कोटेश्वर–कलंकी सडक खण्ड, ४ वर्षमा बल्ल आधा काम

अशोज २६, २०७४ मा प्रकाशित | 942 views

काठमाडौ  ।  कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ वर्षभन्दा बढी भइसकेको छ। कामले गति लिन नसक्दा चार वर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताउनुभयो।

तर विशेष परिस्थितिका बीच पनि काम भइरहेको उहाँको भनाइ थियो। मुलुकमा भएका विभिन्न घटनाले निर्माणको जिम्मा पाएका कम्पनीले समेत काम गर्न सकेनन्। आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिना मात्रै बाँकी छ। सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरू गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनाले म्याद थप गरेको थियो।नेपाल समाचार पत्र दैनिकमा खबर छ । चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार हुन लागिएको सो सडक निमार्णको काम चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले गरिरहेको छ। सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख रुपियाँ खर्च हुने अपेक्षा गरिएको छ।

१० दशमलव ३९ किमि दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो। ४ वर्षमा निर्माण पक्षले बल्खु र बालकुमारीमा पुल निर्माण, कोटेश्वर, बी एन्ड बी र बागडोलमा गरी तीन वटा आकाशेपुल निर्माण गरिसकेको छ भने बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा आकाशेपुल निर्माणको काम अगाडि बढाएको आयोजनाले दाबी गरेको छ।

आयोजनाले असार मसान्तसम्म ५ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो। मनसुन शुरू भएकै कारण ५ किमि सडक कालोपत्रे गर्नुपर्नेमा साढे ४ किमि मात्रै कालोपत्रे भएको आयोजना प्रमुख झाले बताउनुभयो।

सडकमा सर्फेस ड्रेसिङ गरेर आसफल्ट कंक्रिट राखेपछि पूर्णरूपमा सवारी गुडाउन तयारी हुन्छ। तर, डे«सिङ गरिसकेका खण्डमा आसफल्ट कंक्रिट राख्न प्रि–मनसुनको झरीले गर्दा रोकिएको थियो। त्यस्तै गरी कलंकीमा बनिरहेको अन्डरपासको काममा पनि मनसुनले प्रभाव पारेको थियो। आयोजनाले हाल रिटेनिङ वाल, पाइलिङ, पुलको स्ल्याब बनाउने काम गरिरहेको छ।

८ सय मिटर लामो अन्डरपासमा २० देखि ३४ मिटर गहिराइसम्म गएर पाइलिङको काम भइरहेको छ। आयोजनाले मनसुनमा पाइलिङको काम सम्पन्न गरेर मनसुनपछिको ३ महिनाभित्र अन्डरपासबाटै सवारी सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको छ। हाल अन्डरपासमा पाइलिङको काम सकेर पर्खालको काम भइरहेको छ। योजनाको काममा सडक विभाग, डिभिजन सडक कार्यालय, नेपाल टेलिकमलगायतले सहयोग गरे पनि बिजुलीको पोल समयमै सार्न नसक्दा निर्माणको काम प्रभावित भएको छ। ६२ मिटरको चौडाइमा निर्माण हुन लागेको उक्त सडकको मेन लेन १५ मिटर, ६–६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे सात मिटर दायाँ–बायाँ ट्रइक सर्भिस, अन्य स्थान पर्खाल र हरितले ओगटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web