ब्रिटिस नागरिकको खुम्बुमा लेक लागेर मृत्यू

सोलुखुम्बु ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक जनाको मृत्यू भएको छ । पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा ब्रिटिस नागरिकको मृत्यु भएको हो ।

बेलायती नागरिक ६३ वर्षिया टेरेन्सी जोन गोस्टीलिङको बिहीबार बिहान कोठामा सुतीरहेको अवस्थामा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

पासपोर्ट नम्बर ७६–१२–००–२४–३  भएका गोस्टीलिङको डोले रिसोर्टको कोठा नम्बर १७ मा बिहान ३ बजेतिर मृत्यु भएको हो । उनी २५ गते गोक्योबाट डोले आईपुगेका थिए ।

उनी नोमेड नेपाल ट्रेकबाट १७ गते समिट एयरको उडानबाट काठमाडौँबाट लुक्ला आई भ्रमणका लागि खुम्बु प्रवेश गरेका हुन् । खुम्बु भ्रमणपछि गोक्योबाट फर्कने क्रममा उनको हाईअल्टिच्युडका कारण मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम तीब्रगतिमा गर्न निर्देशन

काठमाडौं ।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु अर्थिक वर्ष भित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले जग्गा अधिग्रहण र मुआब्जा वितरणको कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरेको छ ।

त्यसैगरी बैठकमा धनराज गुरुङ, चुडामणि जंगली, रामहरि खतिवडा लगायतका सांसदले आयोजना निर्माणका जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ ले पूर्ण रुपमा जिम्मेवारी लिई फिल्डमा काम नगरेकै कारण निर्माण कार्यमा ढिलाइ भएको र यसमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनुभएको थियो ।

रुघाखोकीकै कारण सत्र जनाको ज्यान गयो

काठमाडौं ।

मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो भने यसमध्ये १७ जनाको मृत्यु भएको हो ।

काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी 'इन्फ्लुएन्जा भाइरस' का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को 'एच-एन १' भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।

सिजनल इन्फ्लुएन्जा 'एच-एन १' ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताउनुभयो । केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ ।

पशुपतीले पढाए प्रचण्डलाई नैतिकताको पाठ ! भन्छन्-‘माओवादीले सरकार छाड्नुपर्छ’

भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा 'माओवादी केन्द्र'ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी भएको बताउनुभयो ।

उहाँले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकविलाई

धनगढी ।

‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ ।

प्रा डा रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसानुसार राष्ट्रकविलाई रु एक लाख पुरस्कार राशिको उक्त पुरस्कार दिने निर्णय गरिएको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी ९कैलाली०ले जनाएको छ ।

इटहरी भूमिसुधार कार्यालयका प्रमुख प्रकाशप्रसाद पोखरेल घुसलिंला लिंदै पक्राउ

राजविराज ।

अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई एक लाख रु घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ ।

मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेललाई रु एक लाख लिइरहेको अवस्थामा प्रहरी उपरीक्षक किसनसिंह थापाको नेतृत्वमा आएको टोलीले थलोमा नै पक्राउ गरेको बताइएको छ ।

काठमाडौंमा एशियाली महिला गणितज्ञको सम्मेलन शुरु

काठमाडौं ।

एशियाली मुलुकका महिला गणितज्ञको सम्मेलन कीर्तिपुरस्थित केन्द्रीय गणित विभागमा आजदेखि शुरु भएको छ ।

वुमन अफ नेपाल इन म्याथमेटिकल साइन्सले आयोजना गरेको यस सम्मेलनमा नेपाल, भारतलगायत विभिन्न १२ मुलुकका ६० जना सहभागीले ३९ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलन यही असोज २९ गतेसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले राजनीति, न्याय सेवा र अर्थ क्षेत्रमा जस्तै विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि महिलाको नेतृत्व विकास गर्न आवश्यक भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी, केन्द्रीय गणित विभागका प्रमुख डा केदारनाथ उप्रेती, पद्मकन्या क्याम्पसका प्रा धनकुमारी थापा, महेन्द्ररत्न क्याम्पसका अध्यापक तारा पौडेल, डा निलम सुवेदीलगायतले सम्मेलनबाट प्राप्त हुने सुझावलाई सरकारको नीति तथा योजना निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

EC discussion on security work plan with Home Ministry

The Election Commission has held discussion on security work plan prepared by the Home Ministry in view of the coming elections.

The EC said the security work plan prepared for the elections of the House of Representatives and provincial assemblies  is useful and practical.

During the high level security committee meeting, Home Secretary Lok Darshan Regmi informed that ample human resources will be mobilized from all four security bodies during the elections.

The EC underscored the role of security bodies for free and fair election.

The country is holding the election of the House of Representatives on November 26 and of provincial assemblies on December 7.

Chief Election Commissioner, Dr Ayodhee Prasad Yadav said the Commission is  almost prepared for the election of House of Representatives and of provincial assemblies.

He urged all not to harbor doubt on election as the election atmosphere was getting favorable.

two committees have been tabled reports Parilament

The reports of two committees have been tabled in the meeting of the Legislature-Parliament today.
Member of the parliamentary investigation special committee on local level election Dr Subodh Kumar Pokharel presented the parliamentary investigation special committee related to the local level election's report.
Likewise president of the good governance and monitoring committee, Mohan Singh Rathour, presented the good governance and monitoring committee's annual report in the meeting.
The parliamentary investigation special committee was formed to study on the incidents of rigging and tearing of the ballot papers and other alleged malpractices in the first phase of local level election on May 14, 2017 .

Major Parties Discussions

Prime Minister and also the President of Nepali Congress Sher Bahadur held discussions with senior leaders of major parties.

The discussion held at Prime Minister Office SinghaDurbar today concluding elections within a slated date and contemporary issues.

Senior leader of Nepali Congress Ram Chandra Poudel has said the discussion was focused on holding elections on scheduled date as per the under consideration National Assembly election bill work plan in parliament.

UML Leader Subas Nembang has said the leaders are univocal to finalize the National Assembly election Bill tomorrow.

सात महिनादेखी हराएका दुई चेली भारतहुँदै ओमनमा बेचेको भेटियो

ओमन ।

सात महिनादेखी हराइरहेका भनिएका दुई नेपाली चेली ओमनमा बेचिएको अवस्थामा भेटिएका छन् ।

धरानका दुई चेली सात महिना अगाडिदेखि हराइरहेका थिए । दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ ।

धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भइ धरान १५ मा डेरा गरी बस्ने यममाया लिम्बुलाई दलालले विक्री गरेको थाहा भएको हो। उनीहरुलाई मोरङ उर्लावारीकी सीता भन्ने विष्णुमाया श्रेष्ठ र दुबईमा रहेकी उनकै छोरी लीना श्रेष्ठले विक्री गरेको पीडित परिवारको आरोप छ।

विष्णुमायाले सुरुमा धरान आएर पम्फा र यममायालाई ललाइ९फकाई गरी छोरी लीनासंग सम्पर्क गराएर ओमनमा लगेर विक्री गरेको पम्फाकी आमा टीकामाया गुरुङले बताएकी छिन्। गत चैत महिनामा छोरी हराएपछि खोजी गर्दै जाँदा उर्लावारीकी विष्णुमाया र उनकी छोरी लीनाले ओमनमा लगेर विक्री गरेको चाल पाएको उनको आरोप छ ।

परिवारका सदस्यलाई समेत थाहा नदिइ राम्रो रोजगारी लगाइदिने भन्दै विष्ण्मुमायाले ललाई फकाई दुबईमा छोरीको सम्पर्कमा पुर्‍याएर ओमनमा विक्री गरेको टिकामायाले बताइन्। उनले ओमनमा पुर्‍याएका दुबै जनालाई साहुले दैनिक मानसिक, शारीरिक याताना दिएर यौन दुर्व्यवहार गर्ने गरेको छोरीले फोन गरेर आफूलाई सुनाएको बताइन् ।

फम्फाले घर जाने माग गरेपछि साहुले हात काटेर रगताम्मे बनाएको हातको फोटोसमेत फेसबुकको म्यासेन्जरमा पठाएको पनि टिकामायाले बताएकी छिन्। साहुसंग घर जान्छौ भन्दा दुबै जनालाई ५९५ लाख रुपैयाँमा किनेर ल्याएको बताएपछि आफूहरु बेचिएको चाल पाएको पम्फालाई उदृत गर्दै उनले बताएकी छिन्।

हराएकी छोरी बेचिएको खवर थाहा पाए पछि पीडक विष्णुमाया र लीनालाई पक्राउ गरी कारवाही र छोरीलाई सकुशल घर फर्काउनका लागि दुबै जनाका परिवारले इलाका प्रहरी कार्यालय धरान र माईती नेपालको इटहरीस्थित सम्पर्क कार्यालयमा उजुरी दिएको अन्नपूर्णमा खबर छ । धरानकी महिला अधिकारकर्मी विमला भट्टराईले बेचिएका दुई जना चेलीहरुलाई सकुशल घर फर्काइदिन र पीडक आमा छोरीलाई कडा कारवाही गर्न माग गरेकी अन्नपूर्णमा खवर प्रकाशित छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले दुई जना चेली बेचिएको विषयमा अनुसन्धान भैरहेको बताएका छन् । उनले पीडित परिवारले दिएको उजुरीका आधारमा पीडक पक्षलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए। दलालहरुले धरानको अति–गरिव सुकुम्वासी बस्तीमा गएर राम्रो रोजगारी लगाइदिने भन्दै महिला तथा किशोरीलाई भारत, ओमन, साउदी, कतारलगायतका मुलुकहरुमा विक्री गर्ने गरेका छन्। दलालहरुले यस अगाडि पनि धरानका दर्जन बढी महिलालाई विक्री गरेको प्रहरीमा उजुरी परेपछि उनीहरुको उद्धार गरिएको थियो।

जापानमा ज्वालामुखी विस्फोट भएपछि वरपर नजान चेतावनी (भिडियो सहित)

टोकियो ।

जापानको क्युसु क्षेत्रको माउन्ट शिन्मोइमा शक्तिशालि ज्वालामुखी विस्फोट भएको छ ।

जापानको मौसमविज्ञान विभागले बुधबार विस्फोट भएको ज्वालामुखीपछि क्युसु क्षेत्रको सो स्थान वरपर नागरिकलाई नजान चेतावनी जारी गरेको छ ।

श्रेणी ३ को ज्वालामुखी विहान ५ बजेर ३४ मिनेटमा विस्फोट भएको हो ।

ज्वालामुखी माउन्ट किरीसिमाको ज्वालामुखीहरुको समुहको एक अंश भएको र यो पछिल्लो ६ वर्षमा पहिलोपटक विस्फोट भएको हो ।

श्रेणी ३ को ज्वालामुखी भन्नाले त्यस वरपर जान खतरा रहेको भन्ने बुझिन्छ । श्रेणी ५ ले सुरक्षित स्थातर्फ जान चेतावनी दिने तथा उच्च जोखिम ठानिन्छ भने तीन श्रेणीले  मानिसहरुलाई त्यस ज्वालामुखीको नजिक नजान चेतावनी दिने गर्छ ।

भूकम्प र ज्वालामुखीको उच्च जोखिम रहेको जापानमा यसबारेको सतर्कता, पूर्व तयारी र सावधानी अपनाएर सरकारले उद्धार संयन्त्र र संरचना निर्माण गर्ने गरेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web