काठमाडौं । निर्वाचन आयोगको आज बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा १५ लाख खर्च गर्न सक्ने सीमा निर्धारण गरेको छ ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैंयासम्म खर्च गर्न सक्नेछ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार १ लाख ५० हजार रुपैंयासम्म खर्च गर्न सक्नेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन तर्फ मतदाता नामावली खरिद, सवारी साधान, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

काठमाडौं । व्यवस्थापिका संसद्को आजको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।

विधेयकमा सांसद्हरु डिल्लीप्रसाद काफ्ले र मीना पुनले राख्नुभएको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्विकृत गरेको छ ।

बैठकले ‘भाषा आयोग विधेयक, २०७४’ लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले पेश गर्नुभएको बिधेयकमाथि काप्mले धनीराम पौडेल लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ काभ्रेपलान्चोकले संशोधन प्रस्ताब राख्नु भयो ।

सभामुखले संसद्को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहनुभएका सांसद्हरुको नामावलीसम्बन्धी सूचना पढेर सुनाउनुभयो ।

बैठकमा अनुपस्थित रहनुभएका सांसद्हरुमा कुमार सुब्बा ३१ बैठक, दुर्गा पौडेल २८, डा बाबुराम पोखरेल २७ र सूर्यकुमार शिवाकोटी १९ लगायत हुनुहुन्छ ।

बर्तमान सससद्को 'अन्तिम' बैठक भोलि अपरान्ह बस्नेछ ।

काठमाडौं ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्र्ने प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार हस्ताक्षर गरे । तर दुखको कुरा उनकै पार्टी सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने हस्ताक्षर लगत्तै उल्लंघन गर्दै मन्त्रीपरिषद विस्तार गरेका छन् ।

अझ लाजमर्दो विषय के भने उक्त हस्ताक्षर कार्यक्रममा देउवा आफैं उपस्थित समेत थिए ।

प्रतिनिधिसभा सभा र प्रदेशसभा सदस्य निर्वाचन र आचार संहिता पालना बारेमा राजनीतिक दलसँग आयोगले आज गरेको छलफलमा दलका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपाका नेता बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाललगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।

काठमाडौं ।

आफैं कानुन पालना कर्ता रहेर आफैं सविंधान उल्लंघन अनि निर्वाचन आचारसंहिताको उल्लंघन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले आज फेरी ८ नयाँ मन्त्री थपेका छन् ।

सरकार टिकाउनकै लागि नेपाली काँग्रेसका सभापती समेत रहेका शेरबहादुर देउवाले गाई पार्टी राप्रपा कमल थापाका ८ मन्त्री थपेका हुन् ।

नयाँ मन्त्रीमण्डलमा राप्रपा अध्यक्ष रहेका कमल थापा उपप्रधानमन्त्री नियुक्त भएका छन् । तर उनले मन्त्रालय पाएका छैनन् ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विना विभागीय मन्त्री नियुक्त हुनुभएको छ ।

यस्तै कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय हाल तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको र सपथ भोलि हुने बताइएको छ ।

यसअघि समेत निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मन्त्रीपरिषद गठन गरेपछि निर्णय सच्याउन निर्वाचन आयोगले भनेपनि देउवाले अटेर गर्दै मन्त्री थपेपछि राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर मात्रै निर्णय लिने ठानिएको छ ।

सत्ता टिकाउनकै लागि साना दल बटुल्दै मन्त्री थपेका देउवाको मन्त्री परिषद अहिलेनै ५६ सदस्यीय छ ।

Prime Minister Sher Bahadur Deuba has expanded his cabinet by inducting four Ministers and four State Ministers from Rastriya Prajatantra Party today.

RPP Chairman Kamal Thapa has been appointed as Deputy Prime Minister while leaders Jayant Chand, Dilanath Giri and Bikram Thapa have been appointed Ministers without portfolio in PM Deuba-led government.

Similarly, RPP Chief Whip Kunti Kumari Shahi, Bhaskar Bhadra, Sushil Shrestha and Kanta Bhattrai have been appointed as State Ministers today.

Top leaders of the major parties represented in the Legislature-Parliament have committed to abide by in letter and spirit the code of conduct of the election to the members of the House of Representatives and the State Assemblies scheduled for November 26 and December 7.

They expressed this commitment in the discussions the Election Commission organized with the political parties regarding the abidance to the code of conduct in connection with the elections.

The commitment letter reads – taking into account the fact that the election is the foundation of democracy and that only a free, fair and credible election strengthened and supported good governance, we are committed to make the election to the members of the House of Representatives and State Assemblies taking place on November 26 and December 7 well-managed and dignified.

Prime Minister and Nepali Congress president Sher Bahadur Deuba, CPN (UML) chairman KP Sharma Oli, CPN (Maoist Centre) chairman Pushpa Kamal Dahal and other top leaders of various parties signed the letter of commitment.

The Legislature-Parliament meeting has endorsed the report of a parliamentary special committee on second constituent assembly election study, investigation and recommendation.

Committee chairman Laxman Lal Karna, presenting the report at the meeting, said the report has suggested the government to adopt proper electoral system to make the future elections free and fair. The recommendations are made based on the study of parliamentary system of various countries across the globe.

The committee was formed on June 13, 2014 after the demand of the Maoist Centre and Madhes centric political parties. The second election of the Constituent Assembly was held on November 19, 2013.

The term of the committee was extended for twice.

Top leaders of the major political parties have remained divided over the contents of the Bill on National Medical Education that is under consideration in the Parliament.

At a meeting arranged by Speaker Onsari Ghartimagar prior to today's House meeting, the bill was not included in the business of the House meeting after the parties' failure to reach a conclusion.

The bill is sure to be deserted as the tenure of the House is expiring in two days and the formal meeting of the Legislature-Parliament is most likely to end by today itself.

A meeting of the Council of Ministers has decided to allocate the responsibility of deciding the purchasing price of the detailed project report (DPR) of Nijgadh-Kathmandu fast track project prepared by Indian Company IL&FS to the Directive Committee after studying the report's utility.

The construction of much-awaited Kathmandu-Tarai (Madhes) Fast Track Road Project was handed to the Nepalese Army through the Cabinet decision on May 4, 2017. The deadline for completing the project is four years from that time.

The NA has formed a high level project implementation directive committee under the convenorship of NA lieutenant general Purna Chandra Thapa where representatives of Ministries of Finance; and Physical Infrastructure and Transport are the members.

Minister for Finance Gyanendra Bahadur Karki shared that the Cabinet meeting decided to allocate the responsibility of fixing price of the DPR to the committee.

Prime Minister Deuba recently instructed the Minister for Physical Infrastructure and Transport, Chief Secretary, Army Chief and the authorities concerned to take a final decision regarding fast track's DPR and speed up the construction.

Nepal conceded an 83-run defeat to Hong Kong in the first match today under the ICC World League Cricket Championship underway in Hong Kong.

Chasing the 195 runs target posted by Hong Kong, Nepal made only 111 runs in 34.5 overs at the loss of all wickets.

Prime Minister Sher Bahadur Deuba has instructed the Nepal Police to get ready for management of security arrangements for the nearing elections to the House of Representatives and State Assemblies. The twin elections have been slated for November 26 and December 7 in two rounds.

In his address to a special programme organised at the Nepal Police headquarters today, marking the 62nd police day today, the prime minister applauded the Nepal Police for its role in making the recent local level elections successful. He hoped the same sort of support and cooperation from it in the upcoming polls also.

He took the time to direct the police administration to be more active to keep the society safe through the closeness between the police and civic.

Also speaking on the occasion, Home Minister Janardan Sharma said the government is preparing to announce further relief packages for the families of those attaining martyrdom and left injured in the line of duty.

As shared by the Home Minister on the occasion, he had brought an 84-point road map for the reform in home administration by depoliticising it and works were going on accordingly.

Inspector General of Police Prakash Aryal expressed his views that the police day that is celebrated in commemoration of it gaining the legal recognition would inspire the entire police force to become more responsible towards the nation and people.

काठमाडौं ।

नेकपा एमालेको सुर्य चुनाव चिन्हमा चुनाव लड्ने पार्टी निर्णयको बिरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।

माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका हुन् ।

हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै रहिरहेर दिन सक्ने अवस्था नभएको भन्दै उनले आफू सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेको बताए ।

विष्टले पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्ण जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको लगाएकोे आफू पार्टीमा बस्न नसकेको बताए ।

यस्तै पछिल्लो समय एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई आफ्नो पार्टी परितयागको सहायक कारण भएको विष्टले बताए ।