रामचन्द्र पौडेललाई आचार संहिता मान्ने हस्ताक्षर गर्न लगाएर देउवाले उल्लंघन गरे

अशोज २७, २०७४ मा प्रकाशित | 889 views

काठमाडौं ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्र्ने प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार हस्ताक्षर गरे । तर दुखको कुरा उनकै पार्टी सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने हस्ताक्षर लगत्तै उल्लंघन गर्दै मन्त्रीपरिषद विस्तार गरेका छन् ।

अझ लाजमर्दो विषय के भने उक्त हस्ताक्षर कार्यक्रममा देउवा आफैं उपस्थित समेत थिए ।

प्रतिनिधिसभा सभा र प्रदेशसभा सदस्य निर्वाचन र आचार संहिता पालना बारेमा राजनीतिक दलसँग आयोगले आज गरेको छलफलमा दलका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपाका नेता बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका नेता प्रेम सुवाललगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web