काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण टोलीले आज भेट गरेको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको भेटका क्रममा युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीले, निर्वाचनको पर्यवेक्षण गर्न आफुहरुको पहुँच र सहजताका विषयमा जिज्ञासा राखेका थिए ।

त्यसक्रममा एमाले अध्यक्ष ओलीले निर्वाचन निश्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन पर्यवेक्षणमा सवै पक्षको स्वतन्त्र पहुँचका लागि आफ्नो पार्टी तयार रहेको बताउनु भएको एमाले नेता विष्णु रिमालले जानकारी दिनु भयो ।

26.12¡ÆC