बुटवल ।

बुटवल उपमहानगरपालिकाकोृ वडा नम्वर १७ मा लु ६ प ९४५० नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक स्थानिय २४ बर्षिय रुपेश चौधरीको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको मोटरसाइकल आज साझ ५ बजे अनियन्त्रित भई पल्टिदा गम्भिर घाइते भएका चौधरीको उपचारकाक्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको पशिचम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तेस्रो अभ्यास खेलमा नेपाली यु १९ क्रिकेट टोली बिजयी

काठमाडौं ।

ए सी सी अण्डर १९ यशिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि अहिले बंगलादेशमा अभ्यास गरिरहेको नेपाली टोलीले तेस्रो खेलमा भने बंगलादेशको अण्डर १९ टोलीलाई पराजित गरेको छ ।

अघिल्लो दुई खेलमा पराजित भएको नेपाली अण्डर १९ ले आईतबार भएको खेलमा बंगलादेशको अण्डर १९ लाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलादेशले दिएको २ सय २६ रनको विजयी लक्ष्य नेपालले ४६।३ ओभरमा ४ विकेटको क्षेतीमा भेट्टाएको थियो ।

नेपालका लागि ९० रनको योगदान गरेको माहमद अशिफ सेख यस खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।

मलेसीयामा आयोजना हुने ए सी सी अण्डर १९ यशिया कप क्रिकेट प्रतियोगितामा नेपाल समूह ए मा परेको छ ।

समूह ए मा नेपाल सहित बंगलादेश, मलेसिया र भारत रहेका छन् ।

यसैगरि समूह बि मा श्रीलङ्का, पाकिस्तान, अफ्गानिस्तान र पश्चिम क्षेत्रको विजेताले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको पहिलो खेल नोभेम्बर ११ तारिखमा बंगलादेश संग, नेभेम्बर १२ मा भारत संग र नोभेम्बर १४ मा आयोजक मलेसिया संग हुनेछ ।

१४ जिल्लाका ५५ स्थानमा नेपाल टेलिकमको इन्टरनेट सेवा

काठमाडौं ।

नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सञ्चालनमा ल्याएको हो ।

हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको पनि ट्लिकमले जनाएको छ ।

कम्पनीले सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेशनको संख्या ३० पुगेको छ । त्यसैगरी थ्रिजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको छ ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको क्षेत्रमा विशेष निगरानी

कपिलवस्तु ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै कपिलबस्तुका सीमा क्षेत्रमा निगरानी बढाइने भएको छ ।

निर्वाचनका बेला आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाउन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

यसैक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलको नेतृत्वको सुरक्षा समितिको एक टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सुरक्षा समितिको टोलीले नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बजांहा बाँधको शनिबार अवलोकन गरेको छ ।

अवलोकनका क्रममा भारतीय पक्षबाट निर्माण गरिएको बाँधबाट नेपाली क्षेत्रका कृषकको धान खेती डुबेकोे, सीमास्तम्भसमेत डुबानमा परेको, वर्षायामका समयमा नेपाली भू–भागका सर्वसाधारणले डुबान समस्या भोग्नुपरेको अवस्था पाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो ।

काँग्रेसले आफ्ना उम्मेद्धार फिर्ता गरेर महन्थ ठाकुरलाई समर्थन गर्यो

महोत्तरी ।

नेपाली कांग्रेसले महोत्तरी ३ मा आफ्नो उम्मेदवारी फिर्ता लिइ राष्टिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गरेको छ ।

आफ्ना उम्मेदवार बजरंग नेपालीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि नेपाली काँग्रेसले राजपालाइ समर्थन जनाएको नेपाली कांग्रेस, महोत्तरीले जनाएको छ ।

काँग्रेसका घोषित उम्मेदवार बजरंग नेपालीले पार्टी केन्द्रीय कार्यालयबाट आएको निर्देशनपछि आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनु भयो ।

ओली भन्छन्-‘अबको सरकार वामगठबन्धनको’, प्रचण्ड भन्छन्-‘स्थिरता र समृद्धिका लागि गठबन्धन’

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले एमाले र नेकपा 'माओवादी केन्द्र' बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उहाँले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरिने जानकारी दिनुभएको छ ।

वाम गठबन्धन, ताप्लेजुङले आज सदरमुकाम फुङलिङमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि स्थिर सरकार बन्ने र

अबको स्थायी सरकार वाम गठबन्धनको हुने बताउनुभयो । उहाँले बताउनुभयो ।

ताप्लेजुङबाट बामगठबन्धनबाट उम्मेदवार वन्नुभएका योगेश भट्टराईलाई पार्टीले प्रदेशको मुख्यमन्त्री बनाउने पनि उहाँले बताउनुभयो ।

‘स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन’

चितवन

नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताउनुभएको छ ।

पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै अध्यक्ष दाहालले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताउनुभयो ।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी चितवन क्षेत्र नं ३ मा भएको उहाँको भनाइ थियो ।

सबै खाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्नुस्ः डा आयुक्त

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, र भयरहित तुल्याउन सबैखाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्न निर्वाचन अनुगमनकर्तालाई निर्देशन दिनुभएको छ ।

पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनमा खटिने नेपाल सरकारका सचिव एवं सहसचिवका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनताको मतबाटै लोकतन्त्रको संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ काम गर्न सुझाव दिनुभयो ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारबाही गर्न निर्देशन दिँदै डा यादवले कतिपय जिल्लाको भौगोलिक अवस्था र मौसमानुकूल नदेखिए पनि निर्वाचन सफल तुल्याउन सरोकार भएकाम सबै पक्षसँग समन्वय र सहकार्य गरेर काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन कम खर्चिलो बनाउन, राज्यको स्रोतको हुनसक्ने दुरुपयोग रोक्न र राजनीतिक दल र उम्मेदवारबीच हुने द्वन्द्व रोक्न निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने आवश्यक रहेको बताउनुभयो ।

अनुगमन टोलीमा एक उपमहालेखा परीक्षकसहित ३७ सहसचिव खटिनुहुनेछ । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधिसभातर्फ मुलुकका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मंसिर १० गते निर्वाचन हँुदैछ ।

उम्मेद्धारहरुले चुनाव चिन्ह पाए

काठमाडौं ।

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवाहरुलाई आज निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको हो ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ पदका लागि उम्मेदवारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उम्मेदवारहरुलाई आज निर्वाचन प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार ४ हजार ७ सय ४७ उम्मेदवारहरुमध्ये आयोगमा प्राप्त पछिल्लो विवरण अनुसार २ जनाको उम्मेदवारी रद्द, ४ जनाको दाबी विरोधबाट खारेज र २ सय ५८ को उम्मेदवारी फिर्ता गरी जम्मा २ सय ६४ जनाको नाम उम्मेदवारहरुको सूचीबाट हटेको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवाहरुको अन्तिम विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ ।

100 candidates from 19 parties in the fray

A total of 100 candidates are in the fray for the December 7 elections to be held to the House of Representatives and the provincial assemblies in Kaski district.

The candidates represent 19 different political parties, while some are standing as independent in the election to be held for three House of Representative seats and six provincial assembly seats.

Those in the fray are from Nepali Congress, CPN-UML, CPN-MC, Nepali Congress (BP), Deshbhakta Ganatrantrik Morcha, Bibeksheel Sajha Party, Aamul Pariwartan Masiha Party and Rastriya Janamorcha.

Also filing nominations are candidates from Federal Socialist Forum, Nepal Dalit Party, Mangol National Organisation, Unified RPP (Rastrabadi), Naya Shakti Party, Rastriya Janamukti Party, CPN (ML), Federal Democratic National Forum, Janasamajbadi Party, RPP and RPP (D), according to the Regional Election Office, Pokhara.

Likewise, four independent candidates are in the race in the election.

Adopt all positive rule and process in election: CEC Yadav

Chief Election Commissioner Dr Ayodhi Prasad Yadav has directed the election monitors to abide by the rules and process to make the upcoming election free and fearless.

Inaugurating the orientation programme launched for secretaries and joint-secretaries of the government CEC Yadav suggested them to carry out activities with determination to hold the election successfully.

He also asked to take stern action against the political parties and candidates violating the election code of conduct.

The first round of elections to the House of Representatives and State Assemblies is taking place in 32 districts on November 26.

Yak Attack 2017, cycling competition starts from Bensishahar today

The 11th edition of Yak Attack 2017, an international mountain bike race, started today from Bensishahar.

It is the highest mountain bike race in the world.

A total of 31 competitors from various 10 countries including Nepal are competing in the race that will go through Thorong-La Pass, Muktinath, and Jomsom before concluding in Pokhara.

The competition will run for 10 days.

Candidates at people’s door step seeking their votes

As the November 26 election to the House of Representatives and Provincial Assembly draws closer, candidates have begun visiting people's home to secure their votes.

Candidates representing the democratic alliance, leftist alliance and other smaller parties are expediting election campaigning with the focus on the near-coming elections.

There are a total of 132,319 voters in the district, with one seat to the House of Representatives and two constituencies for the provincial assembly.

19.12¡ÆC