वाम गठबन्धनबाट बाहिरिने बाबुरामको चेतावनी,बालकोटबाट रिसाएर फर्किए

अशोज २६, २०७४ मा प्रकाशित | 1025 views

काठमाडौं । नयाँशक्ति पार्टीले वाम गठबन्धनबाट अलग्गिने चेतावनी दिएको छ । केपी ओली र डा. बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि नयाँशक्तिले यस्तो चेतावनी दिएको हो ।

बुधबार बालकोटस्थित केपी ओलीको निवासमा छलफलका लागि पुगेका डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो । तर, ओलीले ‘बडो गाह्रो भयो’ भन्दै भट्टराईको माग पूरा नहुने आशय व्यक्त गरेपछि उनी रिसाएर फर्केका हुन् ।

एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । बालकोटबाट चित्त दुखाएर फर्केका डा. भट्टराईले दिउँसो १२ बजेतिर बबरमहलस्थित आफ्नो कार्यालयमा नयाँशक्ति पार्टीका नेताहरुको बैठक डाकेका थिए ।

सो बैठकमा उनले नयाँशक्ति पार्टीलाई सम्मानजनक स्थान दिनका लागि एमाले र माओवादीका नेताहरु अन्कनाइरहेको र आफूहरुलाई अपमानित गर्न खोजेको रिपोर्टिंग समेत गरेका थिए । बैठकका क्रममा केही नेताले १५ सीटभन्दा कम लिएर सहमति गरिएमा विभिन्न जिल्लामा स्वतन्त्र एवं बागी उम्मेद्वार उठाउने चेनावतीसमेत पार्टी नेतृत्वलाई दिएका छन् ।

बैठकमा केही नेताले ओली र प्रचण्डबाट अपमानित भएर बस्नुभन्दा वाम गठबन्धन तोडेर नेपाली कांग्रेस वा मधेसवादी दलसँग चुनावी तालमेल गर्नुपर्ने सुझावसमेत दिएका छन् । नयाँशक्तिका एक नेताले भने, हामी भोलसिम्म बाटो हेर्छौं, भएन भने यो गठबन्धनबाट हट्न पनि सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web