Thakur urges voters to make Madhesi candidates victorious in Madhes

Coordinator of the Rastriya Janata Party-Nepal, Mahantha Thakur, has said that he is contesting in the upcoming election to the House of Representatives from Mahottari after his birthplace 'summoned him' for the same.

Thakur is contesting from Mahottari constituency no 3 in the upcoming elections scheduled for December 7

Speaking at a press conference in Mahottari district today, he urged all voters to make only Madhesis victorious to end discrimination and for the overall development of Madhes.

Stable government must for prosperity: Maoist Centre Chair Dahal

CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal 'Prachanda' said the left alliance has been forged to bring stable government and prosperity, while stressing the need for the country to pursue development by forming a stable government.

Inaugurating the office of left alliance mobilisation in Chitwan district Dahal stressed the need for the country to pursue development by forming a stable government.

Chairman Dahal has registered his candidacy for the House of Representatives elections from Chitwan constituency 3.

भ्रष्टाचार काण्डमा साउदीमा ११ राजकुमार र ४ मन्त्री पक्राउ, विन तलाल पनि पक्राउ !

एजेन्सी ।

अर्बौंको भ्रष्टाचार मुद्दामा छानविन सुरु लगत्तै साउदी अरबले आफ्ना ११ राजकुमार र ४ बहालवाला मन्त्रीलाई पक्राउ गरेको छ ।

साउदी अरबको इतिहाँसमै ठूलो भ्रष्टाचार काण्डको रुपमा व्याख्या गरिएको मुद्दामा अर्बपति राजकुरमार आलवालिद विन तलाल पनि पक्राउ परेको बताइएको छ ।

पक्राउ परेर हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन । तर पक्राउ परेकाहरुको संख्या र कतिजना भन्ने खुलाइएको छ ।

यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ सन् २००९ मा जेद्दाहमा आएको बाढी र सन् २०१२ मा मर्स वायरसको संक्रमण फैलिएको मामलामा नयाँ शिराबाट जाँच शुरु गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण सम्वन्धी नयाँ कमिटी गठन भएको चार घण्टापछि नै उनीहरुलाई पक्राउ गरिएको हो ।

साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले भनेको छ यस कमिटीको अध्यक्षता क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेका छन् र उनलाई पक्राउ वारेन्ट जारी गर्ने वा यात्रामा प्रतिवन्ध लागाउने अधिकार छ ।

यसका साथै साउदी नेशनल गार्ड र नौसेना प्रमुख पनि परिवर्तन गरिएको छ । एसपीएका अनुसार किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडिमिरल अब्दुल्लाह बिन मोहम्मद अल सुल्तानलाई बर्खास्त गरेका छन् ।

उनलाई हटाउनुको कारण भने आधिकारिक रुपमासार्वजनिक भएको छैन ।

को हुन् अर्बपति बिन तलाल

साउदी अरेबियामा भ्रष्टाचार सम्वन्धी मुद्दा छानविनका क्रममा पक्राउ पर्ने ११ जना राजकुमारमा शाही परिवारका एक प्रमुख सदस्य तथा धनाढ्य लगानीकर्ता राजकुमार आलवालिद बिन तलाल पनि भएको ठानिएको छ ।

साउदी अरेबियाका राजा बिन सलमानले गरेको कारवाहीका क्रममा ११ जना राजकुमारहरु र चार बहालबाला मन्त्रीहरु पक्राउ परेर थुनिएका छन् । यसैगरी थुप्रै उच्चपदस्थ अधिकृतहरुलाई बर्खास्त गरिएको छ । पक्राउ गरेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

बिन तलालको गिरफ्तारीको अपुष्ट खबरले ठूलै सनसनी मच्चाएको छ । यसलाई राजा बिन सलमानको कार्यकालकै सबैभन्दा आक्रामक कदमका रुपमा पनि लिइएको छ ।

विन तलाल पक्राउ परेको अझैसम्म पुष्टि भएको छैन । यदि उनी पक्राउ परेको पुष्टि भए घटनाले अर्को मोड लिनसक्छ किनकी उनलाई साउदी राजतन्त्रका पब्लिक र आर्थिक अनुहारका रुपमा लिने गरिएको छ ।

साउदी शाही परिवारका सबैभन्दा प्रमुख सदस्य मानिएका बिन तलाल अमेरिकी र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाउने गर्थे ।

उनलाई अमेरिकाको टाइम्स म्यागजिनले २००८ मा नै विश्वका १०० शक्तिशालीहरुको सूचीमा राखेको थियो । अमेरिकामा शिक्षा आर्जन गरेका यी अर्बपति परोपकारी तथा लगानीकर्ताले अमेरिकी कर्पोरेट जाइन्टहरु जस्तै सिटिग्रुप, एप्पल, ट्विटर, लगायतमा ठूलो लगानी गरेका छन् ।

सन् १९९१ र १९९५ को बीचमा उनी हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्दार गरेका थिए जब उनको रियल स्टेट साम्राज्य संकटमा परेको थियो । बिन तलालले ट्रम्पको एउटा नौका खरिद गर्नुका साथै उनको प्लाजा होटलमा पनि लगानी गरेका थिए ।

उनले नेपालका भूकम्पपीडितलाइ १० करोड रुपैयाँ सहयोग गरेका थिए । उनी २६ कात्तिक २०६७ मा नेपाल आएका थिए । उनलाई नेपालको सबैभन्दा ठूलो मानपदवी ‘महाउज्जवल राष्ट्रिय मानपदवी’बाट सम्मान समेत गरिएको छ ।

जापानी संस्थाद्धारा राजविराज पुगेर बाढी पीडितलाई सहयोग

राजविराज ।

गत साउन २७ पछि आएको बाढीले घरवार विहीन भई विस्थापित बनेका बाढी पीडितलाई शनिबार जापानी सहयोगी संस्था प्लेटफर्म र पीस वीन्ड्सले राहत सामाग्री वितरण गरेको छ ।

स्थानीय साझोदार संस्था लायन्स क्लब राजविराज र समृद्धिका लागि यथा गोग्य कार्य संस्था (आई एस एपी) को संयोजन तथा नेपाल रेडक्रस सोइसाईटी उपशाखा राजविराजको समन्वयले बाढी प्रभावित रुपनी, मधवापुर, तिलाठी–कोइलाडी र गोबरगाढा गाउँका ८० परिवारलाई राहत वितरण गरीएको हो ।

जापानी सहयोगी संस्था पीस वीन्ड्सकी प्रतिनिधि इसीकावाले प्रतिपरिवार एउटा म्यार्टेस, एकसेट किचेन किट्स, एक थान त्रिपाल, चार थान कम्बल, एक थान बाल्टीन, एक बोरा चामल, ५ केजी दाल, ५ केजी च्यूरा, एक लिटर खाने तेल र एक प्याकेट नुन र सरसफाईका एक÷एक सेट सामाग्रीका दरले राहत वितरण गरेका छन् ।

यस अघि गत असोजमा दशैका बेला समेत सो संस्थाले यहाँका बाढी पीडित ६ सय ९० परिवारलाई चाडाकुडा, त्रिपाल, लत्ताकपडा र खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरेको थियो ।

गत साउन अन्तिम साता अविरल वर्ष पछि विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण जिल्लामा ६ जनाको मृत्यु भएको थियो भने ३ हजार भन्दा बढी परिवार प्रभावित भएको थियो ।

भेट्रान्सको उपाधि सानो गौचरणलाई

मकवानपुर ।
एट–ए साइड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी सानो गौचरण नाइट किङ काठमाडौंले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा जोरपाटि काठमाडौंलाई २–० गोलअन्तरले हराउँदै सानो गौचरण विजयी भएको हो । खेलको दोस्रो हाफमा सानो गौचरणका निमा लामाले २ गोल गरेका हुन् ।शनिबारको पहिलो खेलमा हेटौंडा भेट्रानलाई जोरपाटि काठमाडौंले २–० गोलअन्तरले पराजित गरेको थियो । जोरपाटिका लागि तेजनारायण श्रेष्ठ एक्लैले २ गोल गरे । त्यस्तै, दोस्रो खेलमा बगरभाईखलक पोखरा र सानो गौचरणको खेलमा निर्धा्रित समयभित्र गोल हुन नसकेपछि गौचरणले बगरभाई खलकलाई टाईब्रकरमा ७–६ गोलअन्तरले हराउँदै फाइनल खेलमा प्रवेश गरेको फोर्थ अफिसियल प्रदिप पराजुलीले जानकारी दिनुभयो ।

हेटौंडा भेट्रानको आयोजनामा बिहिबारदेखि हेटौंडा–७ स्थित नागस्वतिमा प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा प्रथम हुने सानो गौचरणले ६० हजार र द्वितीय हुने जोरपाटि काठमाडौंले ४० हजार नगद पुरस्कार हात पारेको छ । प्रतियोगिता अवधीभरमा बेस्ट प्लेयरको उपाधि पूर्व राष्ट्रिय खेलाडि राकेश श्रेष्ठले ५ हजार नगदसहित हात पारेको जनाएको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको खुदनाफा ४ गुणा बढ्यो, ईपीएस ३.६४ रुपैयाँ मात्र

पर्वत ।
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नाफा ४ गुणा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गत आवको सोही अवधिमा युनाइटेडको नाफा १ करोड १० लाख रुपैयाँ मात्र थियो । मोदीखोलामा पानीको बहाव राम्रो भएकाले बिजुली उत्पादन बढेपछि नाफा पनि वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६४ पैसा मात्र रहेको जानकारी दिएको छ ।
समीक्षा अवधिमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ७ करोड १७ लाख रुपैयाँ मात्र थियो । कम्पनीले १० मेगावाटको मोदी २ जलविद्युत आयोजना निर्माण थालेको छ । हाल युनाइटेडले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ ।

गाँजा फडानीका लागि बिशेष अभियान

मकवानपुर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिकामा १ हजार ८५ कठ्ठा गाँजा फँडानी गरेको छ ।

प्रहरी टोलीले कात्तिक १७ र १८ गते राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, ४, ५, ६, ८ र ९ का विभिन्न क्षेत्रमा लगाईएको अबैध गाँजा खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।साथै कात्तिक १३ गतेदेखि हालसम्म जम्मा अन्दाजी ३ हजार ४ सय ७९ कठ्ठा गाँजा फँडानी गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो ।

भोजपुरमा नेताहरु भोट माग्न गाउँ पसेपछि सदरमुकाम सुनसान

भोजपुर ।

आगामी मंसिर १० मा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा होमिएका भोजपुरका राजनीतिक दलहरु अहिले गाउँगाउँमा मतदाता भेटन र आमसभामा ब्यस्त बनेका छन ।

उम्मेदवार सहित नेता तथा कार्यकर्ताहरु गाउँ केन्द्रित बन्दा भोजपुर सदरमुकाम भने सुनसान बनेको छ । ​भोजपुरमा ठुला मात्र होइन साना राजनीतिक दलहरु समेत अहिले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा होमिएका छन् ।

आउँदो मंसिर १० गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि कांग्रेस–संघीय समाजवादी फोरम नेपाल लगायतको लोकतान्त्रिक गठबन्धन, एमाले–माओवादी केन्द्रको बाम गठबन्धन, नेकपा माले, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, जनसमाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत पार्टीकाका नेता तथा उम्मेदवार चुनाव प्रचार–प्रसारमा होमिएका हुन् ।

भोजपुरमा साना दलहरुले उम्मेदवारी दर्ता गराएको भए पनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विरुद्ध जिल्लामा क्रियाशील ठुला दल सहित अन्य साना दल मिलेर घेराबन्दी गरे पनि अहिले भने लोकतान्त्रिक र बाम गठबन्धन गरी दुई ध्रुवमा भोजपुरका राजनीतिक दलहरु विभाजित देखिएका छन ।

आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भने केन्द्रको तालमेलसँगै भोजपुरमा पनि एमाले र माओवादी केन्द्रको बाम गठबन्धन बनेको छ भने नेपाली कांग्रेस, संघीय समाजवादी फोरम लगायतका दलको लोकतान्त्रिक गठबन्धन बनेको छ ।

चुनावी कार्यक्रमका लागि सदरमुकाम छाडेर सबै नेता तथा उम्मेदवार गाउँ–गाउँमा पुगेर घरदैलो अभियानमा व्यास्त बनेका छन् । चुनावी रन्को लागेका अधिकांश दलले कार्यतालिका बनाएरै ७ गाउँपालिका र दुई नगरपालिकाको ८१ वटा वडामा चुनावी गतिविधि सञ्चालन गरिरहेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंगो जिल्लाभरी दौडिरहेका छन् भने प्रदेशसभाका उम्मेदवार आफ्नै क्षेत्रभित्र सभा, छलफल, भेटघाटलगायतका चुनावी गतिविधिमा व्यस्त बनेका छन् । छुट्टा–छुट्टै टोली बनाएर चुनाव सम्वन्धी गतिविधिमा गाउँ पसेका दलले चुनावको मौन अवधी शुरु हुनु भन्दा अगाडी सम्म आफ्नो चुनावी कार्यक्रमलाई जारी राख्ने जनाएका छन ।

लोकतान्त्रिक गठबन्धनबाट भने प्रतिनिधी सभाका लागि नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री उमेशजंग रायमाझीले उम्मेदवारी पाएका छन उनलाई संघीय समाजवादी फोरम नेपालले सघाउने छ भने प्रदेश सभाको लागि क्षेत्र नं १ मा संघीय समाजवादी फोरम नेपालका सचिव अजम्वर काङमाङ राईको उम्मेदवारी परेको छ । यो क्षेत्रमा कांग्रेसले उनलाई सघाउने छ । प्रदेश सभाका लागि भने क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट गोबिन्द बहादुर कार्की उम्मेदवार बनेका छन ।

यस्तै बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुदन किराँतीले प्रतिनिधी सभाको टिकट पाएका छन भने अर्को दल नेकपा एमालेले प्रदेश सभाका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । एमालेले प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं १ मा अनेरास्वबियुका पूर्व केन्द्रिय अध्यक्ष तथा केन्द्रिय सदस्य राजेन्द्र राईलाई उठाएको छ भने निर्वाचन क्षेत्र नं २ मा पूर्व सुचना तथा संचारमन्त्री तथा केन्द्रिय सदस्य शेरधन राईलाई उम्मेदवार बनाएको छ । भोजपुरमा १२ वटा राजनीतिक दलले चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरि सकेका छन ।

अमेरिकी राष्ट्रपति जापानमा, उत्तर कोरियामाथि थप दबाव बढाउन आव्हान

टोकियो ।

पूर्वानुमान अनुसार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो एसियाली मुलुकहरुको भ्रमणका क्रममा जापान आइपुगे लगत्तै आफ्नो सम्वोधनमा उत्तरकोरियामाथि थप दबाव बढाउनुपर्ने बताएका छन् ।

जापानको भ्रमण पूर्व हवाई स्थित अमरीकी प्रशांत कमानमा जापानी सेनाको अखडामा उनलाई सैन्य अधिकारि सहित सयौंले स्वागत गरेका थिए ।

त्यसलगत्तै राष्ट्रीय सुरक्षा सलाहकार एच आर मैकमास्टर को साथ पुगेका ट्रम्प हवाईको सैनिक मुख्यालय पुगेका थिए जहाँ कमान्डर ऐडमिरल हैरी हैरिस सँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा ट्रम्पले उत्तरकोरियाको बारेमा छलफल गरेको । परमाणु र मिसाइल क्षेप्यास्त्रले सुसज्जित उत्तर कोरिया अमेरिकाको लागि असुरक्षाको कारण बनिरहेको अभिव्यक्ति राखेको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

जहाँ ट्रम्पले पर्ल हार्बरको यूएसएस ऐरिज़ोना स्मारक समेत पुगेका थिए । जुन द्वितीय विश्व युद्धको समयमा जापानी हमलाका पिडितहरुको स्थल हो ।

ट्रम्प जापानमा

एसियाली मुलुकहरुको भ्रमणका क्रममा हवाईबाट आइतबार अपरान्ह अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान आइपुगेका छन् ।

टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धको प्रशंसा गरेका थिए ।

आफू राष्ट्रपति रहुञ्जेल कोरियाली प्रायद्धिपमा शान्ति कायम राख्न र जापानको स्वतन्त्रताको रक्षा गर्नका निम्ति जापानी सेनालाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए ।

जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्दैछन् ।

गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ । उनी ११ दिने एसियाली देशहरुको भ्रमणमा निक्लेका हुन् ।

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन् ।

आफ्नो भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई थप दबाब दिने अपेक्षा गरिएको छ ।

जापानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेट हुन सक्ने बताएका छन् ।

उत्तर कोरियाली मुद्दामा पुटिनको सहयोग चाहिने भन्दै उनले भेट हुनसक्ने बताएका हुन् । उत्तरकोरियालाई चिन र रसियाको सहयोग रहँदै आएको मानिन्छन् । यि तिनै देश कम्युनिष्ट शासन भएका मुलुक हुन् ।

ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठकमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन् ।

त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउने कार्यक्रम छ ।

जोशीको उम्मेद्धवारी खारेजीको खुशीयालीमा रामचन्द्रको रात्रिभोज

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  रात्रिकालिन भोज दिएका छन् । उनलाई ठक्करदिन भन्दै बागी उठेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै सोही उनले रात्रीकालिन भोज दिएका हुन् ।

पौडेललाई जोशी टाउँको दुखाई नै बनेका थिए ।  अब पौडेलले आरामले चुनाव जित्ने नै उनी निकट सिमित नेता तथा कार्यकर्ताहरु र परिवारका सदस्यहरुले आज रात्रिकालिन भोज नै आयोजना गरेका हुन् ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए ।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ ।

बदलियो मतदान केन्द्रको डिजाइन:तीन मतपत्र,तीनवटै मतपेटिका,यस्तो छ मतदान प्रक्रिया

काठमाडौं ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ।

आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ। आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ।

त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्‍याउनुपर्नेछ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको बताए।

यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो। मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो।

‘मतदातालाई सहज होस्, मत बदर नहोस् भनेर मतदाता शिक्षा र कर्मचारी तालिममा जोड दिनुका साथै मतदान केन्द्रको डिजाइन परिवर्तन गरिएको छ,’ उनले भने, ‘सम्पूर्ण तयारी गर्दा मतदातालाई ध्यानमा राखिएको छ।’

यस्तो छ मतदान प्रक्रिया

मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनेछन्। मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ। मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन्। पहिलो घेरा (गोप्य कक्ष) प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्। त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन्। तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन्। समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्न हुनेछन्। मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ। समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन्। तीन थरी मतपत्र तीन रंगका छन्।

प्रत्यक्षतर्फ सेतो पानामा कालो रंगले चिह्न छापिएको प्रदेशसभाको, हरियो रंगले चिह्न छापिएको प्रतिनिधिसभाको र रातो रंगले चिह्न छापिएको समानुपातिकतर्फका मतपत्र छन्। आयुक्त दाहालले मतदातालाई सजिलो होस् भनेर मतपत्रको रंगअनुसार तीनवटै मतपेटिकाको रंगसमेत मिलाइने बताए। ‘मतपेटिकालाई मतपत्रअनुसार तीनवटा छुट्टाछुट्टै रंगका कागजबाट बेरिनेछ,’ उनले भने, ‘हातमा जुन रंगको मतपत्र छ, त्यही रंगको मतपेटिकामा मतदाताले मत खसाल्न सजिलो हुनेछ।’  मतदान केन्द्र प्रवेश गरेपछि मतदाताले तीनवटा मतपत्र पाउने र तीनवटै मतपत्रमा मतदान गरी फरक–फरक मतपेटिकामा खसाल्ने अनि मात्रै बाहिर आउने गरी निकाससहितको घेराबेरा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। कुनै मतदाताले कुनै सभाको मत नखसाले त्यसको छुट्टै रेकर्ड राख्ने व्यवस्थासमेत केन्द्रमै मिलाइएको छ।

देशभर १९ हजार ९ सय ८ मतदान केन्द्र छन्। तीनवटा मतपत्रको व्यवस्थासँगै प्रत्येक केन्द्रमा एक जना थप कर्मचारी व्यवस्था गरिएको छ। एक हजार मतदाता भएका केन्द्रमा मतदान अधिकृतले एक जना थप कार्यालय सहयोगी पाउनेछन्। प्रायजसो मतदान केन्द्रमा एक हजारभित्रै मतदाता छन्। सबैभन्दा धेरै १ हजार ६४ सम्म मतदाता भएको मतदान केन्द्र छन्।  मतदान केन्द्रमा मतपेटिका थपिएसँगै सुरक्षा संवेदनशीलतासमेत बढ्ने भएकाले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन आयोगले सुरक्षा निकायलाई भनिसकेको छ। करिब २० हजार मतदान केन्द्रलाई ६० हजार मतपेटिका चाहिन्छ। भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएको र त्यसबेला ३० हजार मतपेटिका खरिदसमेत गरिएकाले यतिबेला आयोगसँग ८० हजार हाराहारी मतपेटिका छ।

आयुक्त दाहालले मतपेटिकाको संख्यामा समस्या नरहेको तर साँघुरो स्थलमा रहेका मतदान केन्द्रमा तीनवटा मतपेटिकाको व्यवस्थापन मिलाउन केही चुनौती हुन सक्ने बताए। ‘तर, विकल्प छैन साँघुरो स्थलमा पनि जेनतेन तीनवटा मतपेटिका राख्नैपर्छ, समस्या आम मतदाताले बुझिदिनुपर्ने हुन्छ,’ उनले भने, ‘मतदानमा खटिएका कर्मचारीले समेत होसियारीसाथ जिम्मेवारी पूरा गर्नुपर्छ।’  उनले तीनवटा मतपत्र राख्ने निर्णय भएपछि त्यहीअनुसार कर्मचारीलाई प्रशिक्षण दिने, मतदाता शिक्षाका सामग्री तयार पार्ने काम भइरहेको बताए। मतदाता, राजनीतिक दल, कर्मचारी सबैले भर्खरै स्थानीय तहको निर्वाचनमा अनुभव पाएकाले त्यसले आगामी निर्वाचनमा थप सहज हुने उनको भनाइ छ।

मंसिर १० गते हुने पहिलो र २१ गते हुने दोस्रो चरण दुवै निर्वाचनको मतगणना एकैसाथ सुरु हुने आयुक्त दाहालले बताए। उनले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका निर्वाचन क्षेत्रका मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरी मुख्य निर्वाचन अधिकृतको जिम्मामा राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै दुवैको गणना थालिने जानकारी दिए। आयोगले कर्मचारीलाई मतदानदेखि मतगणनासम्म कसरी सहज बनाउनेबारे प्रशिक्षण दिइरहेको छ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

भारत परस्त नेतालाई जिताउन भारतीय राजदूत तराईका जिल्लामा

काठमाडौं ।

स्थानिय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र बाहिर गएका मन्त्रीलाई निर्वाचन प्रभावित हुनसक्ने भन्दै फिर्ता हुन निर्देशन दिने निर्वाचन आयोग भारतीय राजदूत चुनाव प्रभावित गर्नेगरि तराईका जिल्ला भ्रमणमा जाँदा मौन बसेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय राजदूत मञ्जिभ सिंह पुरी  चुनाव प्रभावित पार्न तराईका जिल्लामा गएपछि त्यसको बिरोध जनाएका छन् ।

केसीले एक विज्ञप्ति जारी गर्दै संविधानलाई कार्यान्वयन हुन नदिन र निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा काठमाडौंमा गत बुधबार दुईजना भारतीय अटोमेटेड अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीहरु सहित पक्राउ पर्नु गम्भीर भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको  कमजोर सुरक्षा स्थितिलाई बताउ“छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामीले जोड दिन्छौं । ’

भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई  सरकारले मौन समर्थन गरेको आरोप समेत विज्ञप्तिमा उल्लेख छ ।

स्मरणीय के छ भने नेपाली काँग्रेसले तराईका जिल्लाहरुबाट अधिकाशं भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समर्थन गर्ने भारत निकट मानिने नेताहरुलाई उम्मेद्धार बनाएको छ । यहाँसम्मकी नाकाबन्दीको बिरोध गर्ने नेताहरुलाई भने निर्वाचनमा उम्मेद्धार बनाएको छैन भने समानुपातीकमा समेत राखेको छैन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web