बेलायती महारानी देखी विश्वभरमा धनाढ्यले अर्बौं कर छली र गोप्य लगानी गरेको खुलासा

बिबिसी ।

बेलायती महारानी एलिजाबेथ सहित विश्वका चर्चित धनाढ्य र नेताहरुले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ ।

पानामा पेपर्सपछि भएको दोस्रो ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरु जसलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको यसले विश्वभरको ध्यान तानेको छ ।

संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ 'आईसीएफजे' एक वर्ष लगाएर अनुशन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो ।

एक करोड ३४ लाख कागजपत्र रहेको यो लिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिवन्ध लगाएको रसियनहरुसँग व्यापारिक साठगाँठ रहेको समेत देखिएको छ ।

प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचारहरु आगामी हप्ताहरुमा सार्वजनिक गरिँदै लगिने बीबीसीसहित यी कागजपत्रमा जुटेका मिडियाहरुले बताएका छन् ।

प्याराडाइस पेपर्सले तल उल्लेखित कुराहरुको खुलासा गर्ने ठानिएको छ ।

बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको छ । उनको केही पैसा गरिब तथा निमुखाहरु माथि अत्याचार गर्ने व्यापारी कहाँ पुगेको देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मन्त्रीहरुदेखि सल्लाहकार र दानकर्ताहरुको ठूलो मात्रामा ‘अफसोर’ लगानी रहेको छ । जसमा हालका वाणिज्य मन्त्री विल्बर रसको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनका ज्वाइँको कम्पनीसँग कारोबार रहेको छ ।

ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी ।

कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता ।

चर्चित बहुराष्ट्रिय कम्पनीहरुको कर छली । जसमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ ।

कसरी टिभी र फिल्मका पर्दामा देखिने चर्चित अनुहारले कर छली गर्दै अन्यत्र गरेको लगानी ।

दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग ।

यी लगायत अन्य केही ठूला धनाढ्यहरुको खुलासाले विश्वका चर्चित नेता ट्रम्प, बेलायती प्रधानमन्त्री टेरेसा मे लगायत थुप्रै माथि दबाब बनाउने पक्का छ ।

लिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन  गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्यमन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी प्रतिबन्ध खेपिरहेको रुसको एउटा फर्मसँग कारोबार गरिरहेको पाइएको छ।

प्याराडाइज पेपर्स नाम दिइएका ती दस्तावेजहरु करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी ुअफसोरु कम्पनीसँग सम्बन्धित छन्।

आइतबारको खुलासा झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिताको एउटा अंशमात्रै हो।

बीबीसी, खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरन्याश्नल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म र जर्मन पत्रिका जुडोएच साइटुङले १ करोड ३० लाखभन्दा बढी दस्तावेजहरु प्राप्त गरेका थिए ।

सेयर

ती दस्तावेजले अमेरिकी वाणिज्यमन्त्री विल्बर रसको क्रेम्लिनसँग निकट रहेको एउटा कम्पनीमा सेयर रहेको पाइएको छ।

ती दस्तावेजका अनुसार वाणिज्यमन्त्री रसको 'न्याभिगेटर होल्डिङ्स' नामक कम्पनीमा लगानी रहेको छ।

उक्त कम्पनीले रुसी फर्म सिबुरलाई तेल र ग्यास विक्री गरेर लाखौं डलर आम्दानी गर्ने गरेको छ।

सिबुरका दुईजना मालिकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ र उनीहरुको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको छ।

भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभिएसए पनि न्याभिगेटरका ग्राहकहरुमध्ये एक हो र उसमाथि पनि अमेरिकी प्रतिबन्ध छ।

अमेरिकी वाणिज्य मन्त्रालयले रसले कुनै पनि गैरकानूनी काम नगरेको र अमेरिकी प्रतिबन्ध बेहोरिरहेका रुसीहरुसँग कहिल्यै भेटघाट नगरेको जनाएको छ।

विवादास्पद

चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको १ करोड पाउण्ड निजी रकम 'ब्रिटिश ओभरसिज टेरिटोरिज' भनिने ब्रिटेनबाहिरका भूभागमा रहेका ुअफसोरु कम्पनीहरुमा लगानी गरिएको देखाएको छ।

त्यसमध्ये कतिपय रकम एउटा विवादास्पद खुद्रा व्यवसायमा लगानी भएको देखिन्छ जसमाथि कम आय भएका उपभोक्तालाई शोषण गरेको आरोप लागेको छ।

सो लगानी १० वर्षअघि गरिएको थियो र त्यसबेला त्यसको मूल्य ५ लाख डलरभन्दा केही बढी थियो।

महारानी वा उनका सल्लाहकारहरुले गैरकानूनी रुपमा काम गरेको कुनै पनि संकेत फेला परेको छैन।

तर शाही अधिकारीहरुले उक्त रकम लगानी गर्ने निर्णयमा महारानीको संलग्नता नरहेको बताएका छन्।

करमुक्त क्षेत्र

अनुसन्धानकर्ताहरुका अनुसार आफूले तिर्नुपर्ने करलाई सकेसम्म कम तुल्याउनका लागि सक्रिय रुपमा क्रियाशील शक्तिशाली कम्पनी र अति धनाढ्य व्यक्तिहरुको एउटा विश्वव्यापी सञ्जाललाई चुहाइएका ती दस्तावेजहरुले खुलासा गर्दछ।

चुहावट

नाइकी, एपल, उबर र फेसबुक जस्ता कम्पनीहरुले ुट्याक्स हेभनु भनिने करमुक्त क्षेत्रहरुको प्रयोग गरेर आफ्नो कर दायित्व सकेसम्म कम तुल्याउने गर्छन्।

थुप्रै अरब र खरबपतिहरुले पनि त्यसै गर्छन्।

'प्याराडाइज पेपर्स' नाम दिइएका ती दस्तावेजहरुले ५० देशका १ सय २० भन्दा बढी राजनीतिज्ञ कुनै न कुनै रुपमा यस्ता गतिविधिमा संलग्न भएको देखाएको छ ।

अनुसन्धानकर्ताहरुले यस्तो गतिविधिले कैयौं देशको राष्ट्रिय अर्थतन्त्र अन्तर्गत जनतासमक्ष आधारभूत सेवा पुर्याउन महत्त्वपूर्ण रहने अर्बौ रकम कर नोक्सानी गराएको जनाएका छन् ।

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा पनि निधन

एजेन्सी ।

साउदी अरबका एक राजकुमारको हेलिकोप्टर दुर्घटनामा पनि निधन भएको छ ।

पूर्वयुवराज अब्दुल अजिजका छोरा रहेका युवराज मन्सुर बिन मुकरिनको यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको बताइएको छ ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए ।

हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गदैै भ्रष्टाचार अनुसन्धान थालेको खवर सार्वजनिक भएको थियो ।

पूर्वराष्ट्रपति रामवरणमाथि अपमान, घर छाड्न पत्रिकामा निक्ल्यो १५ दिने सूचना

काठमाडौं ।

प्रधानमन्त्री तथा काँग्रेस सभापती शेरबहादुर देउवा सरकारले चुनावको मुखमा कार्यकर्तालाई ४ करोड बढी रुपैयाँ बाँडेको खुलाशा केहीदिन अघि सार्वजनिक भयो ।

५६ जना जम्बो मन्त्री बनाएर सत्ता टिकाइराखेकै छन् । २० अर्ब बढी भ्रष्टाचार गरेको विभिन्न प्रमाण सहितका खवर आएपनि एउटा सरकारी कर्मचारी चुडामणी शर्मा अपत्याशित छुटाइए र अहिले गुमनाम बनाइएको छ । तर दुखको कुरा पूर्वराष्ट्रपति डा. रामवरण यादवको बेइज्जत हुनेगरि घर छाड्न भन्दै पत्रिकामा सूचना निक्लंदा समेत राज्यले दिनुपर्ने खर्च नदिइ देउवा सरकारले देशकै बेइज्जत गरेको छ ।

आफ्नै पार्टीका पूर्व महामन्त्री रहँदा पार्टीकै पहलमा राष्टपति बनाएर राज्यले भाडाको घरमा राखेर भाडा भने नतिरिदिंदा पूर्वराष्ट्रपति पटक पटक सार्वजनिक बेइज्यती खेप्दै आएका छन् ।

गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना नै निकालेका छन् ।

पूर्वराष्ट्रपति यादव ललितपुर ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्ने निर्णय अनुसार तिर्दै आएपनि हाल समयमा नतिरिदिंदा यस्तो अवस्था आएको हो ।

घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकामा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर नै खाली गरिदिन भनेका छन् ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ( सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४ ४ १ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भइ जाने व्यहोरा सादर अनुरोध छ ।’

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा समेत सरकारले नतिरिदिंखा पूर्वराष्ट्रपति यादवले सार्वजनिक बेइज्जती खेप्नु परेको छ भने घरबेटी विष्टले आफ्नो घरको भाडा नपाएर सास्ती व्यहोर्नुपरेको छ ।

सरकारले पूर्वप्रंधानमन्त्रीलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।

आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक-पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटी विष्टले उल्लेख गरेका छन् ।

सरकारले पूर्वप्रंधानमन्त्रीहरुलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ । तर नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने एकमात्र पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै,  यसबाट सिंगो राष्ट्र र राष्ट्रपतिको गरिमामा नै आँच पुग्न भएको छ ।

मोरगंका मतदाता फकाउन बिराटनगरलाई प्रदेश राजधानी बनाउने काँग्रेस नेताहरुको घोषणा

बिराटनगर ।

मोरंगमा नेपाली काँग्रेस पार्टीका  उम्मेदबारहरुले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका छन ।

प्रेस युनियन मोरंगले आज बिराटनगरमा अयोजना गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा  मोरंगमा काँग्रेसबाट प्रतिनिधि र प्रदेश सभामा  उम्मेदवार बनेका सबैले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने सामुहिक प्रतिबद्धता व्यक्त्त गरेका हुन ।

कार्यक्रममा काग्रेसका तर्फवाट उम्मेदवार वनेका उनीहरुले बिराटनगरलाई राजधानी बनाउन तीब्र रुपमा भौतिक पुर्बाधार निर्माणमा लागिपर्ने समेत वताए । मोरंग ४ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदबार बनेका महेश आर्चायले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु एकमत भएको  जानकारी गराए ।

आर्चायले बिराटनगरलाई मेडिकल  सिटी बनाउने र बिमानस्थलको स्तरोन्नती गरेर अन्तराष्ट्रिय स्तरको बनाउने र जोगबनी किमाथांका सडकलाई सुचारु गर्ने सबै उम्मेदबारहरुलको  मुख्य एजेण्डा भएको बताए ।

परिचय कार्यक्रममा प्रतिनिधि सभामा उठेका सबै क्षेत्रका उम्मेदवारहरुले आआफना चुनावी एजेण्डा सुनाउदै प्रतिबद्धता व्यक्त्त गरेका थिए ।

कार्यक्राममा मोरंग २ नम्बर क्षेत्रका प्रतिनिधि सभा उम्मेदबार डा मिनेन्द्र रिजाल ,४ नम्बर क्षेत्रका उम्मेदबर महेश आर्चाय, ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफना क्षेत्रमा विकासको वाढी ल्याउने दावी गरेका थिए ।

यसैगरी क्षेत्र न १ का नेपाली कांग्रेसका उमेदवार डिकवहादुर लिम्वुले उत्तरी मोरङको समग्र विकासका नै निर्वाचनको मुख्य एजेण्डा रहेको वताउनुभयो ।

रौतहटमा बाम गठबन्धन र मधेशी मोर्चाका उम्मेद्धार अधिकाशं दलबदलु र आयातित

रौतहट ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा बामगठबन्धन र मधेशबादी दलको गठबन्धन बाट उम्मेदबार बन्नेमा अधिकास दलबदलु र आयातित रहेका छन ।

गएको १६ गते गठबन्धन बाट उम्मेदबारी दर्ता गरेपछि दलबदलुलेनै उम्मेदबार बनेको भन्दै कार्यकर्तामा असन्तुष्टि बढेको छ । स्थानीय तहको निर्बाचनमा गरुडा नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका कन्थमणी प्रसाद जैयसवालले रौतहटको क्षेत्रनम्बर ४ मा मधेशबादीदलको गठबन्धन राजपा नेपाल बाट प्रतिनिधि सभाको निर्बाचनमा उम्मेदबार बनेका छन ।

स्थानीय तहको निर्बाचन पुर्ब उनी नेपाली काग्रेस हुदै माओबादी र स्वतन्त्र बनेका जैयसवाल यतिखेर राजपा नेपालका उम्मेदबार हुन । यस्तै क्षेत्रनम्बर ३ मा नेपाली काग्रेस बाट भित्रयाएर राजपा नेपालले ओमप्रकाश जैयसवाल, क्षेत्रनम्बर २ मा नया शक्तिका किरण साह लाई मधेशबादी दलको गठबन्धन बाट संघिय समाजबादी फोरम नेपालले उम्मेदबार बनाएको छ ।

यस्तै क्षेत्र नम्बर २ मा बामगठबन्धन बाट एमालेले उम्मेदबार बनाएका मुस्ताक राजा यसअघि नेपाल लोकतान्त्रिक फोरम नेपालमा आबद्ध रहेका थिए । उनको पार्टी नेपाली काग्रेसमा बिलय भएपछि उनी एमालेमा प्रबेश गरेका हुन । अन्तत उनैलाई एमालेले उम्मेदबार बनाएको छ । आयातित र दलबदलुले उम्मेदबार बन्ने मौका पाएपछि कार्यकर्ताहरुले असन्तुष्टि ब्यक्त गरेका छन ।

कसैले असन्तुष्टि पोखेका छन भने कसैले उम्मेदबारी दिएर पार्टी नेतृत्वको बिरोध जनाएका छन । रौतहटको क्षेत्रनम्बर १ मा मधेशबादी दलको गठबन्धन बाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा उम्मेदबार बनेपछि  संघिय समाजबादी फोरम नेपालका बबन सिह, क्षेत्रनम्बर ४ को प्रदेश सभा ( क ) मा राजपा नेपालका उम्मेदबार प्रदिप शमशेर जबरा आधिकारिक उम्मेदबार रहेपनि राजपा नेपालकै शेष फुलबाबु भनिने अब्दुल कलाम र प्रदेश सभा ( ख ) का बामगठबन्धन बाट माओबादी केन्द्रका उम्मेदबार देबेन्द्र पटेल आधिकारिक भएपनि माओबादी केन्द्रका राजु धामीको उम्मेदबारी कायम रहेपछि पार्टीका आधिकारिक उम्मेदबार चिन्तित बनेका छन । बागि उम्मेदबारीले चुनाबी प्रचार लाई तिब्रता दिएका छन ।

CIAA grills three including former Chief Secy in purchase of transformers

The Commission for Investigation of Abuse of Authority (CIAA) has summoned three former and current high ranking bureaucrats including former Chief Secretary Rajendra Kishore Chettri in connection to the procurement of electric transformers of Nepal Electricity Authority (NEA).

The anti-graft body recorded statements of former Chief Secretary Chettri, former Secretary at the Ministry of Energy Bishwa Prakash Pandit and incumbent Secretary at the same Ministry Arjun Kumar Karki.

The Commission said it  summoned these three men following the revelation of embezzlement of more than 30 million rupees from the state coffer to buy substandard electric transformers and a consultant was hired to manipulate the case at the Special Court.

The Commission had decided to file a case against the irregularities relating to the purchase of the transformer some three years ago.

The Commission has blamed that NEA mediated following the decision and tried to manipulate the situation to the benefits of those alleged in the scam.

Similarly, CIAA recorded statements of four persons for amassing wealth disproportionate to their income.

Under the CIAA's scanner were former Inspector General of Police Upendra Kanta Aryal, Secretary of Government Gajendra Thakur, Deputy Superintendents of Police at Kathmandu Metropolitan City Dhanapati Sapkota and Rajunath Pandey.

NSC meeting focuses on election security arrangements

A meeting of the National Security Council (NSC) yesterday held discussions focusing on the security arrangements in view of the upcoming elections to the House of Representatives and State Assemblies scheduled for November 26 and December 7.

The meeting took place at the Prime Minister's official residence, Baluwatar yesterday evening focused on the discussions about the elections preparations, untoward security challenges and required strategies to cope with such situation.

In the meeting, Prime Minister Sher Bahadur Deuba urged the chiefs of all security bodies to take all elaborative measures so as to make the elections impartial and peaceful, it is learnt.

Chiefs of Nepalese Army, Nepal Police, Armed Police Force and National Investigation Department apprised the meeting about security strategies adopted for the current time and for the twin elections.

UML-Maoist Centre electoral alliance, base for unification: Oli

CPN (UML) chair KP Sharma Oli has claimed that the leftist alliance would garner majority in the upcoming elections to the House of Representatives and State Assemblies.

In his address to the election campaign of leftist alliance held in Phungling of Taplejung, a part of the Province no. 1, yesterday, he urged voters to be confident of the winning of the leftist alliance in the elections and formation of a permanent government under its leadership after the polls.

He went on to say that the electoral alliance forged between the CPN (UML) and CPN (Maoist Centre) was the base for unification between them. The declaration of party unification would take place after the elections.

ठूलो र धेरै मतपत्रका कारण मत बदरको चिन्ता बढ्यो

बैतडी ।

शिक्षा कार्यक्रम ढिलो सञ्चालन हुने भएपछि बैतडीका मतदातालाई मत बदर हुने चिन्ता लागेको छ ।

निर्वाचनको मिति नजिक आइसक्दा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान प्रक्रियाका बारे सबैले जानकारी पाउन नसेकेकोले आफ्नो मत बदर हुने होकी भन्ने चिन्ता लागेको बैतडी सुर्नया गाउपालिका –६ का बल्देब अवस्थीले बताउनुभयो ।

प्रदेश तथा प्रतिनिधि सभाको चुनाव एकै दिन भएको र मतदान गर्ने तरिका नसिकाएकाले कसरी मतदान गर्ने अन्योल रहेको स्थानियले बताएकाछन् ।

निर्वाचन आयोगले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग अलग मत पत्रको व्यवस्था गरेपछि मतदाताले तीन मतपत्र मार्फत चार मत दिनुपर्नेछ ।

ग्रामीण क्षेत्रका नागरिकलाई मतदानको बिषयमा समयमा बुझाउन नसके धेरै मत बदर हुने बिरेन्द्र माबि साहिलेकका शिक्षक हर्क चन्दले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा धेरै जसो लेखपढ गर्न नजान्ने नागरिक भएकाले मत बदर हुने आशंका गरिएको हो ।

निर्वाचन कार्यालयले भने मतदाता शिक्षालाई सकेसम्म प्रभावकारी बनाउने जनाएको छ ।

१८२ ओटा मतदाता शिक्षा स्वयंसेवकलाई कार्तिक २६ गतेबाट परिचालन गरिने अधिक्तम नागरिकलाई मतदान प्रक्रियाका बारेमा सिकाउने लक्ष्य रहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताउनुभयो ।

गाउँगाउँमा गएर मतदाता शिक्षा स्वयंसेवकले नागरिकलाई मतदान प्रक्रियाको बारेमा सिकाइने भएकाले सबै मतदाताले  मतदानको प्रक्रिया थाहा पाउने र मत बदर संख्या निकै कम हुने जिल्ला निर्वाचन कार्यालयको दाबी छ  ।

एमाले अध्यक्ष ओलीलाई भेटेर युरोपियन युनियन टोलीले राखे पर्यवेक्षणको जिज्ञासा

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण टोलीले आज भेट गरेको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको भेटका क्रममा युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीले,  निर्वाचनको पर्यवेक्षण गर्न आफुहरुको पहुँच र सहजताका विषयमा जिज्ञासा राखेका थिए ।

त्यसक्रममा एमाले अध्यक्ष ओलीले निर्वाचन निश्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन पर्यवेक्षणमा सवै पक्षको स्वतन्त्र पहुँचका लागि आफ्नो पार्टी तयार रहेको बताउनु भएको एमाले नेता विष्णु रिमालले जानकारी दिनु भयो ।

भूकम्पको दोश्रो किस्ता लिएर फर्किएका ४ जना घर पुग्न पनि पाएनन्, ७ जना गम्भिर घाईते

सिन्धुली ।

सिन्धुलीको फिक्कल गाउपालिका ४ टर्कीबेसीमा बुलेरो दुर्घट्ना हुदाँ ४ जनाको मृत्यु भएको छ । अन्य ७ जना गम्भिर घाईते भएका छन् ।

खुर्कोटबाट खाङसाङ तर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

उकालो चढ्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खेतमा खसेर दुर्घटना भएको जिल्ला प्रहरि कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा फिक्कल गाउँपालिका ४ का ४० वर्षीय अम्बर बहादुर दर्लामी, रामप्रसाद बराल, ५९ बर्षीय दिप बहादुर मगर र ६० बर्षीय नरबहादुर बलम्पाकी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरि नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

घाइतेहरुको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भैरहेको प्रहरि नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

गाडी चालक फिकल गाँउपालिका ३ खोलागाँउ बस्ने ३५ बर्षीय यज्ञ राना मगरलाई प्रहरीले पक्राउ परेको छ । अधिकांश यात्रुहरु भुकम्पको दोश्रो किस्ताको रकम लिएर घर फर्केका थिए ।

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाईते, ५ को अवस्था गम्भिर

नेपालगञ्ज ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत् बाँकेको अगैया नजिकै आज विहान यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक यज्ञ भट्टराईले जानकारी

दिनुभयो । काठमाण्डौंबाट जाजरकोटका लागि छुटेको ना ६ ख ४०२ नम्वरको बस बाँकेको राप्तीसोनारी १ मा पर्ने अगैया नजिकै दुर्घटनामा परेको हो ।

घाइते सबैको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web