चिट चोरेर एमबीबीएस डाक्टर, चोर्ने र चोराउने अत्याधुनिक प्रविधि सहित पक्राउ

काठमाडौं ।

डाक्टर पढ्ने एमबीबीएस जस्तो संवेदनशिल प्रवेश परीक्षामा समेत चिट चोरेर उत्तिर्ण हुनेगरेको पाइएको छ ।

यसरी चिट पनि पुरातन प्रविधि नभई आधुनिक प्रविधिको वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भाइवर मार्फत प्रश्नपत्र आउट गर्ने र विद्यार्थीलाई वायरलेस डिभाइस मार्फत चिट चोराउने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजिवकुमार सिंह, सिखा झा, राहुल झा, सक्षमराज भण्डारी, मुकेशकुमार यादव, आशुतोष कुमार झा लगायत छन्। स्रोतका अनुसार सिखा झा र राहुल झाले प्रति विद्यार्थी १५र १५ लाख लिएर प्रश्नपत्र आउट गराउँदै प्रविधि मार्फत चिट चोराउने धन्दा सञ्चालन गरेका हुन्। पक्राउ पछि प्रारम्भिक अनुसन्धान थालिएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

स्रोतका अनुसार गिरोहले परीक्षा सुरु हुनु भन्दा अघि भाइवर मार्फत प्रश्नपत्र आउट गर्ने गरेको देखिएको छ। चिट चोराएर पास गराउने भन्दै रकम लिएका विद्यार्थीको कानमा विशेष प्राकारको वायरलेस डिभाइस राखेर बाहिरबाट उनीहरुले उत्तर टिपाउने गर्थे ।

ओस्कारबाट निर्माता वाइनस्टिन निकाला, एन्जेलिना देखी १० अभिनेत्रीमाथि यौन दुर्व्यवहार

एजेन्सी ।

ओस्कार कमिटिले अहिलेसम्मकै ठूलो निर्णय र कारवाही गर्दै निर्माता वाइनस्टिनलाई कमिटिबाट निकाला गरेको छ ।

यौन दुर्व्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई ओस्कार कमिटिबाट निकाला गरिएको हो । द एकेडेमी अफ मोसन पिक्टर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएको हो । कमिटिले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो ।

कमिटिमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् । वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् ।

ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ भन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् ।

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिवुड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ । ६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ ।

कमल थापाले शपथ खाए, राप्रपाका ८ मन्त्री थपिएपछि देउवाका मन्त्री ६४ जना

काठमाडौं ।

आवश्यकता भन्दापनि सरकार बचाउन र प्रधानमन्त्रीमा रहिरहनकै लागि शेरबहादुर देउवाले थपेका कमल थापा सहित उनको पार्टी राप्रपाका ८ मन्त्रीले शपथ खाएका छन् ।

मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने निर्वाचन आयोगको रायपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीलाई शपथ खुवाएकी हुन् ।

शुक्रबार साँझ शीतल निवासमा आयोजित समारोहमा राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्रीको सपथ थिए । सपथपछि राष्ट्रपति भण्डारीले उपपप्रधानमन्त्री थापालाइ चुनाव राम्रोसँग सम्पन्न गर्न शुभकामना समेत दिइन् ।

लगतै मन्त्रीहरु जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले पनि सपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन ।

कमल थापा राप्रपाका ८ मन्त्री थपिएसँगै शेर बहादुर देउवाले बनाएको अहिलेसम्मकै नेपालको ठूलो मन्त्रीपरिषदको संख्या ६४ पुगेको छ ।

संविधानमा उल्लेख नभएको तर्क गर्दै मन्त्री थपिरहेका देउवाको सवत्र्र बिरोध भएपनि उनले बेवास्ता गर्दै सत्तामा बहुमत समर्थन देखाउन मन्त्री थप्न छाडेका छैनन् ।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

काठमाडौं ।

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ ।

पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ ।

सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ ।

नेपाल र हङकङबीचको दोश्रो खेल हुँदै, यस्तो छ नेपालको तयारी र अवस्था

काठमाडौं । आई सी सी विश्वकप लिग क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको दोश्रो खेल भोलि हङकङमा हुँदैछ ।

हङकङसँग हिजो भएको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।

राम्रो बलिङ्ग गर्दै नेपालले हङकङलाई १९४ रनमा रोक्न सफल भए पनि ब्याटिङ्गमा भने निकै कमजोर देखियो । नेपालका कुनै पनि ब्याट्स् म्यानहरुले खासै रन बनाउन सकेन्न् ।

नेपालले १५.१ ओभर खेल्न बाँकी छँदै १११ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

आई सी सी विश्वकप लिग क्रिकेट प्रतियोगिता अन्तर्गत हङकङसँगको खेलपछि नेपालले संयुक्त अरब ईमिरेट्स् यु ए ईसँग पनि २ वटा खेल खेल्ने छ ।

नेपालले यी सबै खेलमा पराजित भए पनि विश्वकप छनोटमा स्थान बनाउने मौका भने अभैm बाँकी रहने छ ।

केन्या र स्कटल्याण्ड तथा हङकङ र पपुवा न्यू गिनीबिचको खेलका निर्णयले पनि नेपालको विश्वकप छनोटमा सहभागिता हुने या नहुने निर्धारण गर्ने छ ।

जारी आई सी सी विश्वकप लिगबाट शीर्ष ४ राष्ट्रले आई सी सी विश्वकप छनोटमा स्थान बनाउने छन् ।

यसैगरी पाँचौंदेखि आठौंसम्मका राष्ट्रले पनि फेरि अन्तिम एक मौका पाउने छन् ।

जारी प्रतियोगिताबाट संयुक्त अरब ईमिरेट्स् यु ए ई र नामिबिया दोश्रो डिभिजनमा रेलिगेट भईसकेका छन् ।

यसैगरी ओमान र क्यानडा विजेता र उपविजेता हुँदै दोश्रो डिभिजनमा उक्लेका छन् ।

जारी प्रतियोगिताबाट छनोट हुन नसकेका ४ र भर्खरै दोश्रो डिभिजनमा उक्लेका यी दुई राष्ट्रबिच फेरि आई सी सी विश्वकप छनोटमा प्रवेशका लागि सन् २०१८ को प्रारम्भमा प्रतिस्पर्धा हुनेछ ।

यी ६ वटा राष्ट्र मध्येबाट दुई शीर्ष राष्ट्रले फेरि विश्वकप छनोटमा सहभागिताको मौका पाउने छन् ।

शेयर कारोबारमा न्युन सुधार

काठमाडौं । यो साताभर नेपाली धितोपत्र बजारको कारोबारमा खासै सुधार हुन सकेन । परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ ।

साताभर  धितोपत्र बजारमा १ अर्ब ७६ करोड ५९ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयरहरको कारेबार भएको छ ।

यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

खुकुरी र खँुडा प्रहारबाट २ को मृत्यु

बाजुरा । त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।

भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हँुदा खुकुरी प्रहार हुँदा भाइ गोरखका ३ छोराले खुकुरी, खँुडा र फलामको पाइपले हिर्काएपछि उनीहरुको मृत्यु भएको थियो ।

खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

निर्वाचन आयोगद्धारा सरकारलाई २७ बुँदे निर्देशन, राष्ट्रपतिसँग आयोग पदाधिकारीको भेट

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे  निर्देशन जारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले आयोगले जारी गरेको निर्देशन कार्यान्वयनका लागि मुख्य सचिव मार्फत् नेपाल सरकार समक्ष लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानहरूले उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीबाट सरकारी कामको सिलसिलामा सरकारी हेलिकप्टर तथा राजनीतिक कामका सिलसिलामा निजी हेलिकप्टर प्रयोग गर्नुपर्दा आयोगको पूर्व स्वीकृति लिन र प्रधानमन्त्री तथा मन्त्रीको प्रमुख आतिथ्यता नहुने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई भनेको छ ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा बिजुली, धारा, डाँक, टेलिफोन तथा इन्टरनेट सेवा निर्वाध उपलब्ध गराउन, सार्वजनिक सञ्चारका माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ्ग नेपाल, राष्ट्रिय समाचार समिति लगायतले निर्वाचन सम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिसँग आयोगका पदाधिकारीहरूको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज राष्ट्रपति कार्यालय, शीतलनिवासमा भेट गर्नुभएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले राजनीतिक वातावरण आफ्नो हिसाबले चलायमान हुने हुँदा त्यसमा नअल्मलिई निर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।

राष्ट्रपतिले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गरी आयोगको संवैधानिक दायित्व निर्वाह गर्न सुझाव दिनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचनको मिति प्रभावित हुने काम नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघट लगायतका कारणबाट निर्वाचनको मिति प्रभावित नगर्न–नगराउन सम्वद्ध सबैमा पुनः आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सरकार, राजनीतिक दलहरू लगायत सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्षलगायत शीर्षस्थ नेताहरूले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउन गर्नुभएको प्रतिबद्धताप्रति आयोगले खुसी प्रकट गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सांसदको आयु सकियो, संसदको अवधि समाप्त

काठमाडौं ।

२०७० साल मंसीर ४ गते सम्पन्न निर्वाचनबाट स्थापित भई जारी भएपछि व्यवस्थापिका संसदमा रुपान्तरित संसदको अवधि आज मध्य रातिबाट सकिएको छ ।

प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको नामावली पठाउनु एक दिनअघि संसदको अवधि सकिने संवैधानिक व्यवस्था अनुरुप आज संसदको अवधि सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

समापन बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि अब सबैको ध्यान आर्थिक अभियान र समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस सविधानमा रहेको जनताको असन्तुष्टि मेटाउन सधै लागि रहने बताए ।

उनले सरकार विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको जिकिर गर्दै निर्वाचन आचार संहिता पालनामा सरकार प्रतिबद्ध रहेको तर्क गरे ।

नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले प्रधानमन्त्रीले निर्वाचन आयोगमा आचारसंहिता पालना गर्छु भन्ने हस्ताक्षर गरेको केही समयमै सरकार विस्तार गरेर आचार संहिताको उलङन गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले  निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्ने कार्यमा एमालेको सरकारलाई सधंै सहयोग रहने वताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल्ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताए ।

अध्यक्ष दाहलले अघिल्लो संविधानसभामा परिवर्तनकारीको बहुमत भएपनि संविधान जारी हुन नसकेको घटनाबाट चिन्तित र सचेत भएकाले संविधान जारीको बिन्दुमा मुलुक पुगेको बताए ।

अध्यक्ष दाहालले गरिब, उत्पीडित, जनजाति, मधेसी, थारु, मुस्लिम र महिलाको अधिकार संविधानमा सुनिश्चित गराउन हजारौँको बलिदान भएको तर सबै समुदायले चाहेजस्तो नभई सम्झौताको दस्तावेजका रुपमा संविधान आएको बताए ।

सभामुख ओनसरी घर्तीले रुपान्तरित व्यवस्थापिका संसदले विभिन्न उपलब्धि हासिल गरेको बिचार राखिन् ।

बैठकमा राष्ट्रिय जनता पार्टीका महेन्द्र राय यादवले आफूहरुको मागबमोजिम संशोधन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै पार्टीका बीचमा सहमतिका आधारमा संविधानको कार्यान्वयन र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।

नेपाल लोकतान्त्रिक फोरमका डा. सुवोध पोखरेलले संघीयताको सीमांकनका विषयमा आयोगमार्फत गर्र्ने गरी गरिएको भए आफ्नो दलले पनि संविधानमा सहमतिको हस्ताक्षर गर्ने थियो भन्ने तर्क राखेका थिए ।

प्रचण्डले भने-‘बाम एकता गर्दा ‘लौ, कम्युनिष्ट शासन आउने भो भनेर हल्ला भयो’ के-के बोले संसदमा ?

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले कम्युनिष्टहरु बीचको एकता कसैका विरुद्ध परिलक्षित नभएको स्पष्ट पार्नुभएको छ । शनिबार दिउँसो व्यवस्थापिका–संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बाम एकता जनताको आकांक्षा बमोजिम भएको र कसैका विरुद्ध नभएको स्पष्ट पार्नुभएको हो ।

‘लौ, कम्युनिष्टको शासन आउने भयो भनेर बजारमा बिडम्बनापूर्ण चर्चा भयो । जबकि यो गलत कुरा थियो ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘दुखको कुरा प्रधानमन्त्रीले पनि त्यो पत्याउनु भयो, यो साँचो कुरा होइन ।’ अध्यक्ष प्रचण्डले आफूहरु यही संविधान अन्तर्गत रहेर शान्तिपूर्ण तरिकाले अघि बढ्ने स्पष्ट पार्नुभयो । ‘नेपाली जनता, सरकार र अन्तर्राष्ट्रिय जगतले समेत यसलाई अतिरञ्जित तरिकाले नबुझ्न अनुरोध गर्दछौं’ .प्रचण्डले भन्नुभयो, ‘हामीहरु शान्तिपूर्ण तरिकाले नै अघि बढ्ने हो । कम्युनिष्ट भएको नाताले एउटै केन्द्रको प्रयास गर्नु गलत होइन, यो बाम जनमतको आकांक्षा पनि हो ।’

प्रचण्डले थप्नुभयो, ‘अहिले वाम एकताको कुरा चलेको छ । मैले त्यसको घोषणा हुनुअघि पनि प्रधानमन्त्रीलाई यो कसैप्रति लक्षित छैन भनेर भनेको हो । अहिले बजारमा आएको चर्चा दुखद छ । कम्युनिष्टको शासन आइहाल्यो भनेर प्रचार गर्नु बिडम्बना हो । हामीले यो संसदीय प्रणालीलाई नै स्वीकार गरेका छौं । हामीलाई कुनै खालको अधिनायकवाद स्वीकार्य छैन, अहिल्यै साम्यवाद आउने कुरा पनि होइन । कसैले अनावश्यक शंका र प्रचार गर्नु आवश्यक पनि छैन ।’

‘हामीले सेना समायोजन र हतियार व्यवस्थापन जस्ता अत्यन्तै चुनौतिपूर्ण जिम्मेवारी पुरा गरेका छौं । सामान्य नेताले सक्ने कुरा थिएन सेना समायोजन र हतियार व्यवस्थापन । पार्टी विभाजनको जोखिम मोलेर भएपनि यस्तो साहस गर्ने कुरा चानचुने कुरा थिएन । विश्वमा नै यस्तो कहीँ देखिन्न । त्यसैले अहिले यही संविधान अन्तर्गत शान्तिपूर्ण रुपमा विचार मिल्ने कम्युनिष्टहरु एक ठाउँ देखिँदा कोही झस्किनुपर्ने कारण छैन ।

अहिले यो सदनमा समेत जुन विचार व्यक्त भए, त्यसरी डराउनुपर्ने कारण छैन । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन, समृद्धिका लागि सबैसँग एक भएर जानेमा हामी जिम्मेवार छौं’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

संसदमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी कम्युनिष्ट भएका नाताले देशलाई सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने कुरा स्वभाविक हो । यसलाई राजनीतिक ढंगले हेर्न कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु । यो एकताको कुरा हामीले दश वर्षदेखि मेहेनत गरेको हो । अहिले एक कदम अगाडि बढेका छौं । तर, यो देशमा राजनीतिक अस्थिरता पैदा गर्ने कुरासँग सम्बन्धित छ, सरकार ढाल्ने र अर्को सरकार बनाउने कुरासँग यो सम्बन्धित छैन । यो सरकारविरुद्ध परिलक्षित होइन । यो एकता प्रक्रियाले सरकारका विरुद्ध होइन, बरु सरकारले निर्वाचनको जिम्मेवारी निर्वाह गरोस् भनेर एकताको सहमतिको घोषणाको बेला भनिएको छ ।’

‘हामी देश र जनताको हितका पक्षमा सहकार्य गर्न जहिले र जोसुकैसँग पनि तयार छौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाली कांग्रेस लगायतका शक्तिसँग मिलेर देशको हित हुन्छ भने हामी त्यसमा पनि सहकार्य गर्छौं । यो लुकिछिपी, बेइमानी र षडयन्त्रको कुरा होइन । जति जिम्मेवारी बोध र लचकता माओवादी प्रस्तुत भएको छ, त्यो सिंगो देशका अगाडि छ ।’

अध्यक्षले भन्नुभयो, ‘हामी संविधानसभाबाट संविधान घोषणा गरेर त्यसको कार्यान्वयनको प्रक्रिया अन्तर्गत रुपान्तरित संसदको अन्तिम बैठकमा छौं । त्यस अर्थमा आजको दिन सबै माननीय संसद, संसदमा सहभागी राजनीतिक दल र यो प्रक्रियामा नेतृत्व गर्ने सम्मानीय सभामुख, सचिवालय र कर्मचारीको निम्ति खुसी र गर्वको दिन हो । अघिल्लोपटक संविधानसभाबाट संविधान नबनाई भंग भएको तीतो अनुभव हामी सबैले अनुभव गरेको स्थिति हो । यसपटक संविधान घोषणा गरेर कार्यान्वयनमा अघि बढेर प्रदेश र केन्द्रको निर्वाचनका लागि मनोनयनको प्रक्रियामा आइपुगेका छौं । यस अर्थमा हामी सबैले खुसी र गर्वको अनुभूति गरेका छौं ।

यसपटक विगतको जस्तो तीतो यथार्थ अनुभूति गर्नु परेन । इतिहास दोहोरिएन । त्यस अर्थमा हामी एउटा सफलताको अनुभूति गरेका छौं । सात साल वरिपरिबाट उठेको नेपाली जनताको ठूलो बलिदानपछि निर्माण भएको यो संविधान जारी गर्न सफल भएकोमा गर्वको अनुभुति गरेका छौं ।’

‘संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर सबै भन्दा बढी संघर्ष र बलिदान गरेको पार्टी भएर पनि अघिल्लो संविधानसभाबाट संविधान नबन्दा हामी धेरै चिन्तित थियौं । कतै दोश्रोबाट पनि नबन्ने त होइन रु भनेर हामी चिन्तित थियौं । सर्वाधिक ठूलो विद्रोहको नेतृत्व गरेर शान्ति प्रक्रियामा आएको नाताले दोश्रो संविधानसभा पनि असफल त हुँदैन भन्नेमा हामी सबैभन्दा बढी चिन्तित थियौं र मेहनत गर्न सचेत पनि’, अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘अर्कोतर्फ संविधान बन्ने कुराको सिधा सम्बन्ध शान्ति प्रक्रियासँग थियो ।

यो नेपाली राजनीतिक घटनाक्रमको मौलिक विशेषता पनि हो । ठूलो विद्रोह र शान्ति सम्झौता र योसँग जोडिएर आएको संविधानसभा र संविधान । यो नेपाली जनता र देशका लागि एउटा मौलिकता र विशिष्टता थियो । शान्ति प्रक्रियाको असफलता र संविधानसभाको सफलताको मात्र सफलताको कल्पना गर्नु गाह्रो थियो ।’

‘त्यस्तो बेलामा संविधान सभाबाट संविधान बनाउने कुरामा कुनै व्यवधान नरहोस् भनेर निकै ठूलो मूल्य चुकाएर, पार्टी विभाजन हुने मूल्यमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सेना समायोजन जस्तो जोखिम मोलेर पनि हामी अघि बढेका थियौं । त्यो जोखिम नलिएको भए संविधान बन्ने थिएन’, प्रचण्डले थप्नुभयो, ‘दोश्रो संविधान सभा बन्ने आधार पनि शान्ति प्रक्रियामा लिइएको निर्णयसँग प्रत्यक्ष रुपमा जोडिएको छ । त्यसले नै अर्कोे संविधान सभा र त्यसबाट संविधान निर्माणको बाटो प्रशस्त गरेको स्मरण गर्न चाहन्छौं ।

हामीले दोश्रोबाट पनि संविधान बन्दैन कि भनेर पर्याप्त लचकता अपनाउनुपर्ने बाध्यता, अर्कोतर्फ उत्पीडित जनताका माग पुरा हुँदैनन् कि भन्ने चिन्ता । यो दोहोरो चेपुवामा हामी थियौं । त्यसैले हाम्रो र अरु पार्टीले निकै जिम्मेवारीपूर्ण भूमिका खेल्यो र संविधान निर्माणको नेतृत्व लियो ।’

अयोधिको अस्पष्ट भाषा, सरकार हेरफेर वा मन्त्रिमण्डल थपघटबाट चुनाव प्रभावित नगराउ

काठमाडौं ।

यसअघि मन्त्रीमण्डल विस्तार गर्दा सरकारलाई निर्णय सच्याउन भनेका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधि प्रसाद यादवले यसपटक ६४ जना मन्त्री पुर्याएका प्रधानमन्त्रीलाई अष्पट भाषा प्रयोग गर्दै विज्ञप्ति निकालेका छन् ।

५६ जना मन्त्रीबाट बढाएर ६४ जना पुर्याएका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आफुले मन्त्री बढाउन पाउनुपर्ने भन्दै निर्वाचन आचार संहिता उल्लंघन नगरेको जिकिर गर्दै अँएका छन् ।

निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्न ÷नगराउन सम्वद्ध सबैमा पुनः आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउनसरकार, राजनीतिक दलहरू लगायत सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्षलगायत शीर्षस्थ नेताहरूले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ÷गराउन गर्नुभएको प्रतिबद्धताप्रति आयोगले खुशी प्रकट गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

६४ जना मन्त्री बनाएका देउवाले संसदमा सोधे-‘प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने’

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानभित्र रहेका असन्तुष्टिलाई आगामी दिनमा सम्बोधन गर्न पहल गर्ने बताउनुभएको छ ।

व्यवस्थापिका संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो संविधान आफै बनाउने २००७ सालदेखि राखेको सपना पूरा गरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभएको हो ।

संविधान जारीपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भएको जनाउँदै मधेसी समुदायको माग सम्बोधन गर्न पेस भएको संविधान संशोधन प्रस्ताव पेस हुन नसकेपनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनु उपलब्धि भएको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा लगायत सम्पूर्ण तयारी पूरा भएको अवगत गराउँदै आगामी दिनमा संविधानभित्र रहेका असन्तुष्टिलाई सम्बोधन गर्न आफ्नो प्रयास रहेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लम्किनेछ, त्यसैले झिना मिना विषयमा विवाद नगर्न म आग्रह गर्दछु ।’

मन्त्रीपरिषद् विस्तारका सम्बन्धमा स्पष्ट पार्दै उहाँले जवाफ दिनुभयो, ‘संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख छैन, प्रधानमन्त्रीले मन्त्री थप्न नमिल्ने ? निर्वाचन आयोगले पनि मन्त्रीपरिषद्को विस्तारले निर्वाचनलाई कुनै असर नपर्ने जनाइसकेको छ र राष्ट्रपतिले पनि यसमा संवैधानिक भूमिका निर्वाह गर्नुभएको छ, उहाँ कसैले उचाल्दैमा उचालिनुहुन्नँ ।’

उहाँले राष्ट्रियता र प्रजातन्त्रका विषयमा काँग्रेसले कसैसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट गर्दै भन्नुभयो, ‘सबैभन्दा बढी देशभक्त हामी हौँ ।’

संविधान जारी गर्ने सहमतीय राजनीतिक दायित्व पूरा गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गर्ने विपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, पुष्पलाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायतका नेतालाई स्मरण गर्दै उहाँले संविधानमा बहुवादमा आधारित लोकतन्त्र, समाजवाद, समानुपातिक समावेशिताका विषय समावेश भएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकी ऐनलाई समयानुकूल बनाउने देवानी संहितालगायत छवटा विधेयक संसद्बाट पारित हुनु युगान्तकारी परिवर्तन हो भन्दै हो भन्नुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web