६४ जना मन्त्री बनाएका देउवाले संसदमा सोधे-‘प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने’

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताउनुभएको छ ।

व्यवस्थापिका संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो संविधान आफै बनाउने २००७ सालदेखि राखेको सपना पूरा गरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभएको हो ।

संविधान जारीपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भएको जनाउँदै मधेसी समुदायको माग सम्बोधन गर्न पेस भएको संविधान संशोधन प्रस्ताव पेस हुन नसकेपनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनु उपलब्धि भएको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा लगायत सम्पूर्ण तयारी पूरा भएको अवगत गराउँदै आगामी दिनमा संविधानभित्र रहेका असन्तुष्टिलाई सम्बोधन गर्न आफ्नो प्रयास रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लम्किनेछ, त्यसैले झिना मिना विषयमा विवाद नगर्न म आग्रह गर्दछु ।’

मन्त्रीपरिषद् विस्तारका सम्बन्धमा स्पष्ट पार्दै उहाँले जवाफ दिनुभयो, ‘संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख छैन, प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ? निर्वाचन आयोगले पनि मन्त्रीपरिषद्को विस्तारले निर्वाचनलाई कुनै असर नपर्ने जनाइसकेको छ र राष्ट्रपतिले पनि यसमा संवैधानिक भूमिका निर्वाह गर्नुभएको छ, उहाँ कसैले उचाल्दैमा उचालिनुहुन्नँ ।’

उहाँले राष्ट्रियता र प्रजातन्त्रका विषयमा काँग्रेसले कसैसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट गर्दै भन्नुभयो, ‘सबैभन्दा बढी देशभक्त हामी हौँ ।’

संविधान जारी गर्ने सहमतीय राजनीतिक दायित्व पूरा गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गर्ने विपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, पुष्पलाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायतका नेतालाई स्मरण गर्दै उहाँले संविधानमा बहुवादमा आधारित लोकतन्त्र, समाजवाद, समानुपातिक समावेशिताका विषय समावेश भएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकी ऐनलाई समयानुकूल बनाउने देवानी संहितालगायत छवटा विधेयक संसद्बाट पारित हुनु युगान्तकारी परिवर्तन हो भन्दै हो भन्नुभयो ।

‘NRNA Right time for investment in Nepal’

President Bidya Devi Bhandari has urged the non-resident Nepalis to invest in their motherland.

Inaugurating the 8th international convention of the Non-Resident Nepalis Association (NRNA) today, President said the time is ripe to invest in Nepal. She further said there is favourable atmosphere for investment in tourism, hydropower, education, health and infrastructure in Nepal."

Stating that Nepalis abroad can take pride in Nepal's prosperity, the President also lauded the role played by the NRNA in the post-earthquake and landslide relief, rescue and reconstruction work in the country.

On the occasion, Deputy Prime Minister Krishna Bahadur Mahara said a special role of NRNA was expected in the development of Nepal. The convention will elect a new leadership for the Association.

Bhuvan Bhatta, Jamuna Gurung and TB Karki are in the fray for the post of president in the convention that will end on October 17.

CPN (Maoist Centre) continues to back Deuba-led govt

CPN (Maoist Centre) has decided not to drop its support to the Deuba-led government and not to recall its ministers.

A meeting of the party's secretariat held at the residence of party Chairman Pushpa Kamal Dahal 'Prachanda' concluded that the incumbent government was constituted to hold the elections and implement the constitution, and the party should not deviate from the twin responsibilities.

After the meeting, Maoist Centre's spokesperson Pampha Bhusal said that party cannot withdraw itself from shouldering the national responsibility.

The meeting also concluded that the appointment of deputy prime minister, ministers and state ministers by the Prime Minister just ahead of elections was violation of election code of conduct.

Two killed, one injured in knife attack in Bajura

Two youths were killed and another injured from a knife attack at Triveni Municiplaity-8 in the district today.

The deceased are Naule Giri-27, and Arjun Giri-32, while injured one is Naresh Giri of the same place.

Police have stated that the injured Giri has been rushed to Budhiganga Municipality based Badimaikalika polyclinic for treatment.

According to police, the incident took place over a minor dispute of land property.

Legislature Parliament last meeting

The tenure of the present legislature parliament will be terminated from mid night today.

The 601-member second Constituent Assembly constituted on November 19, 2013 transformed itself into Legislature-Parliament after the promulgation of the constitution on September 20, 2015.

Prime Minister Sher Bahadur Deuba and top leaders of various political parties have addressed the last session of legislature parliament today.

Addressing the parliament today Prime Minister and Nepali  Congress President Sher Bahadur Deuba has said everyone's focus  now should be centered on economic development and prosperity after the constitution promulgation and completion of elections.

CPN UML Chairman KP  Sharma Oli has accused the Prime Min.ister of breaching the code of Conduct expanding the cabinet.

He said UML will support the incumbent government to conduct elections.

CPN Maoist Center Chairman Puspa Kamala Dhal Prachanda has said the peace process has been successful with the promulgation of constitution from people's elected Constituent Assembly.

Deputy Prime Minister and RPP Chairman Kamal   Thapa,  Rastriya Janata Party leader Mahendra Yadav and  Nepal Democratic Forum Dr Subodh Pokhrel among others have addressed the last parliament session today

राष्ट्रपति-अयोधि भेटपछि यसरी तोकियो शितल निवासमा ७ बजे कमल थापाको मन्त्री सपथ

काठमाडौं ।

निर्वाचन आचारसंहिता मिच्दै सत्ता टिकाउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले थपेका ८ मन्त्रीको शपथ साँझ ७ बजे हुने भएको छ ।

६४ सदस्यीय मन्त्री बनाउँदै कमल थापालाई उपप्रधानमन्त्री सहित उनको पार्टी राप्रपाबाट हिजोमात्र ४ मन्त्री र ४ राज्यमन्त्री थप्ने निर्णय देउवाले गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज साँझ ७ बजे राष्ट्रपति भवन शितल निवासमा हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' बाट मन्त्री बनेकाहरुलाई साँझ ७ बजे राष्ट्रपति विद्या भण्डारीले शपथ खुवाउने कार्यक्रम तय भएको प्रधानमन्त्रीको कार्यालय श्रोतले जानकारी दिएको छ ।

नेपाली काँग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित चार मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार मन्त्रीहरु थपिएपछि मन्त्रिपरिषद् सदस्य संख्या ६४ पुगेको छ । यो इतिहासकै सबैभन्दा ुजम्बोु मन्त्रिपरिषद् हो । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भइरहेको बेला मन्त्रिपरिषद् विस्तार गरेको भन्दै बिरोध जनाईसकेको छ ।

जनस्तरबाट समेत व्यापक बिरोध भएपछि देउवाले भने लगातार मन्त्री थप्दै आइरहेका छन् ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीसंग निर्वाचन आयोगका पदाधिकारीहरुले अहिले आज भेटघाट गर्नु भएको छ ।

काठमाडौं महाराजगंज स्थित राष्ट्रपतिको शितल निवासमा गइ प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादव सहितको पदाधिकारी टिमले भेटघाट गरेको हो ।

भेटघाटका क्रममा आगामी निर्वाचनको तयारीवारेमा छलफल भएको थियो । साथै प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रीपरिषद विस्तारको बारेमा छलफल भएको र प्रतिकुल अवस्था रहेको बताउँदै देउवा सरकार संकटमा रहेकाले मन्त्री परिषद विस्तार रोकिंदिंदा सरकार आसन्न निर्वाचन गर्नतिर नलाग्ने ठहर गर्दै निर्वाचन सम्पन्न पार्नको लागि पनि मन्त्री परिषद विस्तारको नैतिक बिरोध गरेर मन्त्रीहरुलाई समथ खुवाउने सहमती भएको श्रोतले जानकारी दिएको छ ।

माओवादीद्धारा देउवालाई दिएको समर्थन र मन्त्री फिर्ता नबोलाउने निर्णय

काठमाडौं ।

प्रतिपक्षिदल नेकपा एमालेसँग निर्वाचनको लागि गठबन्धन गरेपछि सरकारमा रहन नैतिक संकट परेको बताईदै आएको नेकपा माओवादी केन्द्रले सरकारमा रहेका मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय शीर्ष नेता सहभागी बैठकबाट गरेको हो ।

देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।

प्रधानमन्त्री देउवाले एमाले माओवादीले वाम गठबन्धन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' लाई सरकारमा सहभागी गराउने निर्णय गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बसेको माओवादी शीर्ष नेताको बैठकले सरकार नछोड्ने निर्णय गरेको हो ।

बैठकमा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव, पछिल्लो राजनीतिक घटनाक्रम र वाम एकताका विषयमा समेत छलफल भएको छ। पार्टी निर्णय बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरमा प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै छन् ।

सवैको आशा विवेकशिल साझा ! रवीन्द्र मिश्रद्धारा चुनावी अभियान सुरु, चुनाव चिन्ह तराजु

काठमाडौं ।

'परिवर्तन सम्भव छ हाम्रै पालामा' भन्ने मुल नाराका साथ वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको विवेकशिल साझा पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान पार्टी संयोजक रविन्द्र मिश्रबाट सुरुवात गरेको छ ।

विवेकशिल साझा पार्टी संयोजक रविन्द्र मिश्रले आज काठमाडौं क्षेत्र नम्वर १ बाट चुनावी अभियान सुरु गर्नुभएको हो ।

काठमाडौं क्षेत्र नम्वर १ बाट संघीय प्रतिनिधिसभाको सदस्य उम्मेद्धार बन्नुभएका मिश्रले चुनावी अभियानसँगै निर्वाचीत भएपछि पाउने सम्पूर्ण तलब आफ्नो निर्वाचन क्षेत्रको परोपकारी काममा खर्च गर्ने निर्णय समेत गर्नुभएको छ ।

पवित्रदेवी रायमाझीको हातबाट टिका लगाएर चुनावी अभियान सुरु गर्नुभएका मिश्रको विवेकशिल साझा पार्टीको चुनाव चिन्ह तराजु रहेको छ ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट उम्मेद्धार उठाउने निर्णय गरेको साझा पार्टीले देशभरका मुख्य शहर तथा सम्भव भएसम्म सबै जिल्लाबाट आफ्नो उम्मेद्धार उठाउने गृहकार्य गरिरहेको छ । विभिन्न जिल्लाको उम्मेद्धार समेत तय गरेको पार्टीले चुनावी नाराको रुपमा अवको आशा विवेकशिल साझा घोषणा गरेको छ ।

विवेकशिल साझा पार्टीले आसन्न प्रदेशसभा तथा संघिय निर्वाचन मार्फत यस पटक राष्टिय पार्टी, अर्को पटक देशको नेतृत्व सम्हाल्ने लक्ष्य बनाएको छ ।

उम्मेद्धारी घोषणासँगै रविन्द्रमिश्रद्धारा जारी विज्ञप्ति यस्तो छ

रवीन्द्र मिश्रको चुनावी अभियान शुरू: निर्वाचित भए तलब सोही क्षेत्रलाई (प्रेस विज्ञप्ति: प्रकाशन, प्रशारण र सक्दो श्यर गरिदिन विशेष आग्रह सहित)

— निर्वाचित भएको खण्डमा सांसदले पाउने तलब क्षेत्र नं १ कै संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने प्रतिवद्धता

— ‘खान पुगोस्, दिन पुगोस्’ आामासँग आशिर्वाद लिँदै चुनावी अभियान शुरु

मैले १३ असोज २०६७ सालमा पवित्रदेवी रायमाझीको बारेमा मेरो पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ मा संग्रहित स्तंभ-निबन्धमा यस्तो लेखेको थिएँ:

“मेरो एकजना साथीकी आमा छिन्, पवित्रदेवी रायमाझी। उनको दिनचर्या उनको नाम जत्तिकै पवित्र रहन्छ। प्रेम, उदारता, स्वच्छता र भक्तिभाव उनका विशिष्ट गुण हुन्। दिनभरीको प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझ-विहान भगवानको पुजा-अर्चना गरेर त्यसलाई पखान्न खोज्नेहरुको भिडमा पवित्रदेवीको घरमा प्रवेश गर्दा मलाई आफूभित्रका तूषहरू एकैछिनका लागि भएपनि मेटिएको आभाष हुन्छ।… ‘ब्यावहारीक कल्याण’ या हरेक व्यक्तिले आफ्नो गक्ष अनुसार सकेको कल्याणकारी कामहरु गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्दथ्यो भन्ने मेरो विश्वास रहिआएको छ। त्यसैले ‘ब्यावहारीक कल्याण’ का कुरा म मौका पाउने वित्तिकै गरिहाल्छु। गफगाफको सिलसिलामा एकदिन पवित्रदेवीका छोरा तथा मेरा आत्मीय मित्र श्रीरामले मलाई भने, मेरी आमाले दशैंमा आशिर्वाद दिँदा सधैं भन्नु हुन्छ – “खान पुगोस्, दिन पुगोस्!” पवित्रदेवीका ती पवित्र चार शब्द मेरो जिवनमा ‘ब्यबहारीक कल्याण’ को मेरो विश्वासलाई भत्किन नदिने प्रेरणादायी शब्दहरूका रुपमा अंकीत भएका छन्।”

आज, उनै पवित्रदेवीको काठमाडौं क्षेत्र नम्बर एकमा पर्ने बानेश्वरस्थित घरमा शुभेच्छुकहरूसँग गएर उनको आशिर्वाद लिँदै मैले आफ्नो चुनावी प्रचार-प्रसार अभियानको थालनी गरेँ। उनले मलाई आशिर्वाद दिंदै भनिन्, "बाबुको सतप्रयास सफल होस्, यो देश राम्रो होस्।"

‘खान पुगोस्, दिन पुगोस्’को उनको सदविचार र आशिर्वादबाट प्रेरित भएको र भाग्यको कृपाले खान-बस्न र अलिकति दिन पुगेका कारण मैले काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधि सभाको सदस्य निर्वाचित भएको खण्डमा आफूले पाउने तलब सोही क्षेत्रका संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने निधो गरेको छु।

तपाईंको शुभाशीष सदा लागि रहोस्!

रवीन्द्र मिश्र

उमेदवार, काठमाडौं क्षेत्र नम्बर १

संयोजक, विवेकशील साझा पार्टी

चुनाव चिन्हः तराजु

तिहार नजिकिएसँगै फूलको व्यापार बढ्यो, जापान, अमेरिका देखी खाडीदेशमा निर्यात

काठमाडौं । तिहार नजिकिदै गएपछि देशभर फूलको कारोबार बढेको छ । तिहारको कारण फूलको कारोबार र माग बढेको व्यवसायीहरुले बताएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष पुलको माग बढेका कारण फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ ।

यस वर्ष उपभोक्ताले एउटा मालाको ६० देखि रु ७० सम्म तिर्नु पर्ने देखिन्छ । गत वर्ष  ५० देखि रु ६० सम्ममा माला किनमेल भएको फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ ।

यस वर्ष फूलको उत्पादनमा कम भएकाले तिहारका लागि ३ लाख माला आयात गर्नु परेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले देशभित्रै ९० प्रतिशत फूल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका तिहारमा १८ प्रतिशतसम्म फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

जापान, कोरिया, अमेरिका, बेलायत देखी अस्टे«लिया, मलेसिया लगायतका देशमा नेपालीको बसोबास रहेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ ।

नेपालमा व्यावसायिक रूपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल रोप्ने गरिन्छ ।

दाइको हत्या गर्ने भाइ १७ वर्षपछि पक्राउ

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय सल्यानले कर्तव्य ज्यानको आरोपमा फरार एक व्यक्तिलाई १७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन स्यानीखाल गाविस ९ घर भई हाल तुलसीपुर उप महानगरपालिका १ छोटे निवासी  बिजुले भन्ने विजय गोसाई रहेका छन् ।

२०५७ कात्तिक १४ गते सामन्य विवाद हुँदा आफ्नै दाई हरेराम गोसाइमाथि बिजयले हसियाँ प्रहार गरेका थिए । गम्भीर घाइते भएका दाइको केही समयपछि उपचारका क्रममा मृत्यु भएको थियो  ।

प्रतिनिधि सभा सांसदलाई २५ लाख प्रदेशसभा सदस्यलाई १५ लाख खर्च

काठमाडौं । निर्वाचन आयोगको आज बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा १५ लाख खर्च गर्न सक्ने सीमा निर्धारण गरेको छ ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपैंयासम्म खर्च गर्न सक्नेछ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार १ लाख ५० हजार रुपैंयासम्म खर्च गर्न सक्नेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन तर्फ मतदाता नामावली खरिद, सवारी साधान, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा विधेयक पारित

काठमाडौं । व्यवस्थापिका संसद्को आजको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।

विधेयकमा सांसद्हरु डिल्लीप्रसाद काफ्ले र मीना पुनले राख्नुभएको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्विकृत गरेको छ ।

बैठकले ‘भाषा आयोग विधेयक, २०७४’ लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले पेश गर्नुभएको बिधेयकमाथि काप्mले धनीराम पौडेल लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ काभ्रेपलान्चोकले संशोधन प्रस्ताब राख्नु भयो ।

सभामुखले संसद्को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहनुभएका सांसद्हरुको नामावलीसम्बन्धी सूचना पढेर सुनाउनुभयो ।

बैठकमा अनुपस्थित रहनुभएका सांसद्हरुमा कुमार सुब्बा  ३१ बैठक, दुर्गा पौडेल २८, डा बाबुराम पोखरेल २७ र सूर्यकुमार शिवाकोटी १९ लगायत हुनुहुन्छ ।

बर्तमान सससद्को 'अन्तिम' बैठक भोलि अपरान्ह बस्नेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web