
काठमाडौं । व्यवस्थापिका संसद्को आजको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।
विधेयकमा सांसद्हरु डिल्लीप्रसाद काफ्ले र मीना पुनले राख्नुभएको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्विकृत गरेको छ ।
बैठकले ‘भाषा आयोग विधेयक, २०७४’ लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले पेश गर्नुभएको बिधेयकमाथि काप्mले धनीराम पौडेल लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ काभ्रेपलान्चोकले संशोधन प्रस्ताब राख्नु भयो ।
सभामुखले संसद्को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहनुभएका सांसद्हरुको नामावलीसम्बन्धी सूचना पढेर सुनाउनुभयो ।
बैठकमा अनुपस्थित रहनुभएका सांसद्हरुमा कुमार सुब्बा ३१ बैठक, दुर्गा पौडेल २८, डा बाबुराम पोखरेल २७ र सूर्यकुमार शिवाकोटी १९ लगायत हुनुहुन्छ ।
बर्तमान सससद्को 'अन्तिम' बैठक भोलि अपरान्ह बस्नेछ ।