काठमाडौं ।

आफैं कानुन पालना कर्ता रहेर आफैं सविंधान उल्लंघन अनि निर्वाचन आचारसंहिताको उल्लंघन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले आज फेरी ८ नयाँ मन्त्री थपेका छन् ।

सरकार टिकाउनकै लागि नेपाली काँग्रेसका सभापती समेत रहेका शेरबहादुर देउवाले गाई पार्टी राप्रपा कमल थापाका ८ मन्त्री थपेका हुन् ।

नयाँ मन्त्रीमण्डलमा राप्रपा अध्यक्ष रहेका कमल थापा उपप्रधानमन्त्री नियुक्त भएका छन् । तर उनले मन्त्रालय पाएका छैनन् ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विना विभागीय मन्त्री नियुक्त हुनुभएको छ ।

यस्तै कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय हाल तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको र सपथ भोलि हुने बताइएको छ ।

यसअघि समेत निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मन्त्रीपरिषद गठन गरेपछि निर्णय सच्याउन निर्वाचन आयोगले भनेपनि देउवाले अटेर गर्दै मन्त्री थपेपछि राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर मात्रै निर्णय लिने ठानिएको छ ।

सत्ता टिकाउनकै लागि साना दल बटुल्दै मन्त्री थपेका देउवाको मन्त्री परिषद अहिलेनै ५६ सदस्यीय छ ।

19.12¡ÆC