Doti jeep accident victims identified

Three persons died in a road accident at Deurali of KI Singh rural municipality-3 in Doti district today.

The deceased have been identified as Anita Khadka, 19, of Adarsha rural municipality-1, jeep driver Khemraj Ojha, 55, of KI Singh rural municipality-1 and Roshan Tamrakar, 25, of Bogtan rural municipality-6, according to the District Police Office, Doti.

Similarly, eight others were also injured in the same accident. Condition of Hansu Khadka, 45, and Sarita Khadka, 13, of Adarsha rural municipality-1 are reported to be in critical condition and have been sent to Nepalgunj for further treatment.

Office of Chief Election Officer, Morang invalidates candidacy of Nashrul

The Office of Chief Election Officer, Biratnagar has invalidated the nomination registered by Mohammed Nashrul Miya, seeking his candidacy for the State Assembly election from Morang constituency no. 6 (B) from the Rastriya Janata Party.

Yadubansha Saha Haluwai registered a complaint against Miya's candidacy, citing that Miya is not the official candidate for the State Assembly election from Morang constituency no-6 (B).

Haluwai in his complaint attached a letter signed by party coordinator Mahantha Thakur confirming his nomination by the party and the office scrapped Miya's candidacy on the same basis, the office said.

Women to compete in elections from Kaski

A total of 12 women are in the fray from Kaski district in the election to the House of Representatives and Provincial Assembly to be held on November 26.

Of the total 101 candidates who filed their nominations at the concerned election office, four are competing for a seat to the House of Representatives and eight in the provincial assembly.

Those competing are from Rastriya Janamukti Party, Rastriya Jana morcha, Federal Socialist Forum Nepal and Nepal Dalit Party, Mangol National Organization, RPP, Nepali Congress. There are no women candidates from the Communist alliance while four women are contesting as independent candidates.

रामचन्द्र पौडेलको क्षेत्रमा उम्मेद्धारी दिएका भ्रष्टाचारी गोविन्दराज जोशीको उम्मेद्धारी खारेज

तनहुँ ।

निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।

आयोगबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतमा सजाय पाएको देखिन आएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसार स्वतन्त्र उम्मेदवार जोशीको उम्मेदवारी कायम नरहने निर्णय भएको हो ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १० जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।

उपेन्द्र यादव भन्छन्-‘सप्तरी जिल्ला पछाडी परेकाले यहाँबाट उम्मेद्धारी दिएं’

सप्तरी ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले सप्तरीको विकास गर्न आफुले सप्तरी जिल्लाबाटै निर्वाचनमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले आज राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीका जनताकोे चाहनाले आफूलाई तानेर ल्याएको बताउनुभयो ।

अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी रहेको बताउनुहुदै प्रादेशिक सीमाङ्कनमा राज्यले ठूलो बेइमानी गरेकोले संविधान संशोधनका लागि निर्वाचनपछि संघर्ष गरिने बताउनुभयो ।

यस्तो रह्यो यो साता नेपाली शेयर बजार

काठमाडौं ।

साताको पहिलो दिनको तुलनामा १७.४२ अंकले घटेर अन्तिम दिन १ हजार ५ सय २२ अंकमा पुुगेको छ । यो साताको स्टकको कारोवार रकम भने गत साताको भन्दा ३१.२७ अंकले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ  जस अनुसार २२ हजार ८ सय ८२ कारोबारबाट दुई अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरका ६२ लाख ६६ हजार चार सय ५० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ जलविद्युत, उत्पादनमूलक र अन्य समूह बाहेकाका अरु सबै समूहको कारोवर घटेको छ ।

यो साता कारोबार रकमको आधारमा राष्ट्रिय विमा कम्पनी लिमिटेड संस्थापक, कारोबार भएको सेयर संख्याको आधारमा ज्योती विकास बैंक लिमिटेड र कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

काँग्रेसका उम्मेद्धार ! भारतीय नाकाबन्दीको बिरोध गर्नेले टिकट पाएनन्, समर्थन गर्ने सबै उम्मेद्धार

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसले भारतले भूकम्पपछि समस्यामा परेको नेपालमाथि लगाएको नाकाबन्दीको बिरोध गर्ने पार्टीका नेतालाई उम्मेद्धार बन्नबाट रोक्दै भारतको समर्थन गर्नेलाई उम्मेद्धार बनाउँदै पुरस्कृत गरेको छ ।

यहाँसम्मकी काँग्रेसको घोषणापत्र मस्यौदा र उम्मेदवार चयन दुवैमा भारतीय पक्ष हावी भए देखिएको छ । मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा भारतीय नाकाबन्दीलाई ‘दक्षिणी सीमा अवरोध’ भनी उल्लेख गरेको कांग्रेसले नाकाबन्दीको विपक्षमा उभिन बैठकमा लिखित प्रस्ताव गर्ने चार नेतालाई उम्मेदवार हुनबाट समेत वञ्चित गरेको छ ।

कांग्रेसले भारतले नाकाबन्दी अझै कसिलो बनाउनु पर्ने भन्दै लगातार सीमा नाकामा धर्ना बस्ने ब्यक्तिहरुलाई सक्रिय राजनीतिमा नभए पनि खोजी खोजी उम्मेदवार बनायो भने नाकाबन्दीको विरुद्ध पार्टीले बोल्नु पर्ने आवाज उठाउने केन्द्रीय सदस्यहरु सबैलाई उम्मेदवारीबाट बञ्चित गर्यो ।

भारतले नाकाबन्दी अझै कसिलो पार्नु पर्ने विचारको पैरवी गर्ने र त्यसका कांग्रेसको नेतृत्वलाई सहमत गराउने काममा सक्रिय रहेका नेताहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, दीपकुमार उपाध्याय, अमरेशकुमार सिंह, फमुल्लाह मन्सुर, प्रदीप गिरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनीहरुको सहज जितको वातावरण बनाउन भारतीय दूतावासले खुलेरै राजनीतिक वार्ता गर्ने र मैदानमा खट्नेसमेत काम गरेको छ । अझ नाकाबन्दीको प्रखर ब्यवस्थापक मानिएका दमननाथ ढुंगानालाई सक्रिय राजनीतिमा नभए पनि सहजै जित्ने क्षेत्र खोजी गरी भारतीय पक्षकै दवावमा भक्तपुर २ मा उम्मेदवार बनाइएको छ ।

उता नाकाबन्दीको औपचारिक रुपमै विरोध गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव दर्ता गराएका चार जना केन्द्रीय सदस्यहरुलाई उम्मेदवार हुनबाट वञ्चित गरिएको छ । कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डेलाई लोकप्रिय केन्द्रीय सदस्य भए पनि कांग्रेसले उम्मेदवार नबनाएको हो ।

गुरुङ, घिमिरे, पाण्डे र परियारले ०७२ चैत २१ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भारतीय नाकाबन्दीबारे कांग्रेस बोल्नु पर्ने र भारत तथा ईयुले नेपालको संविधान विरुद्ध गरेको वक्तब्यको विरोध गर्नु पर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए । तर, उनीहरुको लिखित प्रस्तावबारे कांग्रेस नेतृत्वले बैठकमा छलफल नै चलाएको थिएन । भारतीय नाकाबन्दीको विपक्षमा रहेको पार्टीको देशभक्त धारलाई समाप्त पार्न चुनावमा टिकट नै नदिइएको कांग्रेस स्रोतले वताएको छ ।

भारतीय नाकाबन्दीका बेला कांग्रेस नेता निधि, रिजाल, मन्सुर र सिंहले नेपालमा भारत विरोधी भावना भड्किएको भन्दै नेपाली पक्षलाई नै गाली गरेका थिए भने भारतले नाकाबन्दी नलगाएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । यस्तै नेता प्रदीप गिरीले भारतले नाकाबन्दी कसिलो नबनाए नेपालमा जनताले अधिकार नपाउने जनाउँदै नाकाबन्दी अझै कसिलो पार्न सुझाव दिएका थिए ।

गिरीको उक्त सुझावबारे केही समयअघि भारतीय लोकसभाका सांसद मणिशंकर ऐयरले आफ्नो लेख मार्फत नै खुलासा गरेका छन् । भक्तपुर २ बाट उम्मेदवार बनाइएका दमननाथ ढुंगाना भने विखण्डनकारी सीके राउतसँग पटक पटक वार्ता गर्दै उनको पक्षमा वकालत गर्ने ब्यक्ति हुन् । राउतको बिखण्डन अभियानका पक्षमा मानवअधिकारकर्मीको रुपमा ढुंगानाले विज्ञप्ति नै निकालेका थिए । ढुंगाना भारतीय नाकाबन्दीका बेला रक्सौलको नाकामा धर्ना बस्न नै पुगेको चक्रपथ अनलाइनमा प्रकाशित खवर साभार गरिएको हो ।

दोस्रो अभ्यास खेलमा नेपाली नेपाली क्रिकेट टोली पराजित

काठमाडौं ।

एसिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको युथ १९ नेपाली किशोर टिम दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाल, बंगलादेशसँग १२३ रनको फराजिलो अन्तरले पराजित भएको हो ।

घरेलु टोलीले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भयो । नेपालको सुरुदेखि नै सम्हालिन सकेन ।

४ रन जोड्दा ओपनर सन्दिप सुनारलाई गुमाएको नेपालले थप १० रन जोड्दा दोस्रो विकेटका रुपमा आसिफ शेख आउट भए । नेपालले ६० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो ।

पवन सर्राफ, रसिद खान र सन्दिप लामिछाने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् भने कप्तान दिपेन्द्र सिंह ऐरी शुन्यमै आउट भए । रसिदले २४, पवनले १६ र सन्दिपले १३ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन बनायो ।

उसका लागि सैफ हसनले ६२ रन बनाए भने अफिफ हुसेनले ५९ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले समान २(२ विकेट लिएका थिए ।

जापानी कम्पनीद्धारा नेपालमा ग्याँसमा लगानी, अब ठूलो सिलिण्डरका साथै पाइपबाटै वितरण

काठमाडौं ।

खाना पकाउने एलपी ग्यासमा विदेशी लगानी भित्रिएको छ । बारास्थित एलएल ब्रान्डको ग्यास उद्योगमा जापानको ख्यातिप्राप्त ग्यास वितरक व्यापारिक संस्था साइसान कम्पनी लिमिटेडले ५१ प्रतिशत सेयर खरिद गरेको छ । साइसानले ५१ प्रतिशत सेयर किनेपछि एलएल ग्यासमा नेपाली व्यवसायी कृष्णकुमार श्रेष्ठको अब ४९ प्रतिशत सेयर रहने भएको छ ।

साइसान कम्पनीले गत साउन २१ गते एलएल ग्यास उद्योगसँग लगानीसम्बन्धी सम्झौता गरेको थियो । कम्पनीका समुद्रपार व्यापार विभागका वरिष्ठ सल्लाहकार अकिओ मुराताका अनुसार एलएल ग्यास उद्योगले नयाँ प्रविधिमा आधारित खाना पकाउने ग्यास बजारमा ल्याउनेछ ।

विदेशी लगानी भित्र्याइसकेपछि एलएलले चाँडै नै बारासहित धादिङ र पोखराको जामुनेबाट आफ्नो व्यावसायिक उत्पादन सुरु गर्नेछ। तीनवटै स्थानबाट उत्पादन गर्न सरकारबाट अनुमतिसमेत प्राप्त गरिसकेको मुराताकाको दाबी छ। उनका अनुसार तीनवटै स्थानबाट गरी पहिलो वर्ष चार हजार पाँच सय मेट्रिक टन ग्यास वितरण गर्ने लक्ष्य छ ।

दोस्रो वर्षमा भने १० हजार मेट्रिक टन ग्यास वितरण गर्ने कम्पनीको योजना छ। हाल एलएल ग्यास उद्योगसँग वार्षिक दुई हजार पाँच सय ८० मेट्रिक टनबराबरको सिलिन्डर उत्पादन गर्ने क्षमता छ भने ५० मेट्रिक टन क्षमताका दुईवटा रिफिलिङ सेन्टर छन् ।

एलएलले सुरक्षाका दृष्टिकोणले विश्वमै लोकप्रिय मानिएको प्रविधिको प्रयोग गरी खाना पकाउने सिलिन्डर उत्पादन गर्नुका साथै मध्यम र ठूला पाँचतारे होटल, अपार्टमेन्ट, हाउजिङ, अस्पताल, ठूलाठूला क्यान्टिन, पार्टी प्यालेसलगायत स्थानमा पाइपलाइनको सहयोगमा ग्यास आपूर्ति गर्ने जानकारी दिएको छ। ‘यस्ता स्थानमा हामी ठूलो क्षमताको भण्डार निर्माण गर्नेछौं, त्यसपछि प्रत्येक किचेनमा रहेका ग्यास चूलोलाई भण्डारगृहबाट पाइपलाइनमा जडान गर्नेछौ' मुराताकाले सोमबार भने, ‘यसरी पाइपलाइन जडान भइसकेपछि हाम्रो बल्क मोबाइल भ्यानले आवश्यकताका आधारमा भण्डारमा ग्यास भरिदिने सुविधा उपलब्ध गराउने योजना छ ।'

यो प्रविधि निकै सुरक्षित मानिने उनको भनाइ छ। पाइपलाइनबाट ग्यास लिकेज हुने जोखिम कम हुन्छ । ‘लिकेज भए पनि पाइपलाइनमा जडान भएको प्रविधिले आफै ग्यासको मुख्य स्वीच अफ गरिदिने भएकाले यसबाट कुनै पनि प्रकारको मानव जोखिम हुँदैन । समन्वयकर्ता सन्तोष पौडेलका अनुसार एलएल ग्यासमा लगानी भित्र्याउनुअघि साइसान कम्पनीले २०१६ को अप्रिलदेखि करिब चार महिनासम्म नेपालको ग्यासको बजार, सुरक्षा र प्रविधिबारे स्थलगत अध्ययन गरेको राजेश बर्माले अन्नपूर्णमा खवर लेखेका छन् ।

अध्ययनका क्रममा नेपालमा वार्षिक पाँचदेखि १० प्रतिशतका दरले खाना पकाउने ग्यासको माग बढ्दै गएको पाइएको थियो। त्यही अनुपातमा दुर्घटना पनि बढ्दै गएकाले नेपाली उपभोक्तालाई सुरक्षित खाना पकाउने ग्यास सुविधा उपलब्ध गराउन नेपाली कम्पनीमा लगानी गरिएको मुराताकाले जानकारी दिए ।

२०४५ सालमा स्थापित साइसान कम्पनी खाना पकाउने ग्यासको क्षेत्रमा जापानमै उत्कृष्ट मानिन्छ। यो कम्पनीले मंगोलिया, बंगलादेश, भियतनाम, कम्बोडिया,  अस्ट्रेलिया र इन्डोनेसियाको ग्यास उद्योगमा ठूलो लगानी गरेको छ ।

एलएल ग्यास यसअघि चौधरी घराना समूहले सञ्चालन गर्दै आएका थिए। त्यसपछि यसको सम्पूर्ण सेयर अर्को व्यापारिक घरानालाई बिक्री गरिएको थियो । कच्चा तेल भित्र्याउन नेपाल आयल निगमले सन् २००८ मा एलएल स्थापना गरेको थियो ।

व्यावसायिक काम गर्न नसकेपछि २०१४ मा यसलाई निजीकरण गरिएको थियो । निजीकरणपछि यो उद्योग चौधरी ग्रुपले सम्हाल्दै आएको छ ।

काठमाडौंबाट दुई, पोखराबाट तीन भारतीय सुटर भारत सरकारले बनाएको पेस्तोल सहित पक्राउ

काठमाडौं ।

आपराधिक घटनालाई दुतावासकै दबावमा दवाउने गरेका कारण नेपालमा भारत सरकारकै आपराधिक गतिविधि बढेको फेरी एकपटक पुष्टि भएको छ ।

सांसद् मिर्जा दिलसाद वेग हुन् वा जमिम शाह एवं युनुश अन्सारी हत्या सबैमा भारतीय संलग्नता पाइएपनि अनुसन्धाननै गुपचुप पार्दै आएको नेपाल प्रहरीले आफ्नै कारण यस्ता आपराधिक घटना बढाउन सहयोग गर्दै आएको घटनाक्रम बृद्धिले देखाएको छ ।

पछिल्लो पटक पाकिस्तानी दुतावासका कर्मचारीमाथि महाराजगञ्जमा कारभित्रै भएको गोली प्रहार देखी पाकिस्तानी पुर्न सैनिकको भारतीय सिमा नजिकबाट अपहरण पछि बेपत्ताको घटनाले पनि भारतले नियोजित रुपमा यस्ता आपराधिक घटनामा संलग्नता प्रत्यक्ष अप्रत्यक्ष खेलिरहेको देखिन्छ ।

यस्तै घटनाको अर्को श्रृंखला घटको छ लगातार काठमाडौं र पोखरामा ।

भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ पोखरामा पक्राउ परेका छन् । प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् ।

४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

दुई भारतीय काठमाडौंको कमलादीबाट पेस्तोलसहित पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको हो । भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो ।

पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रहरीले उनीहरुसँगै अर्का १ जना नेपालीलाई पनि नियन्त्रणमा लिएको छ । यद्यपि, ती नेपालीको पनि परिचय खुलाइएको छैन ।

यता गाडी हतियार सहित दर्जनौं जिल्ला तथा करिव सय प्रहरीको चेकपोष्ट पार गर्दा समेत नेपाल प्रहरीले भारतीय बन्दुकधारी समाउन नसकेको रहस्य खुलासा भएको छ ।

काठमाडौं कमलादीस्थित एक डान्सबारमा बुधबार साँझ गोली प्रहार गरेपछि समातिएका दुई भारतीय नागरिकबाट बरामद हतियार अनि पन्जाब लुदियानाका जसभिर सिंह र हरवेन्द्र सिंह भारतबाटै गाडी भाडामा लिएर सुनौली नाका हुँदै मंगलबार साँझमात्रै काठमाडौं आइपुगेका थिए ।

डान्सबारभित्र बिल तिर्न भनेपछि आफु भारतीय प्रहरीभएको भन्दै धम्कीदिएर उनिहरुले पेस्तोल देखाउँदै गोली नै चलाए । लगत्तै खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गर्न भने नागरिकको सहयोगमा सफल भयो । उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, ५१ राउन्ड गोली र चारवटा म्याग्जिन फेला पारेको छ ।

प्रारम्भिक बयानमा दुवै जनाले भारतबाटै पेस्तोल लिएर आएको बताएका छन् । प्रहरीका अनुसार बरामद हतियार लाइसेन्सप्राप्त हो । बरामद गोलीको पनि लाइसेन्स रहेको जनाइएको छ । उनीहरूको साथबाट भारतीय प्रहरीको परिचयपत्र पनि बरामद भएको छ, जुन उनीहरुसँग सम्बन्धित छैन । हरवेन्द्रले आफू भारतस्थित विद्युत् प्राधिकरणको कर्मचारी भएको बताएका छन् । जसभिरले भने कृषि फर्म सञ्चालक भएको दाबी गरेका छन् ।

उनले पन्जाबमा आफ्नो ठूलो फार्म हाउस भएको र गत वर्ष आफूलाई गोली प्रहार भएपछि लाइसेन्स लिएर हतियार बोक्न थालेको बताएका छन् । दुवैले पहिलोपटक नेपाल आएको बयान दिएका छन् । उनिहरुको साथबाट प्रहरीले अरुकै नाममा रहेको भारतीय प्रहरीको परिचयपत्र समेत बरामद गरेको छ ।

गोली चलेको डान्सबारका सञ्चालकले भने जसभिरले आफूहरूलाई भारतीय प्रहरीका रूपमा चिनाएर तर्साएको बताएको छन् । ‘हतियार बोकेर हिँड्नु अवैध हो भन्ने जानेको छैन भन्नु बकवास हो । घटना र पक्राउ परेका भारतीयलाई संवेदनशील मान्नुपर्छु, एक उच्च प्रहरी अधिकृत भन्छन् ।

काठमाडौं प्रहरी परिसरले बिहीबार काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ ।

श्रोत अनुसार काठमाडौंबाट पक्राउ परेका यि दुईलाई छाड्न भारतीय दुतावासका कर्मचारीहरुले दबाव दिन थालेका छन् । उनिहरुले आरोपत्र फितलो बनाउन र जरिवाना तिराएर छाडिदिन प्रहरी नेतृत्वमा दबाव दिइरहेका छन् ।

‘पलपल’ गित मार्फत गायक बनेर उदाए पत्रकार ‘रबिन्द्र गोर्खाली’ (भिडियो सहित)

टोकियो ।

पत्रकारको रुपमा परिचय बनाएका रबिन्द्र श्रेष्ठ आफ्नो पहिलो गीत पलपल सार्वजनिक गर्दै नव गायकको रुपमा उदाएका छन् ।

नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले पलपल बोलको पप गितमा आफ्नी प्रेमिकाको पर्खाइ र समपर्ण प्रस्तुत गरेका छन् ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ ।  नवगायक श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पाश्र्व स्वरमा साथ दिएकी छन् ।

प्लाटिनम स्टुडियोमा छायांकन गरिएको भिडियोमा स्वयम् नवगायक श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतको निर्माण एनाफोर्मिक फिल्मस्ले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ ।

कर्मभुमी जापान बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका तथा रविन्द्र गोर्खालीका रुपमा परिचत श्रेष्ठ चर्चीत अनलाई न्युजपोर्टल नेपालसन्देश तथा जापानसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन् ।

नेपाली कामदारलाई जापान राजेगारी सहज बनाउन ‘जिट्को’ सम्झौता परिमार्जन तयारी

काठमाडौं ।

सरकारले नेपाली कामदारलाई जापानको रोजगारी सहज बनाउने प्रयास अगाडि बढाएको छ ।

औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’ का रूपमा नेपाली कामदार जापान पठाउन यसअघि भएको दुईपक्षीय सम्झौता परिमार्जन गर्दै जापानको रोजगारी सहज बनाउन खोजिएको हो ।

जापानको श्रम बजार नेपाली कामदारका लागि सीमित आकर्षक गन्तव्यस्थलका रूपमा रहेको छ । तर, जापानको रोजगारी नेपाली कामदारका लागि त्यति सहज पहुँच भने मानिँदैन ।

विद्यमान सम्झौताअनुसार सीमित संख्यामा मात्रै जापानबाट प्रशिक्षार्थी कामदारको माग आउन सक्ने भएकाले थोरै मात्र कामदार जापान जान सक्ने अवस्था छ ।

नेपाल सरकार र जापान सरकारको अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय ९जिट्को० बीच ३ डिसेम्बर, २००३ मा नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक कामदारहरू जापान पठाउनेसम्बन्धी सम्झौता भएको थियो ।

जसअनुसार आर्थिक वर्ष ०६४/६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो । २०७४ असोज मसान्तसम्म १८ हजार ७ सय ८५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर रोजगारीका लागि जापान गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सम्झौताअनुसार सुुरुमा कामदार पठाउन नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गरिएकोमा २०६६ यता वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र प्राप्तमध्ये जिट्कोअन्तर्गत कामदार पठाउन सूचीकृत म्यानपावरले समेत कामदार पठाउन सक्ने व्यवस्था गरिएको छ ।

जापानको औद्योगिक श्रम बजारमा नेपाली कामदारहरूले सिकेको ज्ञान, सिप र दक्षता नेपालको आर्थिक तथा औद्योगिक विकासका लागि महत्वपूर्ण र उपयोगी हुने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् । हाल जिट्को अन्तर्गत सूचीकृत ९२ वटा म्यानपावरले नेपाली कामदार जापान पठाउने गरेका छन् ।

हाल सूचीकृत म्यानपावरहरूले जिट्कोमार्फत आवश्यक कामदारको माग ल्याउने र त्यसै आधारमा श्रम स्वीकृति लिएर प्रशिक्षार्थीका रूपमा नेपाली कामदार जापान पठाउने गरिएको छ । जसका कारण सीमित संख्यामा मात्र नेपाली कामदार रोजगारका लागि जापान जान सक्ने अवस्था छ ।

जिट्को सम्बन्धी हालको सम्झौता परिमार्जन भएमा सूचीकृत म्यानपावरहरूले जापानका उद्योग तथा प्रतिष्ठानमा आवश्यक कामदारको माग सोझै ल्याएर नेपाली कामदार जापान पठाउन सक्नेछन् । जसले गर्दा नेपाली कामदारका लागि आकर्षक रोजगार गन्तव्य मानिएको जापान जान केही सहज हुने श्रम तथा रोजगार मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

सम्झौता परिमार्जन गर्न परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग कूटनीतिक प्रयास भइरहेको छ । जसअनुसार विभिन्न चरणमा दुईपक्षीय छलफल तथा संवाद चलिरहेको र त्यस विषयमा जापानी पक्ष सकारात्मक रहेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले बताए । ‘छलफलका क्रममै रहेकाले सम्झौता परिमार्जन कहिले हुन्छ, तत्काल भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘सकेसम्म छिटो निष्कर्षमा पुग्ने मन्त्रालयको प्रयास छ ।’

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web