ठूलो र धेरै मतपत्रका कारण मत बदरको चिन्ता बढ्यो

कार्तिक २०, २०७४ मा प्रकाशित | 877 views

बैतडी ।

शिक्षा कार्यक्रम ढिलो सञ्चालन हुने भएपछि बैतडीका मतदातालाई मत बदर हुने चिन्ता लागेको छ ।

निर्वाचनको मिति नजिक आइसक्दा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान प्रक्रियाका बारे सबैले जानकारी पाउन नसेकेकोले आफ्नो मत बदर हुने होकी भन्ने चिन्ता लागेको बैतडी सुर्नया गाउपालिका –६ का बल्देब अवस्थीले बताउनुभयो ।

प्रदेश तथा प्रतिनिधि सभाको चुनाव एकै दिन भएको र मतदान गर्ने तरिका नसिकाएकाले कसरी मतदान गर्ने अन्योल रहेको स्थानियले बताएकाछन् ।

निर्वाचन आयोगले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग अलग मत पत्रको व्यवस्था गरेपछि मतदाताले तीन मतपत्र मार्फत चार मत दिनुपर्नेछ ।

ग्रामीण क्षेत्रका नागरिकलाई मतदानको बिषयमा समयमा बुझाउन नसके धेरै मत बदर हुने बिरेन्द्र माबि साहिलेकका शिक्षक हर्क चन्दले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा धेरै जसो लेखपढ गर्न नजान्ने नागरिक भएकाले मत बदर हुने आशंका गरिएको हो ।

निर्वाचन कार्यालयले भने मतदाता शिक्षालाई सकेसम्म प्रभावकारी बनाउने जनाएको छ ।

१८२ ओटा मतदाता शिक्षा स्वयंसेवकलाई कार्तिक २६ गतेबाट परिचालन गरिने अधिक्तम नागरिकलाई मतदान प्रक्रियाका बारेमा सिकाउने लक्ष्य रहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताउनुभयो ।

गाउँगाउँमा गएर मतदाता शिक्षा स्वयंसेवकले नागरिकलाई मतदान प्रक्रियाको बारेमा सिकाइने भएकाले सबै मतदाताले  मतदानको प्रक्रिया थाहा पाउने र मत बदर संख्या निकै कम हुने जिल्ला निर्वाचन कार्यालयको दाबी छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web