पशुपतिका नागा बाबालाई झै लाखौं तलब भत्ता खाने सांसदलाई बाटो खर्च दिएर बिदा गरिंदै

काठमाडौं ।

हामी सबैलाई थाहा छ पवित्र पाशुपत क्षेत्रमा बर्षेनी महा शिवरात्रीमा आउने साधु बाबाहरुलाई बाटो खर्च दिएर बिदा गर्ने गरिन्छ ।

तर तपाईलाई थाहा छ हरेक महिनाको एकलाख बढी तलब अनि हरेक बैठकको भत्ता खाने सांसदहरुले समेत सांसद पद खुस्कने भएपछि अन्तिम दिन समेत बाटो खर्चका नाममा राज्यढुकुटीमा लुट मच्चाउने गरेका छन् ।

व्यवस्थापिका संसदका ५९२ सांसदहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व हुँदैछन् ।

४ वर्षअघि २०७० मंसिर ४ गते निर्वाचित भएका र समानुपातीकबाट आएका सबै सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट निवर्तमान हुदैछन ।

निवर्तमान हुन लागेका सबै सांसदहरुले अशोज महिनाभरको तलब भत्ता र सुबिधा पाउने छन् ।

तर दुखको कुरा यसअघिको प्रचलनको नाममा सांसदहरुले भूतपूर्व भएर फर्किन लागेको नाममा यातायात खर्च समेत असुल्ने भएका छन् ।

बिजनेसका हिसाबले संसदको शुक्रबारको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक राखिएको छ, जहाँ सांसदहरुलाई विधिवत बिदाई गरिंदैछ ।

सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताए । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा।भरतराज गौतमले जानकारी दिए ।

यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

संसद बिघटनअघि यो संसदको अन्तिम विजनेश बैठक शुक्रबार बस्दैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्वधासम्बन्धी बिधेयक पनि बैठकले पारित गर्ने कार्यसूची छ ।

चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ ।

संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।

नेपाल प्रहरीको टोपीमा ‘मेरा भारत महान’

टीकापुर ।

नेपाल प्रहरीको पोशाक जिम्मा ठेक्का भारतीय कम्पनीलाई नै दिइन सामान्य मान्न सकिएला । तर देशको सुरक्षा निकायको पोशाकमानै अरु देशको चिन्ह हुन कदापी सामान्य मान्न सकिन्न ।

यस्तै भएको छ । नेपाल प्रहरीले लगाउने शिरको टोपीमा । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंगा, ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् । अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ ।

आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौदेखि प्रयोग गर्दै आएका छन् । उनीहरूलाई यस बारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएको पाइएको छ । पूरानो भएकाले भारतीय झण्डा भने स्पष्ट चिनिदँैन । उनले लामो समयदेखि सोही टोपी प्रयोग गर्दै आइरहेको बताए ।

केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तौ संकेत भेटिएको थियो । उनको टोपीको एकातर्फ ‘मेरा भारत महान’ लेखिएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा उल्लेख भएको ‘स्टिकर’ भेटिएको थियो । यस्तो ‘स्टिकर’ भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए ।

प्रहरी संगठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायतका पोशाक खरिद गर्दै आएको छ । प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले बताएको छ । भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ ।

प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले टेण्डरमार्फत खरिद गरेको टोपीमा यस्ता खालको कुरा हुन नसक्ने दाबी गरे । उनले कसैले व्यक्तिगत रूपमा खरिद गरेर लगाएको टोपीमा यस्ता संकेत भेटिन सक्ने बताए ।

‘व्यक्तिगत रूपमा खरिद गरेको टोपीमा यस्तो संकेत भेटिन सक्छ,’ उनले भने, ‘त्यस्तो कुरा लगाउने व्यक्तिले ख्याल गर्नुपर्ने हो ।’

उनले पोशाक हराए वा च्यातिए संगठनले तत्काल उपलब्ध गराउने सुविधा नभएका कारण सुरक्षाकर्मीले अर्को व्यवस्था नभएसम्म बजारबाट किन्न सक्ने बताए । हरेक वर्ष पोशाक उपलब्ध गराउने प्रावधान नभएका कारण सुरक्षाकर्मीले आवश्यक परेको बेला बजारमा किन्नुपर्ने वाध्यता रहेको संगठनको भनाइ छ ।

‘भारतीय प्रहरी र हाम्रो टोपी धेरैजसो मिल्छ’ उनले भने, ‘कहिलेकाँही व्यापारीसँग किन्दा त्यस्तो टोपी पर्न सक्छ ।’

कतिपय सुरक्षाकर्मीले संगठन भित्रैबाट उपलब्ध गराएका टोपीमा समेत यस्ता संकेत भेटिएको बताएका छन् । उनीहरूले नाम उल्लेख नगर्न आग्रह गर्दै संगठनले दिएको पोशाक चुपचाप लगाउनु बाहेक अन्य कुनै विकल्प नभएको बताए । ‘सबै कुरा माथिल्लो तहले नै व्यवस्थापन गर्ने हो,’ एक सुरक्षाकर्मीले भने, ‘हामीले लगाउँदैनौं भनेर केही हुँदैन ।’ कतिपयले त्यस्ता संकेत फालेर टोपी प्रयोग गर्दै आएको सुनाए ।

समाचार साभार नागरिक दैनिक

द्रुतमार्गको डीपीआर भारतीय कम्पनीसँग किन्ने निर्णय

काठमाडौं ।

सरकारले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन 'डीपीआर' किन्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई दिएको छ ।

भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस 'आईएल एण्ड एफएस'ले डीपीआर बनाएको छ ।

सुरुमा द्रुतमार्गलाई बुट प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो । तर नेपाल आफैंले द्रुत मार्ग बनाउने निर्णय गरेपछि डीपीआर नेपाललाई दिन असहयोग गर्दै आएको सो कम्पनीले पछिल्लो समय चर्को मुल्य तोकेको बताइएको छ ।

देशभर चौतर्फी दबावपछि पुष्पकमल दाहाल सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सेनाले प्रारम्भीक अध्ययन गरेपछि अब डीपीआर अध्ययनका लागि प्रक्रिया सुरु भएको छ ।

ठेकेदार शहिद ! हत्या गरिएका ठेकेदार गौचन शहिद घोषित, के हो शहिद भनेको ?

काठमाडौं ।

शेरबहादुर देउवा सरकारले आपराधिक समुहले गोली हानी हत्या गरेका ठेकेदार शरद गौचनलाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

राजधानीमा केही दिन अघि गोली हानी हत्या गरिएका ठेकेदार गौचन निर्माण व्यवसायी महासंघका अध्यक्ष थिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गौचनलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

ठेकेदारहरुको संस्था निर्माण व्यवसायी संघले गौचनलाई सहिद घोषणाको माग गरेका थिए ।

के हो शहिद भनेको ?

देश र जनताको लागि बलिदान गर्ने वीर–विरङ्गनाहरु, जसले हाँसी–हाँसी आत्माहुति गर्न तत्पर हुन्छन् त्यस्ता महान् व्यक्तित्वहरुलाई सम्मान स्वरुप शहिद घोषणा गर्ने विश्वव्यापी परम्परा र मान्यता छ ।

यस विपरित नेपालमा भने कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति, कुनै घटनामा मारिएका व्यक्ति, व्यक्तिगत तथा राजनीतिक आग्रह पूर्वाग्रहका कारण हत्या गरिएका व्यक्तिहरुलाई पनि शहिद घोषणा गर्ने गरिएको छ ।

यति सम्मकी शहिद घोषणा माग गर्दै सडक आन्दोलन गरिन्छ र सर्वसाधारणलाई कष्टकर जीवनयापन गर्न बाध्य पारिन्छ । पीडित पक्षलाई राहत स्वरुप राज्यको तर्फबाट क्षतिपूर्ति दिनु अलग कुरा हो । तर, हरेक व्यक्तिलाई शहिद जस्तो ‘सम्मानजनक उपाधि’ दिन दबाव दिनु र सरकारले जथाभावी शहिद घोषणा गर्नु लाजमर्दो विषय हो । यसले देशको लागि बलिदान हुने शहिदहरु प्रति नै ठूलो अपमान हुनजान्छ ।

बाबुराम भट्टराइले सुर्य छाडे, एउटा आँखा लिएरै चुनाव लड्ने

काठमाडौं ।

गोरखाबाट चुनाव लड्न माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठको नाम नछाड्ने बताएपछि वाम गठबन्धनमा सहभागी बाबुराम भट्टराईले एमालेको सुर्य चुनाव चिन्ह नलिने घोषणा गरेका छन् ।

नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अन्तत आफ्नै पार्टीको चुनाव चिन्ह देब्रे आँखामा चुनाव लड्ने घोषणा गरेका छन् ।

पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्ने घोषणा गरेका हुन् । भट्टराईले गोर्खा २ बाट चुनाव लड्न चाहेपनि नेकपा माओवादीले असहमति जनाएको थियो । एमालेले गोरखा जिल्ला माओवादी केन्द्रलाई दिने सहमती गरिसकेको छ ।

माओवादीले गोर्खा नछाड्ने बताएपछि भट्टराई बिच्चिएका हुन्। संघीय सचिवालय बैठकमा आफूले जस्तोसुकै परिस्थितिमा पनि गोर्खा २ बाटै चुनाव लड्ने समेत घोषणा गरेका छन्। भट्टराईले एमालेसँग निर्वाचनमा आफ्नो सम्मानजक भूमिकाका लागि आग्रह गर्दै आएका छन् । सुर्य चुनाव चिन्ह छाडेपछि भट्टराईले गठबन्धन भने नतोडेको बताएका छन् ।

नेपाल हङकङसँग ८३ रनले पराजित, विश्वकप छनौटको संभावना न्यून

काठमाडौं ।

विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।

हङकङले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १ सय ११ रन बनाउँदा अलआउट हुन पुग्यो ।

आजको पराजयसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको छनौटमा पर्ने सम्भावना न्युन बनेको छ ।

हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

नेपालका लागि बसन्त सन्दिप लामिछानेले ३ तथा करण केसी र बसन्त रेग्मीले समान २–२ विकेट लिए। सुशन भारीले १ विकेट लिए भने बाँकी खेलाडी रन आउट भए।

अब नेपालले अर्को खेल आइतबार खेल्ने छ । नेपालले समग्रमा दुई खेलमा जित वा ठूलो अन्तरको जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना रहनेमा आजको पराजयपछि त्यो संभावना न्यून बनेको हो ।

आजको पराजयसँगै नेपाल डिभिजन–२ मा झर्ने सम्भावना बढेर गएको छ । यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ । डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ। हङकङ ११ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।

यसरी चुनिनेछन् प्रदेशका समानुपातिक सांसद

काठमाडौं । दलहरूले प्रदेशसभा निर्वाचनका लागि अलगअलग प्रदेशअनुसार समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कसरी समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने भन्ने अलमल कायम रहेका बेला आयोगले जारी गरेको निर्देशिकाअनुसार दलहरूले फरकफरक प्रदेशअनुसार आफ्नो दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची पेस गर्नुपर्ने भएको हो। दलहरूले प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी कुल २ सय २० जनाको अधिकतम बन्दसूची पेश गर्न सक्नेछन्।

यस्तै सातै प्रदेशमा गरी न्यूनतम २६ जनाको सूची पेश गर्न सकिनेछ । प्रदेश १ मा ४, प्रदेश २ मा ५, प्रदेश ३ मा पाँच, प्रदेश ४ मा तीन, प्रदेश ५ मा चार, प्रदेश ६ मा दुई र प्रदेश ७ मा कम्तीमा तीन जनाको बन्दसूची समानुपातिकतर्फ पेस गर्नुपर्ने भएको हो । आयोगका प्रवक्ता नवराज ढकालले दलहरूले आफ्नो अवस्थाका आधारमा अधिकतम र न्यूनतम संख्यालाई ख्याल गरेर प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्दसूची पेश गर्न सक्ने बताए ।प्रदेशसभाका लागि देशभर ३ सय ३० निर्वाचन क्षेत्र कायम भएको छ।

प्रदेशको निर्वाचनतर्फ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हरेक निर्वाचन क्षेत्रबाट एक जनाका दरले ३ सय ३० जना प्रदेश सांसद निर्वाचित हुनेछन भने सो संख्याको ४० प्रतिशत सांसद समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन्। यसरी निर्वाचित हुने सांसद २ सय २० जना हुनेछन्।

प्रतिनिधिसभा निर्वाचनका लागि कायम कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा २८, प्रदेश २ मा ३२, प्रदेश ३ मा ३३, प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ निर्वाचन क्षेत्र कायम भएको छ । तर प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि भने प्रदेश १ मा ५६, प्रदेश २ मा ६४, प्रदेश ३ मा ६६, प्रदेश ४ मा ३६, प्रदेश ५ मा ५२, प्रदेश ६ मा २४ र प्रदेश ७ मा ३२ गरी कुल ३ सय ३० क्षेत्र कायम छ। तर प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र ३ सय ३० को ४० प्रतिशत संख्या समानुपातिकतर्फ निर्वाचित हुनेछन्।

यसरी निर्वाचित हुँदा प्रदेशसभामा समानुपातिकतर्फ २ सय २० सांसद निर्वाचित हुनेछन्। दलहरूले प्रत्येक प्रदेशका लागि सम्बन्धित प्रदेशअनुसार नै समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुन २ सय २० जनाको बन्दसूची पेश गर्नुपर्नेछ। दलहरूले प्रदेशसभाका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीमा नामावली पेस गर्दा आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी, मुस्लिम, अपांगता भएका, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। यसरी बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला भने अनिवार्य हुनुपर्ने व्यवस्था छ । राजधानी देनिकमा समाचार छ ।

आर्थिक सेटिङ: अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ। सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको छ। विमानस्थलस्थित अध्यागमनका कर्मचारी र प्रहरीले सरकारी नीतिको धज्जी उडाउँदै मोटो रकमको प्रलोभनमा परी टुरिस्ट भिसाका व्यक्तिलाई सेटिङ गरी युएई पठाएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

दलालमार्फत युएई पुगेकाहरूले काम नपाएको र पठाउने व्यक्तिले समेत रेस्पोन्स नगरेको भन्दै दूतावासमा उजुरी गरेका थिए। उनीहरूलाई युएईस्थित नेपाली दूतावासले १० दिनपछि सकुसल नेपाल फर्काएको हो। उद्धार हुनेहरूमा मकवानपुरका सुनिल रावत, भीमबहादुर बम्जन, नवराज लो, सुन्दर तामाङ, दीपेन्द्र साम्देन, सुकुराम थिङ, बाग्लुङका इन्द्रबहादुर थापा, राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरुङ, बाँकेका तुलसीप्रसाद शर्मा, सिन्धुपाल्चोकका फञ्जो तामाङ र काभ्रेका नरेश तामाङ छन्।

काठमाडौंस्थित पान्डोरा इन्कर्पोरेसन प्रालिका सञ्चालक इश्वर भण्डारी, कार्यकारी निर्देशक केशव थापा र दलालहरू मकवानपुरका दिनेश लामा मोक्तान र धादिङका रमेश कँुवरले उनीहरूलाई युएई पठाएका थिए। खाडी मुलुक जाने जो कोहीले साथमा एक हजार डलर, दुईतर्फी हवाई टिकट, होटल बुकिङ गरेपछि मात्रै प्रस्थान अनुमति पाउँछन्। तर अध्यागमनका कर्मचारीले यिनीहरूको हकमा केही खोजेनन्। सेटिङमा भएकालाई विमानस्थलमा न अध्यामगनका कर्मचारीले सोधखोज गर्छन् न त प्रहरीले नै, उनीहरू बिनारोकतोक खाडी मुलुक जान्छन्।

सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाए पनि उनीहरु ‘सेटिङ’ मा सजिलै युएई पुगेका थिए। युएईस्थित नेपाली दूतावासले पान्डोरा कर्पोरेसनका सञ्चालक र अन्य दलाललाई कारबाही दायरामा ल्याउन परराष्ट्र मन्त्रालयमार्फत गृहलाई समेत पत्राचार गरिसकेको छ। ती मानव तस्करले उनीहरूलाई युएईमा आकर्षक तलब पाउने र आफूहरूले नै जागिर लगाइदिने भन्दै युएई पठाएका थिए। उनीहरू खाने, बस्ने र खर्चको समेत अभाव भएपछि युएईस्थित नेपाली दूतावासमा बसेका थिए। त्यहाँस्थित नेपाली दूतावासले आप्रवासी संगठन र गैरआवसीय नेपालीको सहयोगमा उनीहरूलाई फिर्ता पठाएको हो।

मकवानपुरका सिमाने बम्जनको भने राहदानी हराएका कारण त्यहाँको प्रहरीले क्लियरेन्स दिएपछि नेपाल आउने छन्। यसअघि गत आइतबार पनि युएईस्थित नेपाली दूतावासले २८ जना नेपाली कामदारलाई उद्धार गरेको थियो। सिवाकोटी म्यानपावर कम्पनीबाट सुरक्षाकर्मीको रूपमा युएईस्थित रोयल फाल्कोन सेक्युरिटी कम्पनीमा कार्यरत उनीहरु तलब नपाएर बिचल्लीमा परेका थिए।

डा. केसीद्धारा सभामुखलाई सक्रिय भूमिका खेल्न अनुरोध

काठमाडौं ।

हप्तादिनदेखी आमरण अनशनरत सामाजिक अभियन्ता प्रा.डा. गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न अनुरोध गरेका छन् ।

प्रा डा केसीले पत्रकार सम्मेलन गरेर सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै “केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।” भन्दै सभामुखको सक्रियताको लागि आग्रह गरे ।

डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा छन् ।

चिकित्सा विधेयक संसद्मा विचाराधीन छ । नेकपा एमालेका कारण चिकित्सा विधेयक संसदमा टेबल हुन पाएको छैन भने एमालेले विधेयक पारित हुन नदिने बताउँदै आएको छ ।

Bhatta, Ghale announce candidacies for NRNA President

Kathmandu  :

Jamuna Ghale and Bhawan Bhatta have announced their candidacies for the President of the Non-Resident Nepalis Association (NRNA) just ahead of its Eighth Global Summit and General Convention.

Organizing a news conference on Thursday, Ghale formally announced her candidacy. The Eighth Global Summit of the NRNA is going to start in Kathmandu this Saturday. President aspirant Ghale is the wife of incumbent President Shesh Ghale.

On the occasion, Ghale said that she was contesting the polls to establish women's participation and for women empowerment in the NRNA among other reasons.

She also pledged to complete the ongoing mega projects run by the NRNA in time in a more transparent way.

Meanwhile, Bhatta also announced his candidacy on Thursday itself. Claiming that he was fit for the post, Bhatta said he has understood the problems and sorrows of all Non-Resident Nepalis. Bhatta is incumbent Vice-President of NRNA.

On the occasion, Bhatta also committed to play supportive roles in the implementation of mutual investment projects. Bhatta also vowed to complete the construction of the Laprak Model Village forwarded by the current NRNA leadership.

एनआरएनए अध्यक्षमा भवन भट्ट र जमुना घलेद्धारा उम्मेद्धारी र प्रतिवद्धता घोषणा

काठमाडौं ।

गैरआवासीय नेपाली संघ एनआरएनको आगामी नेतृत्वको लागि भवन भट्टसँगै जमुना घलेले अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन् ।

एनआरएनएको आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका लागि संघका निवर्तमान उपाध्यक्ष भवन भट्टले हप्तादिन अघिनै अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका थिए भने सदस्य जमुना गुरुङ घले आज उम्मेदवारी घोषणा गरेकी हुन् । जमुना वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।

घलेले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा घलेले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

साथै संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कूटनीतिकस्तरमा अझ पारदर्शीरुपमा विकास गर्न र संघले अहिले निर्माण गरिरहेका मेगा परियोजनालाई समयभित्र सम्पन्न गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

संघका सदस्यसमेत रहेकी गुरुङले आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको र महिलाले नेतृत्व गर्न सक्छन् भन्ने पुष्टि गर्नका लागि पनि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन् ।

जमुना घले अष्टेलियामा व्यवसाय गर्दै आएकी अर्बपती हुन् ।

यसैबीच, अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि आज आयोजित उम्मेदवारी सभामा आफ्नो उम्मेदवारी घोषणा गरे ।

सो पदका लागि आफू योग्य रहेको दाबी गर्दै भट्टले एनआरएनको उपाध्यक्षको जिम्मेवारीमा सही ढंगले निभाएको भन्दै आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या, पीर, मर्का बुझेकाले उनिहरुको समस्या सम्वोधनका लागि उम्मेद्धारी दिएको बताए ।

उनले आवासीय र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा पूर्वाधार विकास तथा निर्माणमा लगानी बढाउने र रोजगारीको अवसर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यासी भट्टले भने – “आफ्नो जितको पहिलो आधार नै सम्पूर्ण एनआरएनका साथीहरु हुन्, म त लगभग साझा उम्मेदवारका रुपमा उभिएको छु ।”

उनले आफूलाई एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने र हालका अध्यक्ष डा शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको जानकारी दाबी गरे ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीको मनमा सधँै नेपाल र नेपाली नै रहेको उनले बताए ।

भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना बस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाए ।

यसअघि उनले एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरेका छन् ।

भट्ट जापानमा व्यवसाय गर्दै आएका व्यवासय हुन् ।

सिमा रक्षक देवनारायण यादव र मधेश समता पार्टी एमालेमा विलय

काठमाडौं ।

मधेस समता पार्टी नेपालका अध्यक्ष एवं सांसद मेघराज नेपाली निषाद सिंगो पार्टी सहित आज नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

यसैगरी सप्तरी तिलाठीका सीमा रक्षक नेपाली काँग्रेसका नेता देवनारायण यादव पनि आजै एमालेमा प्रवेश गर्नुुभयो ।

एमाले संसदीय दलको कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव र निषाधलाई टीका लगाइ एमालेमा प्रवेश गराउनुुभएको हो ।

कार्यक्रममा देवनारायण यादवले एमाले देशको रक्षा गर्ने पार्टी भएकाले आफु एमालेमा प्रवेश गरेको बताउनुुभयो ।

मधेस समता पार्टीका अध्यक्ष एवं सांसद निषादले कमजोर र निमुुखा जनताप्रति उत्तरदायी पार्टी भएकोले आफनो पार्टी एमालेमा समाहित भएको बताउनुभयो ।

पार्टी प्रवेश गराउनुहुँदै एमाले अध्यक्ष ओलीले देशलाई माया गर्ने, निष्ठावान व्यक्ति मात्रै बामपन्थी हुन सक्ने भन्दै एमालेले कसैलाई अन्याय नगर्ने बताउनुुभयो ।

तराई मधेसका जनताका लागि काम गर्ने पार्टी एमालेलाई तराई मधेस विरोधी पार्टी भएको भ्रमबाट मुक्त हुन अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web