन्सी ।

समाचार संस्था एपिले दक्षिण कोरियाली अधिकारीहरुलाई उदृत गर्दै दुई साता अघि उत्तर कोरियाली नेता किमजोङ उनलाई मार्ने अमेरिकी र दक्षिण कोरियाली योजना रहेको खुलासा गरेको थियो ।

तर अमेरिका र दक्षिणले किमलाई मार्न बनाएको योजना असफल भएपछि मात्र उक्त योजना सार्वजनिक भएको पाइएको छ ।

आफ्ना नेतालाई मार्ने गोप्य सुचनाको समाचार अघिनै जानकारी पाएको उत्तर कोरियाली सरकारले आफ्ना इन्टरनेट ह्याकर मार्फत त्यस्तो योजना हात पारेको ठानिएको छ ।

समाचार संस्था बिबिसिले दक्षिण कोरियाली सांसद री शियोल जो दक्षिण कोरियाली रक्षा आवद्ध संसदीय समितिमा समेत छन् उनले त्यस्तो योजना उत्तरले चोरेको बताएका छन् ।

यसरी आफ्ना नेता मार्ने योजना चोरी गरेका उत्तर कोरियाली ह्याकरहरुले इन्टरनेट मार्फत दक्षिण कोरियाली गुप्तचर निकायको कम्प्युटरमा छिरेर कम्प्युटरमा रहेका गोप्य सामग्री चोरेको बताइएको छ ।

चोरी गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको ठानिएको छ ।

२३५ जीबी डाटाको गोप्य दस्तावेज चोरीमा दक्षिण कोरिया र अमेरिकी सैन्य कमाण्डको जानकारी मात्र नभएर उत्तर कोरियामाथि गर्न सकिने सम्भाव्य आक्रमण तथा रक्षा योजना समेत रहेको ठानिएको छ । यद्यपी दक्षिण कोरियाली सरकारले यसको पुष्टि र खण्डन गरिसकेको छैन ।

अमेरिका ।

अध्ययनका लागि अमेरिका आएका २३ बर्षीय नेपाली युवाले आत्महत्या गरेका छन् ।

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलले आत्महत्या गरेका हुन् ।

प्राप्त जानकारी अनुसार १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पाइएको हो ।

८ महिना अगाडि बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका कँडेल परिवारका दुई छोरामध्ये जेठा थिए । उनि १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए ।

अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत कँडेलले काठमाडौंको चेल्सी एकेडेमीमा पढेका थिए ।

पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा कैयन नेपाली विद्यार्थीहरुले आत्महत्या गर्ने गरेका छन् । कँडेलको आत्महत्याको कारण थाहा हुन सकेको छैन तर उनि निकट साथिहरुले भने केही महिना यता उनि एकान्तमा बस्न मन पराउने तथा धेरै सोचमग्न हुने गरेको बताएका छन् ।

कुश्मा ।

पहाडी जिल्ला पर्वतमा उत्पादन भएको अर्गानिक कफि अमेरिका र कोरिया सम्म विक्री हुन थालेको छ । नेपालकै उत्कष्ठ कफिको परिचय कमाएको पर्वतको कफि स्वाद र गुणस्तरकै कारण विदेशमा समेत माग हुने गरेको हो । जिल्ला कफि व्यवसायी संघले पर्वतको कफि अमेरिका र कोरिया पठाउने गरेको छ ।

जिल्ला कफि व्यवसायी संघका अध्यक्ष भवानी प्रसाद शर्माका अनुसार वार्षिक रुपमा ५ देखि ६ टन सम्म कफि विदेशमा विक्री हुने गरेको छ । विशेष गरेर क्याफे सञ्चालकहरुले सिधै कनट्याक्ट गरेर माग गर्ने गरेको शर्माले जानकारी दिनुभयो ।

जिल्लाका व्यवसायिक कृषकहरु विदेश सम्म व्यापार विस्तार भएकोमा हौसिएका छन् । पर्वतका विभिन्न ठाउँमा गरेर वार्षिक २१ टन तयारी कफि उत्पादन हुने गरेको छ । जिल्लामा अहिले एक जिल्ला कफी व्यवसायी संघ, एक जिल्ला कफी सहकारी संघ, १७ प्रारम्भिक कफी सहकारी संस्था, ७० कफी उत्पादन समूह र ४० महिला आयआर्जन समूहमा दुई हजार सात सय कृषक प्रत्यक्ष रुपमा कफी खेतीमा संलग्न छन् ।

सदरमुकाममा रहेको जिल्ला कफि व्यवसायी संघले कृषकहरु संग खरिद गरेर कफिको प्रसोधन र प्याकेजिङ गर्ने गरेको छ । जिल्ला कफि सहकारी संघले कृषकहरु संग खरिद गर्ने र वजारीकरण पनि गर्ने भएपछि कृषकहरुलाई सहज भएको कुर्घाका वुद्धिप्रसाद पौडेलले वताउनुभयो । कफि व्यवसायी संघले कृषकहरुवाट पार्चमेण्ट कफि प्रतिकिलो ५ देखि ५५० र चेरी कफि ८० रुपैयाँमा खरिद गर्ने गर्छ ।

जिल्ला कफि सहकारी संघले आफैँ कफिका विरुवा उत्पादन गर्ने गरेको छ । तिन वटा नर्सरीमा यो वर्ष विरुवा उत्पादन भैरहेको जिल्ला सहकारी संघले जनायो । तिनवाट नर्सरीमा १ लाख २० हजार विरुवा रोपिएको छ । विरुवा जिल्ला भित्रै र वाहिरी जिल्ला वागलुङ,म्याग्दी, कास्कि, लमजुङ, स्याङजा र धादिङका वढि मात्रामा विक्री हुने गरेको जिल्ला सहकारीका सञ्चालक समिक्षा शर्माले जानकारी दिनुभयो । जिल्ला कफिको विरुवामा आत्मनिर्भर रहेको छ ।

रौतहट ।

धुर्मुस सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्तिमा निर्माण गर्न लागेको एकिकृत नमुना बस्तिको कामले तिब्रता पाएको छ ।

सो बस्तिमा भएका पुराना घर टहरा हटाएर अहिले खाली गराइएको छ भने शुरुमै पर्खालको निर्माण कार्य भैरहेको छ ।

बस्तिमा आधुनिक संरचना सहितको घर निर्माण गर्न पाँच करोड ७५ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिए पनि अहिले पाँच वटा घर पुन थपिएर ५० वटा आवासीय घर, एउटा भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय निर्माण हुने भएको छ ।

माघ २४ गते परियोजना हस्तान्तरण गरिने लक्ष्यका साथ निर्माण कार्यले तिब्रता पाएपनि आर्थीक अभाब हुन सक्ने देखिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताउनु भयो । उता स्थानीय स्तरमा समेत मनकारीदाता बाट रकम संकलन हुन थालेको छ ।

महिलाअधिकारकर्मी देबकी नेपालले सो बस्ति निर्माण गर्न ५० हजार सहयोग गर्ने बचन दिनु भएको छ । सो बस्तिमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास रहेको छ ।

रुकुम ।

सानीभेरी नदिमा बगेर रुकुममा एक जना बेपत्ता भएका छन ।

रुकुमको मुसिकोट नगरपालिका १३, साधनचौरका ३५ बर्षिय गोबिन्द केसी नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर रजाँलीले जानकारी दिए ।

उनका अनुसार केसी मुग्लुखोला दोभानमा दाउरा निकाल्ने क्रममा बगेका हुन ।

नदि आसपासमा प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा खोजीकार्य जारी राखेपनि उनलाई फेला पार्न नसकिएको बताईएको छ ।

International Maithili Conference is set to be held in Saptari district headquarters, Rajbiraj, on December 22nd and 23rd.

Maithili Literary Council of Rajbiraj is hosting the event at the call of International Maithili Conference Committee.

A joint meeting of the Indian Conference Committee office-bearers and former Presidents and office-bearers of the Council held at Rajbiraj decided to step up necessary preparations for the conferen.

Council Secretary Shyam Sundar Yadav informed that around 200 Maithili linguists, literary figures, campaigners and researchers from Nepal and India are expected to participate in the conference.

Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has urged the government and political parties to move ahead by forging inter-party consensus, especially at a time when the country is gearing up for the elections.

Addressing the closing session of a training conducted for chief election officers and returning officers named for the upcoming elections, Dr Yadav urged all not to harbour doubt on timely elections, adding that no deviation has been reported from any angle.

He also suggested the political parties and government to fully implement the election code of conduct for free and fair elections and expressed his confidence to book whoever involved in violation of election code of conduct.

Rastriya Prajatantra Party (RPP) Chairperson Kamal Thapa has said his party's support to the government led by Nepali Congress President Sher Bahadur Deuba is for the country to gain some sort of stability before the elections.

Speaking at a face-to-face programme organised by the Reporters' Club Nepal in Butwal, he said the party decided to back the incumbent government to the guarantee the elections.

Former DPM Thapa said the formation of the leftist alliance has the potential for pushing the government into difficult waters. He also urged all not to believe the rumour that RPP parties will merge anytime soon.

काठमाडौं -एमाले र माओवादी केन्द्रले एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । सूर्य चिह्न लिएर लिएर निर्वाचनमा जाने सहमतिसहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा त कार्यदलमा छलफलसमेत भएको छैन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँड टुंग्याउनुपर्ने दबाब दलहरूलाई छ । कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेले बुधबार प्रदेश नम्बर १ बाट छलफल सुरु भए पनि टुंगो नलागेको बताए । ‘१ नम्बर प्रदेशबाट प्रारम्भिक छलफल सुरु भएको छ,’ उनले भने, ‘केही जिल्लामा निष्कर्षनजिक पुगेका छौँ, केही जिल्लाको टुंगो लगाउने काम बाँकी नै छ, बिहीबार फेरि छलफललाई निरन्तरता दिनेगरी बैठक स्थगित भयो ।’

कार्यदलले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, ओखलढुंगा र खोटाङको प्रतिनिधिसभा र प्रदेश सभामा कुन दल लड्ने टुंगो भन्ने लगाएको छ । धनकुटा, तेह्रथुम र सोलुखम्बु तथा धेरै निर्वाचन क्षेत्र भएका झापा, मोरङ, सुनसरीको क्षेत्र बाँडफाँडमा छलफल भए पनि टुंगिन बाँकी रहेको कार्यदलका एक सदस्यले बताए ।

साना दललाई भागबन्डा झन् समस्या

एमाले र माओवादी केन्द्रले आपसी छलफल जारी राखे पनि वाम गठबन्धनमा आबद्ध नयाँ शक्ति पार्टी नेपाल तथा सामेल हुने तयारीमा रहेको नेकपा माले र राजमोलाई दिइने क्षेत्र र सिट संख्याबारे अझै छलफल भएको छैन ।

नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा कुल सिटको १५ प्रतिशत दाबी गरेको छ । त्यस्तै, मालेले प्रतिनिधिसभामा पाँच तथा प्रदेश सभामा १० सिट दाबी गरेको छ । जनमोर्चाले पनि गठबन्धनमा सामेल हुने निर्णय गरिसकेको छ ।

साना दललाई दिइने सिटबारे एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंगो लगाउने भनिए पनि अझै कुरा मिलिसकेको छैन । ‘हामीले क्षेत्र हेरेर प्रतिनिधिसभामा पाँच र प्रदेश सभामा १०–१२ सिट प्रस्ताव गरेका छौँ, तर अन्तिम टुंगो लागिसकेको छैन,’ माले महासचिव सिपी मैनालीले भने, ‘हामी हँसिया हथौडा र तारा चिह्नमै लड्छौँ भनेका छौँ, सिटमा पनि त्यति हुनैपर्छ भन्ने पनि छैन, हामी एकीकरणका विषयमा पछि छलफल हुने गरी गठबन्धनमा सामेल हुन्छौँ ।’

साना वाम दललाई सिट बाँडिएपछि बाँकी सिट एमाले र माओवादी केन्द्रले लिने सहमति भए पनि साना दलकै सिट टुंगो नलाग्दा सिट बाँडफाँडमा समस्या देखिएको छ ।

कार्यदलमा हेरफेर, एमालेबाट शंकर पोखरेल

तीन दलको कार्यदलमा एमालेबाट विष्णु पौडेलको स्थानमा शंकर पोखरेलले प्रतिनिधित्व गरेका छन् । पौडेल पार्टीको प्रदेश बैठकमा व्यस्त भएपछि दुई दिनदेखि उनको स्थानमा पोखरेलले प्रतिनिधित्व गर्न थालेका हुन् ।

गंगानारायण अनुपस्थित

नयाँ शक्ति पार्टीबाट कार्यदलमा प्रतिनिधित्व गर्ने गंगानारायण श्रेष्ठ कार्यदलको बैठकमा सहभागी नै छैनन् । ओली र प्रचण्डसँग नयाँ शक्तिले पाउने क्षेत्र र सिट संख्या टुंगो नलागेका कारण उनी कार्यदलको बैठकमा अनुपस्थित रहेका हुन् । ‘शीर्ष तहमा सिट संख्या टुंगो लागेपछि मात्रै बैठकमा सहभागी हुन्छु,’ श्रेष्ठले भने ।

यसकारण टुंगिएन क्षेत्र बाँडफाँड

मापदण्डमाथि नै आशंका

कार्यदलले सुरुमा हरेक जिल्लामा दुवै दल निल नहुने गरी क्षेत्र बाँडफाँड गर्ने मापदण्ड बनाएको थियो । तर, आधाभन्दा बढी मत फरक भएका क्षेत्रमा एउटा पार्टीबाट अर्को पार्टीलाई पूरै मत नखसेको अवस्थामा विपक्षीलाई फाइदा हुने भन्दै मापदण्ड पुनर्विचार गर्ने निष्कर्षमा कार्यदल पुगेको छ । यो मापदण्ड परिवर्तन गर्दा एमालेलाई भन्दा माओवादी केन्द्रलाई घाटा लाग्ने देखिएपछि सहमति जुटाउन समस्या भएको कार्यदलका एक सदस्यले बताए । एमाले सचिव प्रदीप ज्ञवालीले भने ठूलो समस्या नभएकाले पूर्वसहमतिअनुसार ६०÷४० को अनुपातकै आसपासमा सिट बाँडफाँड हुने दाबी गरे ।

प्रदेश नं. १ मा समस्या

प्रदेश नं. १ मा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको सबैभन्दा कमजोर परिणाम रहेकाले क्षेत्र बाँडफाँड मिलाउन समस्या देखिएको छ । माओवादी केन्द्रले झापा, मोरङ, सुनसरीमा प्रतिनिधिसभामा दुई–दुई सिट दाबी गरेको छ । त्यस्तै, सोलुखुम्बु र भोजपुरमा पनि दाबी गरेको छ । सोलुखुम्बुमा माओवादी दोस्रो र भोजपुरमा तेस्रो स्थानमा छ । माओवादी कमजोर रहेका जिल्लामा पनि ४० प्रतिशत सिट अनुपातलाई सम्बोधन गर्नुपर्ने बाध्यता कार्यदललाई छ ।

सिफारिस उम्मेदवारको चर्को दबाब

प्रतिनिधिसभा र प्रदेश सभामा सिफारिसमा परेका दुवै पार्टीका उम्मेदवारले पार्टी नेतृत्व र कार्यदलका सदस्यलाई दलबलसहित भेटेरै अनुपातको नाममा अर्को दललाई नदिन दिनहुँ चर्को दबाब दिने गरेका छन् । सिट बाँडफाँड गर्दा पार्टीभित्रको गुटको समीकरण पनि मिलाउनुपर्ने दबाब नेताहरूलाई छ । छिटै क्षेत्र बाँडफाँड टुंग्याउँदा प्रत्यक्षमा टिकट नपाउनेहरू असन्तुष्ट बन्ने र उनीहरूलाई समानुपातिकतर्फको सूचीमा समावेश गर्नैपर्ने दबाब झेल्नुपर्ने पनि शीर्ष नेताहरूको बुझाइ छ । गठबन्धन बन्ने भएपछि उम्मेदवार बन्न इच्छुकहरूको बढ्दो संख्याले पनि नेताहरूमाथि दबाब सिर्जना भएको छ ।

काठमाडौ । प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ। दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो। प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहे पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने कि समानुपातिकको सूची मनोनयनलाई आधार मान्ने भन्ने अन्योल थियो। निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

सभामुख ओनसरी घर्तीले समानुपातिकको मनोनयनलाई आधार मानेर संसद् विघटन हुने भन्दै सरकारलाई अत्यावश्यक कानुन पारित गर्नुपर्ने भए त्यसअनुसारको तयारी गर्न जनाउ दिइसकेकी छन्। सभामुखले संसद्को आयु कहिलेसम्म मान्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दा त्यस विषयमा संसद्लाई नै निर्णयमा पुग्न आयोगले सुझाव दिएको थियो। ‘संविधानको व्याख्या गरेर संसद्ले नै निर्णय गरोस् भन्ने पक्षमा हामी छौं,’ आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णसँग भने।

सभामुख घर्तीले बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउन २७ गते संसद्को ‘अन्तिम बैठक’ हुने जनाउ दिएकी थिइन्। केही सांसदले कात्तिक ४ गतेसम्म संसद् रहने तर्क गरे पनि सभामुखले भविष्यमा संवैधानिक प्रश्न उठ्नसक्ने भन्दै समानुपातिकको सूची दर्ताको अघिल्लो दिन नै संसद्को आयु स्वतः समाप्त हुने तर्क गरेकी थिइन्।

दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो। एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समानुपातिकको सूची पनि प्रतिनिधिसभाको मनोनयन नै भएको भन्दै शुक्रबारसम्म मात्र संसद् बैठक सञ्चालन हुने बताए। शनिबार (२८ गते) म्याद समाप्त हुने भएपछि शुक्रबारसम्म मात्र बैठक सञ्चालन हुने भएको हो। समय निकै कम भएकाले बुधबार संसद्ले नियम निलम्बन गरी भाषा आयोग विधेयकलाई छोटो विधिबाट पारित गर्ने प्रक्रिया अघि बढाएको छ। सांसदहरूलाई विधेयकमा संशोधन हाल्ने (७२ घन्टाको समय) लाई निलम्बन गरिएपछि शुक्रबार बस्ने अन्तिम बैठकबाट उक्त विधेयक पारित गर्न बाटो खुलेको छ।

संसद् विघटन हुने संकेत पाएपछि सांसदहरूले संविधानसभा सदस्यका लागि सुविधाको कुरा कार्यव्यवस्था परामर्श समितिमा उठाएको स्रोतले बतायो। उनीहरूले संविधानसभा सदस्यका लागि छुट्टै लोगो हुनुपर्ने, सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने र पूर्वविशिष्ट पदाधिकारीसरह मर्यादाक्रम राख्नुपर्ने माग गरेका थिए। सभामुख घर्तीको सचिवालयका अनुसार सांसदहरूले पुरानै माग दोहोर्याएपछि सभामुख घर्तीले ‘सुविधासम्बन्धी औपचारिक प्रस्ताव बनाउने र संसद्बाट पारित गर्नुपर्ने’ सर्त राखेपछि सांसदहरू सुविधाको प्रस्तावबाट पछि हटेका थिए। पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा संविधानसभाका सांसद थप गरी सुविधा लिन खोजेपछि सरकारले अस्वीकृत गरेको थियो। उक्त विधेयक संसद्को राज्यव्यवस्था समितिमा थन्किएको छ।

जाने बेला संसद् सचिवालयले संविधानसभा सदस्यका लागि लोगोको व्यवस्था भने गर्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को व्यवस्थापन समितिबाट लोगोको निर्णय गराई सरकारसँग थप बजेट माग गर्ने सहमति भएको थियो। हाल सांसदले लगाइरहेको लोगोलाई प्रतिगोटा चार हजारभन्दा बढी पर्ने गरेको छ। पहिलो र दोस्रो संविधानसभाका करिब एक हजार सदस्यका लागि लोगो उपलब्ध गराउन ४० लाखभन्दा बढी खर्च लाग्ने संसद्का कर्मचारी बताउँछन्।

काठमाडौ । कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ वर्षभन्दा बढी भइसकेको छ। कामले गति लिन नसक्दा चार वर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताउनुभयो।

तर विशेष परिस्थितिका बीच पनि काम भइरहेको उहाँको भनाइ थियो। मुलुकमा भएका विभिन्न घटनाले निर्माणको जिम्मा पाएका कम्पनीले समेत काम गर्न सकेनन्। आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिना मात्रै बाँकी छ। सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरू गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनाले म्याद थप गरेको थियो।नेपाल समाचार पत्र दैनिकमा खबर छ । चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार हुन लागिएको सो सडक निमार्णको काम चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले गरिरहेको छ। सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख रुपियाँ खर्च हुने अपेक्षा गरिएको छ।

१० दशमलव ३९ किमि दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो। ४ वर्षमा निर्माण पक्षले बल्खु र बालकुमारीमा पुल निर्माण, कोटेश्वर, बी एन्ड बी र बागडोलमा गरी तीन वटा आकाशेपुल निर्माण गरिसकेको छ भने बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा आकाशेपुल निर्माणको काम अगाडि बढाएको आयोजनाले दाबी गरेको छ।

आयोजनाले असार मसान्तसम्म ५ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो। मनसुन शुरू भएकै कारण ५ किमि सडक कालोपत्रे गर्नुपर्नेमा साढे ४ किमि मात्रै कालोपत्रे भएको आयोजना प्रमुख झाले बताउनुभयो।

सडकमा सर्फेस ड्रेसिङ गरेर आसफल्ट कंक्रिट राखेपछि पूर्णरूपमा सवारी गुडाउन तयारी हुन्छ। तर, डे«सिङ गरिसकेका खण्डमा आसफल्ट कंक्रिट राख्न प्रि–मनसुनको झरीले गर्दा रोकिएको थियो। त्यस्तै गरी कलंकीमा बनिरहेको अन्डरपासको काममा पनि मनसुनले प्रभाव पारेको थियो। आयोजनाले हाल रिटेनिङ वाल, पाइलिङ, पुलको स्ल्याब बनाउने काम गरिरहेको छ।

८ सय मिटर लामो अन्डरपासमा २० देखि ३४ मिटर गहिराइसम्म गएर पाइलिङको काम भइरहेको छ। आयोजनाले मनसुनमा पाइलिङको काम सम्पन्न गरेर मनसुनपछिको ३ महिनाभित्र अन्डरपासबाटै सवारी सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको छ। हाल अन्डरपासमा पाइलिङको काम सकेर पर्खालको काम भइरहेको छ। योजनाको काममा सडक विभाग, डिभिजन सडक कार्यालय, नेपाल टेलिकमलगायतले सहयोग गरे पनि बिजुलीको पोल समयमै सार्न नसक्दा निर्माणको काम प्रभावित भएको छ। ६२ मिटरको चौडाइमा निर्माण हुन लागेको उक्त सडकको मेन लेन १५ मिटर, ६–६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे सात मिटर दायाँ–बायाँ ट्रइक सर्भिस, अन्य स्थान पर्खाल र हरितले ओगटेको छ।

काठमाडौं । नयाँशक्ति पार्टीले वाम गठबन्धनबाट अलग्गिने चेतावनी दिएको छ । केपी ओली र डा. बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि नयाँशक्तिले यस्तो चेतावनी दिएको हो ।

बुधबार बालकोटस्थित केपी ओलीको निवासमा छलफलका लागि पुगेका डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो । तर, ओलीले ‘बडो गाह्रो भयो’ भन्दै भट्टराईको माग पूरा नहुने आशय व्यक्त गरेपछि उनी रिसाएर फर्केका हुन् ।

एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । बालकोटबाट चित्त दुखाएर फर्केका डा. भट्टराईले दिउँसो १२ बजेतिर बबरमहलस्थित आफ्नो कार्यालयमा नयाँशक्ति पार्टीका नेताहरुको बैठक डाकेका थिए ।

सो बैठकमा उनले नयाँशक्ति पार्टीलाई सम्मानजनक स्थान दिनका लागि एमाले र माओवादीका नेताहरु अन्कनाइरहेको र आफूहरुलाई अपमानित गर्न खोजेको रिपोर्टिंग समेत गरेका थिए । बैठकका क्रममा केही नेताले १५ सीटभन्दा कम लिएर सहमति गरिएमा विभिन्न जिल्लामा स्वतन्त्र एवं बागी उम्मेद्वार उठाउने चेनावतीसमेत पार्टी नेतृत्वलाई दिएका छन् ।

बैठकमा केही नेताले ओली र प्रचण्डबाट अपमानित भएर बस्नुभन्दा वाम गठबन्धन तोडेर नेपाली कांग्रेस वा मधेसवादी दलसँग चुनावी तालमेल गर्नुपर्ने सुझावसमेत दिएका छन् । नयाँशक्तिका एक नेताले भने, हामी भोलसिम्म बाटो हेर्छौं, भएन भने यो गठबन्धनबाट हट्न पनि सकिन्छ ।