काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रात्रिकालिन भोज दिएका छन् । उनलाई ठक्करदिन भन्दै बागी उठेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै सोही उनले रात्रीकालिन भोज दिएका हुन् ।

पौडेललाई जोशी टाउँको दुखाई नै बनेका थिए । अब पौडेलले आरामले चुनाव जित्ने नै उनी निकट सिमित नेता तथा कार्यकर्ताहरु र परिवारका सदस्यहरुले आज रात्रिकालिन भोज नै आयोजना गरेका हुन् ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए ।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ ।

19.12¡ÆC