धुर्मस सुन्तली फाउण्डेसन । दलित समुदायको एकिकृत नमुना बस्ति निर्माणमा तिब्रता

अशोज २६, २०७४ मा प्रकाशित | 948 views

रौतहट ।

धुर्मुस सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्तिमा निर्माण गर्न लागेको एकिकृत नमुना बस्तिको कामले तिब्रता पाएको छ ।

सो बस्तिमा भएका पुराना घर टहरा हटाएर अहिले खाली गराइएको छ भने शुरुमै पर्खालको निर्माण कार्य भैरहेको छ ।

बस्तिमा आधुनिक संरचना सहितको घर निर्माण गर्न पाँच करोड ७५ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिए पनि अहिले पाँच वटा घर पुन थपिएर ५० वटा आवासीय घर, एउटा भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय निर्माण हुने भएको छ ।

माघ २४ गते परियोजना हस्तान्तरण गरिने लक्ष्यका साथ निर्माण कार्यले तिब्रता पाएपनि आर्थीक अभाब हुन सक्ने देखिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताउनु भयो । उता स्थानीय स्तरमा समेत मनकारीदाता बाट रकम संकलन हुन थालेको छ ।

महिलाअधिकारकर्मी देबकी नेपालले सो बस्ति निर्माण गर्न ५० हजार सहयोग गर्ने बचन दिनु भएको छ ।  सो बस्तिमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web