गाँजा फडानीका लागि बिशेष अभियान

कार्तिक १९, २०७४ मा प्रकाशित | 865 views

मकवानपुर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिकामा १ हजार ८५ कठ्ठा गाँजा फँडानी गरेको छ ।

प्रहरी टोलीले कात्तिक १७ र १८ गते राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, ४, ५, ६, ८ र ९ का विभिन्न क्षेत्रमा लगाईएको अबैध गाँजा खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।साथै कात्तिक १३ गतेदेखि हालसम्म जम्मा अन्दाजी ३ हजार ४ सय ७९ कठ्ठा गाँजा फँडानी गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web