सबै खाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्नुस्ः डा आयुक्त

कार्तिक १९, २०७४ मा प्रकाशित | 2610 views

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, र भयरहित तुल्याउन सबैखाले सकारात्मक विधि र प्रक्रिया अवलम्बन गर्न निर्वाचन अनुगमनकर्तालाई निर्देशन दिनुभएको छ ।

पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनमा खटिने नेपाल सरकारका सचिव एवं सहसचिवका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनताको मतबाटै लोकतन्त्रको संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ काम गर्न सुझाव दिनुभयो ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारबाही गर्न निर्देशन दिँदै डा यादवले कतिपय जिल्लाको भौगोलिक अवस्था र मौसमानुकूल नदेखिए पनि निर्वाचन सफल तुल्याउन सरोकार भएकाम सबै पक्षसँग समन्वय र सहकार्य गरेर काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन कम खर्चिलो बनाउन, राज्यको स्रोतको हुनसक्ने दुरुपयोग रोक्न र राजनीतिक दल र उम्मेदवारबीच हुने द्वन्द्व रोक्न निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने आवश्यक रहेको बताउनुभयो ।

अनुगमन टोलीमा एक उपमहालेखा परीक्षकसहित ३७ सहसचिव खटिनुहुनेछ । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधिसभातर्फ मुलुकका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मंसिर १० गते निर्वाचन हँुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web