भ्रष्टाचार काण्डमा साउदीमा ११ राजकुमार र ४ मन्त्री पक्राउ, विन तलाल पनि पक्राउ !

कार्तिक १९, २०७४ मा प्रकाशित | 6542 views

एजेन्सी ।

अर्बौंको भ्रष्टाचार मुद्दामा छानविन सुरु लगत्तै साउदी अरबले आफ्ना ११ राजकुमार र ४ बहालवाला मन्त्रीलाई पक्राउ गरेको छ ।

साउदी अरबको इतिहाँसमै ठूलो भ्रष्टाचार काण्डको रुपमा व्याख्या गरिएको मुद्दामा अर्बपति राजकुरमार आलवालिद विन तलाल पनि पक्राउ परेको बताइएको छ ।

पक्राउ परेर हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन । तर पक्राउ परेकाहरुको संख्या र कतिजना भन्ने खुलाइएको छ ।

यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ सन् २००९ मा जेद्दाहमा आएको बाढी र सन् २०१२ मा मर्स वायरसको संक्रमण फैलिएको मामलामा नयाँ शिराबाट जाँच शुरु गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण सम्वन्धी नयाँ कमिटी गठन भएको चार घण्टापछि नै उनीहरुलाई पक्राउ गरिएको हो ।

साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले भनेको छ यस कमिटीको अध्यक्षता क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेका छन् र उनलाई पक्राउ वारेन्ट जारी गर्ने वा यात्रामा प्रतिवन्ध लागाउने अधिकार छ ।

यसका साथै साउदी नेशनल गार्ड र नौसेना प्रमुख पनि परिवर्तन गरिएको छ । एसपीएका अनुसार किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडिमिरल अब्दुल्लाह बिन मोहम्मद अल सुल्तानलाई बर्खास्त गरेका छन् ।

उनलाई हटाउनुको कारण भने आधिकारिक रुपमासार्वजनिक भएको छैन ।

को हुन् अर्बपति बिन तलाल

साउदी अरेबियामा भ्रष्टाचार सम्वन्धी मुद्दा छानविनका क्रममा पक्राउ पर्ने ११ जना राजकुमारमा शाही परिवारका एक प्रमुख सदस्य तथा धनाढ्य लगानीकर्ता राजकुमार आलवालिद बिन तलाल पनि भएको ठानिएको छ ।

साउदी अरेबियाका राजा बिन सलमानले गरेको कारवाहीका क्रममा ११ जना राजकुमारहरु र चार बहालबाला मन्त्रीहरु पक्राउ परेर थुनिएका छन् । यसैगरी थुप्रै उच्चपदस्थ अधिकृतहरुलाई बर्खास्त गरिएको छ । पक्राउ गरेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

बिन तलालको गिरफ्तारीको अपुष्ट खबरले ठूलै सनसनी मच्चाएको छ । यसलाई राजा बिन सलमानको कार्यकालकै सबैभन्दा आक्रामक कदमका रुपमा पनि लिइएको छ ।

विन तलाल पक्राउ परेको अझैसम्म पुष्टि भएको छैन । यदि उनी पक्राउ परेको पुष्टि भए घटनाले अर्को मोड लिनसक्छ किनकी उनलाई साउदी राजतन्त्रका पब्लिक र आर्थिक अनुहारका रुपमा लिने गरिएको छ ।

साउदी शाही परिवारका सबैभन्दा प्रमुख सदस्य मानिएका बिन तलाल अमेरिकी र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाउने गर्थे ।

उनलाई अमेरिकाको टाइम्स म्यागजिनले २००८ मा नै विश्वका १०० शक्तिशालीहरुको सूचीमा राखेको थियो । अमेरिकामा शिक्षा आर्जन गरेका यी अर्बपति परोपकारी तथा लगानीकर्ताले अमेरिकी कर्पोरेट जाइन्टहरु जस्तै सिटिग्रुप, एप्पल, ट्विटर, लगायतमा ठूलो लगानी गरेका छन् ।

सन् १९९१ र १९९५ को बीचमा उनी हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्दार गरेका थिए जब उनको रियल स्टेट साम्राज्य संकटमा परेको थियो । बिन तलालले ट्रम्पको एउटा नौका खरिद गर्नुका साथै उनको प्लाजा होटलमा पनि लगानी गरेका थिए ।

उनले नेपालका भूकम्पपीडितलाइ १० करोड रुपैयाँ सहयोग गरेका थिए । उनी २६ कात्तिक २०६७ मा नेपाल आएका थिए । उनलाई नेपालको सबैभन्दा ठूलो मानपदवी ‘महाउज्जवल राष्ट्रिय मानपदवी’बाट सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web