१४ जिल्लाका ५५ स्थानमा नेपाल टेलिकमको इन्टरनेट सेवा

कार्तिक १९, २०७४ मा प्रकाशित | 13835 views

काठमाडौं ।

नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सञ्चालनमा ल्याएको हो ।

हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको पनि ट्लिकमले जनाएको छ ।

कम्पनीले सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेशनको संख्या ३० पुगेको छ । त्यसैगरी थ्रिजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको छ ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web