पूर्वराष्ट्रपति रामवरणमाथि अपमान, घर छाड्न पत्रिकामा निक्ल्यो १५ दिने सूचना

कार्तिक २०, २०७४ मा प्रकाशित | 1193 views

काठमाडौं ।

प्रधानमन्त्री तथा काँग्रेस सभापती शेरबहादुर देउवा सरकारले चुनावको मुखमा कार्यकर्तालाई ४ करोड बढी रुपैयाँ बाँडेको खुलाशा केहीदिन अघि सार्वजनिक भयो ।

५६ जना जम्बो मन्त्री बनाएर सत्ता टिकाइराखेकै छन् । २० अर्ब बढी भ्रष्टाचार गरेको विभिन्न प्रमाण सहितका खवर आएपनि एउटा सरकारी कर्मचारी चुडामणी शर्मा अपत्याशित छुटाइए र अहिले गुमनाम बनाइएको छ । तर दुखको कुरा पूर्वराष्ट्रपति डा. रामवरण यादवको बेइज्जत हुनेगरि घर छाड्न भन्दै पत्रिकामा सूचना निक्लंदा समेत राज्यले दिनुपर्ने खर्च नदिइ देउवा सरकारले देशकै बेइज्जत गरेको छ ।

आफ्नै पार्टीका पूर्व महामन्त्री रहँदा पार्टीकै पहलमा राष्टपति बनाएर राज्यले भाडाको घरमा राखेर भाडा भने नतिरिदिंदा पूर्वराष्ट्रपति पटक पटक सार्वजनिक बेइज्यती खेप्दै आएका छन् ।

गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना नै निकालेका छन् ।

पूर्वराष्ट्रपति यादव ललितपुर ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्ने निर्णय अनुसार तिर्दै आएपनि हाल समयमा नतिरिदिंदा यस्तो अवस्था आएको हो ।

घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकामा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर नै खाली गरिदिन भनेका छन् ।

घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ( सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४ ४ १ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भइ जाने व्यहोरा सादर अनुरोध छ ।’

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा समेत सरकारले नतिरिदिंखा पूर्वराष्ट्रपति यादवले सार्वजनिक बेइज्जती खेप्नु परेको छ भने घरबेटी विष्टले आफ्नो घरको भाडा नपाएर सास्ती व्यहोर्नुपरेको छ ।

सरकारले पूर्वप्रंधानमन्त्रीलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।

आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक-पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटी विष्टले उल्लेख गरेका छन् ।

सरकारले पूर्वप्रंधानमन्त्रीहरुलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ । तर नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने एकमात्र पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै,  यसबाट सिंगो राष्ट्र र राष्ट्रपतिको गरिमामा नै आँच पुग्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web