तेह्रथुम ।

जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा शिसु हेरचाह केन्द्रको भवन बन्ने भएको छ । जिल्लाको छथर गाउँपालिका ५ ओख्रेमा रहेको केन्द्रमा भवन निमार्ण हुन लागेको हो ।

एक्सनएड नेपालको आर्थीक सहयोग २ लाख ५० हजार र दलित सचेतना समाज नेपालको ब्याबस्थापनमा भबन निमार्ण हुने भएको समाजका सामाजिक परिचालक जगनाथ कटुवालले बताउनु भयो ।

महिलाहरु लाई स्वरोजगार बनाउने उदेस्यले सञ्चालित शिसु हेरचाह केन्द्र स्थानीय गुन्ज बहादुर नेपालीको घरमा भाडामा सञ्चालन हुदै आएको र केन्द्रको आफ्नै भवन नहुँदा बिभीन्न समस्या रहँदै आएको स्थानिय जनक दासले बताउनु भयो ।

रकम प्राप्त हुने भए सँगै निमार्णको लागी प्राबिधीक स्टामेट तयार गरिने प्रबिधीक गोबिन्द बहादुर खत्रीले बताउनुभयो । भवन निमार्णका लागी फुलमाया शिवाको संयोजकत्वमा ७ सदस्यीय निमार्ण समिती गठन गरीएको छ ।

त्यस्तै सामान खरिद र भवनको मुल्याङन तथा अनुगमन समिती समेत तयार गरिएको छ । भवन र्काितक २० गतेबाट निमार्ण कार्य सुरु हुने भएको छ ।

महिलाहरुलाइे सहजताको लागी स्थानीय जलदेबी र रोटेििपङ महिला समुहको अगुवाईमा केन्द्र बिगत ४ बर्षदेखी सञ्चालनमा रहेको छ । एक जना हेरालु रहने उक्त केन्द्र आफ्ना वाल बच्चा राखेर दिनभरी ग्रामिण महिलाहरु मेलापात तथा अन्य सिपमुलक काममा लागिरहेका छन् ।

भ्रष्ट गोविन्दराजको जिकिर उम्मेदवारी कानूनले छेक्दैन, उम्मेद्धार बने रामचन्द्र पौडेललाई महासंकट

काठमाडौं ।

भ्रष्टाचारी ठहर भएर सजाय पाएका काँग्रेस नेता गोविन्दराज जोशीले आफ्नो उम्मेद्धारी रद्द नहुने जिकिर गरेका छन् ।

एक राष्ट्रिय दैनिकले कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी गैरकानूनी भएको खबर दिएसँगै उनको उम्मेदवारीबारे कानुनीवृत्तमा टिकाटिप्पणी भैरहेको छ । र, आम मतदातावृत्तमा यसले आशंका जन्माएको पनि छ । तर केही कानूनविदहरुले भने जोशी उपर लगाइएको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेका कारण उनले दिएको उम्मेदवारीमा दाबी विरोध गर्न नमिल्ने तर्क गरिरहेका छन् ।

नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार इकाईका पूर्व अध्यक्ष अधिवक्ता परशुराम गिरी प्रस्तुत मुद्दामा विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनराबेदन परी विचाराधिन अबस्थामा रही रहेको कारण जोशीको उम्मेदवारी कानुनवमोजिम नै भएको बताउँछन् ।

जोशी उपर लगाइएको मुद्दा विचाराधिन रहेकाले शुरु विशेष अदालतले गरेको पहिलो फैसलालाई आधार मानेर उम्मेदवारी दिन नमिल्ने भन्ने कुरा कानुन संगत छैन । उनले भने,‘दाबी बिरोध परे पनि त्यो कानुन संगत हुँदैन ।’

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ मा ‘भ्रष्टाचार, जर्बजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजायँ पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सो भन्दा बढी कैद सजायँ पाई त्यस्तो फैसला अन्तिम भएको’ भन्ने व्यवस्था छ । तर जोशी बिरुद्ध लगाइएको भ्रष्टचार सम्बन्धि मुद्दाको अन्तिम फैसला भै नसकेका कारण उनको उम्मेदवारी गैरकानूनी भन्ने कानूनी आधार नभएको अधिवक्ता गिरीको तर्क छ ।

अर्का अधिवक्ता कृष्णहरि वाग्लेले पनि जोशीको उम्मेदवारीलाई गैरकानूनी भन्ने आधार नभएको तर्क गरेका छन् । ‘नेपालको विद्यमान प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा निर्वाचन निर्देशिका २०७४’ अनुसार कुनै पनि आधारमा जोशीको उम्मेदवारी खारेज हुने अवस्था नरहेको उनले तर्क गरे । उनले पनि भ्रष्टाचार मुद्दामा अन्तिम फैसला हुन बाँकी रहेकै अवस्थामा उम्मेदवारीलाई गैरकानूनी भन्न सकिने अवस्था नरहेको जिकिर गरे ।

उम्मेदवारी कमजोर पार्न अफवाह

कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ का बलिया उम्मेदवार हुन् । पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका जोशीले आम कार्यकर्ताको टिकटबाट आफूले चुनाव जित्ने जिकिर गरिरहेका छन् ।

यस्तोमा उनको उम्मेदवारी निकै महत्वपूर्ण ठानिएको छ । कतिपयले आफ्ना चिर प्रतिद्वन्द्वी कांग्रेस नेता रामचन्द्र पौडेललाई चुनाव हराउन जोशीले उम्मेदवारी दिएको तर्क समेत गर्ने गरेका छन् । तर जोशी कोही कसैलाई हराउन भन्दा पनि आफ्ना मतदाताको आग्रहअनुसार चुनाव जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको बताउँछन् ।

उम्मेदवारी दर्ता तथा घोषणाका बेला पञ्चेबाजा सहित ठूलो दलबलका साथ काँग्रेस कार्यकर्ताहरुनै लिएर जानुले पनि उनको पक्षमा केही मतदाताको आकर्षण देखिएको छ ।

यसले पनि उनको उम्मेदवारीलाई विचलित पार्ने हिसाबले विभिन्न अफवाह फैलाउने काम भएको उनीनिकट नेताहरुले जिकिर गरिरहेका छन् ।

लामो समय कानूनी वकालत गरेका र कुशल कानून व्यवसायीसमेत रहेका जोशीले यति ठूलो निर्णय गर्नुपूर्व कानूनी पृष्ठभूमिबारे बुझेर नै उम्मेदवारी दिएकाले पनि उनको उम्मेदवारीमा असर नपर्ने उनी निकट काँग्रेस नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

संयुक्त बाम गठबन्धनबाट उम्मेद्धार रहेको तनहुँ १ मा जोशीको उम्मेद्धारी रद्द नभएमा काँग्रेसको भोट रामचन्द्र पौडेल र जोशीमा बाँडिने हुँदा निर्वाचनमा बिजयको दाबी गरेपनि धर्मर अवस्थामा रहेका नेता पौडेल जोशीकै कारण पराजित हुने काँग्रेस समर्थकहरुले नै बताइरहेका छन् ।

अछाममा चुनावी चहलपहल बढ्यो, यस्ता छन् ६ जनाको लागि उम्मेद्धार बनेका १६ जना

अछाम ।

आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेद्धारी दर्ता भएसंगै अछाममा चुनावी माहौल तातेको छ ।

दुई प्रतिनिधि तथा ४ प्रदेश सदस्य निर्वाचित हुने अछाममा निर्वाचनका गतिविधि समेत बढेका छन् भने जनताले उम्मेद्धारबाट जिल्लाको विकासको अपेक्षा पनि गरेका छन् ।

उम्मेद्धारहरुले मनोनयन दर्ता भएसंगै अछाममा चुनावि गतिविधि विभिन्न राजनीतिक दलले तीब्र पारेका छन् । अब हुने निर्वाचनबाट विययी हुने उम्मेद्धारबाट जनताले पनि जिल्लाको विकास तथा समृद्धिको अपेक्षा राखेका छन् ।

अछाम जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका समस्या अन्य जिल्ला जस्तै व्याप्त छन् ।

नागरिकका विभिन्न अपेक्षाका विच राजनीतिक दलले उम्मेद्धारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर १ को ख मा उम्मेद्धारी दिनुभएका झपड बोहरा आफ्नो उद्देश्य आत्मनिर्भर समाज हुने बताउनु हुन्छ ।

अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावल चुनावी मैदानमा हुनुहुन्छ । उहाँ देशको समृद्धि देखि जिल्लाको विकासका योजना आफ्ना प्राथमिकतामा रहने बताउनु हुन्छ ।

अछाम जिल्लामा १ जना स्वतन्त्र लगायत ७ दलका २३ जनाले उम्मेद्धारी दिएका छन् । दुईओटा प्रतिनिधि सभाका लागि ७ जना र ४ प्रदेश सभाका लागि १६ जनाले उम्मेद्धारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अछाममा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९ सय ३ जना मतदाता रहेका छन् ।

चितवनमा थ्रेसरमा बेरिएर एकजनाको मृत्यु

चितवन ।

धानझार्ने क्रममा थ्रेसरमा बेरिएर आज चितवनको रत्ननगरमा एक जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १५ स्थित माधवपुरमा नारायण न्यौपानेको खेतमा धान झार्दै गर्दा थ्रेसरमा परेर शुक्रबार अपरान्ह तीनबजे मजदुरको मृत्यु भएको हो ।

उक्त घटनामा परी कालिका नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय तपन बहादुर थापामगरको ज्यान गएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो ।

धानझार्ने क्रममा एक्कासी कपडा बेरिंदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

चितवनमा थ्रेसरमा बेरिएर एकजनाको मृत्यु

चितवन ।

धानझार्ने क्रममा थ्रेसरमा बेरिएर आज चितवनको रत्ननगरमा एक जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १५ स्थित माधवपुरमा नारायण न्यौपानेको खेतमा धान झार्दै गर्दा थ्रेसरमा परेर शुक्रबार अपरान्ह तीनबजे मजदुरको मृत्यु भएको हो ।

उक्त घटनामा परी कालिका नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय तपन बहादुर थापामगरको ज्यान गएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो ।

धानझार्ने क्रममा एक्कासी कपडा बेरिंदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

माओवादीको एकनम्वर समानुपातीकमा रेखा, बाबुरामको करिश्मा (यस्तो छ समानुपातीक सूची)

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची शुक्रबार सार्वजनिक गरेको छ ।

आयोग स्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलबाट छ हजार ९४ उम्मेदवारको नाम समावेश भएको प्रारम्भिक विवरण रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरूष ७८३, महिला ९३१ र अन्य एक, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् । यसैगरी अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए । सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सो सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिनेसमेत व्यवस्था छ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार यही कात्तिक १८ देखि २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम छ । जाँचबुझपछि बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशन गरी आगामी मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन मार्फत छान्ने आफ्नो सांसदको सूची सार्वजनिक भएको छ । सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा पूर्वमन्त्री रेखा शर्मालाई राखेको छ ।

ल्ह्यारक्याल लामा पनि माओवादीको समानुपातिक सूचीमा परेका छन् । उनको नाम बन्दसूचीको ५६ औं नम्बरमा पाइएको छ ।

पहिलो संविधानसभामा एमालेबाट समानुपातिबाट सांसद बनेका लामा दोस्रो संविधानसभामा माओवादीवादीबाट समानुपातिकबाट सांसद बनेका थिए ।

अर्थ राज्यमन्त्री हुँदा दोहोरो नागरिकता भेटिएपछि उनले राजीनामा दिएका थिए ।

तर पछि एमाले छाडेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई एउटा गाडी उपलब्ध गराएको तथा पैसा दिएर समानुपातीक सासंद बनाएको चर्चा चलेको थियो ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार रेखा पहिलो नम्बरमा छिन् भने दोस्रो नम्बरमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्मशिला चापागाईँ र चौथो नम्बरमा सत्या पहाडी छिन् ।

यसैगरि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको समानुपातिकको पहिलो नम्बरमा नायिका करिष्मा मानन्धरलाई राखिएको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचिमा नयाँ शक्तिबाट पार्टीबाट करिष्मा मानन्धरको नाम एक नम्बरमा छ ।

मानन्धर नयाँ शक्ति पार्टी निर्माण भएसँगै नयाँ शक्तिमा प्रवेश गरेकी थिइन । उनी पार्टीको केन्द्रीय परिषद सदस्य हुन् ।

यस्तै नयाँ शक्तिबाट हिसिला यमीकी दिदी तिमिला यमी पनि समानुपातिकमा परेकी छन् । तर हिसिला यमी भने छैनन् ।

दलहरुले समानुपातीक सांसदमा राखेको नामावली सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

लायनद्वारा इभर्टन ३–० ले पराजित

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत भएको खेलमा इभर्टनलाई लायनले ३–० को अन्तरमा हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लायनका लागि ६८ औं मिनेटमा टारोरे, ७६ औं मिनेटमा अयर र ८८ औं मिनेटमा डिपेले गोल गरेका हुन् ।

८० औं मिनेटमा सेनिडर्लिन दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि इभर्टन १० खेलाडीमा सिमित भएको थियो ।

यस्तै बिहीबार राति नै भएको खेलमा आर्सनले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले । साथै, भिटोरिया ग्युमारेसले मार्सेलीलाई १–० ले हरायो ।

नेपाली सामान आयातका लागि कोलकातामा छुटै टर्मिनल

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा नेपाली सामान आयातका लागि छुटै टर्मिनल सेवा शुरु भएको छ ।

नेपाली सामान बोकेका कन्टेनरहरु महिनौदेखि जाममा परी अलपत्र भएपछि उत्पन्न समस्या समाधानका लागी कोलकाता बन्दरगाहले नेपाली समान ढुवानीका लागि छुट्टै टर्मिनल सेवा दिएको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बताउनुभयो ।

भारतीय रेल्वे अन्तर्गतको ‘कन्कोर’ले नेपाली कार्गो ढुवानीका लागि कोलकातास्थित ‘माजरहाट टर्मिनल्स’ सुविधा बापत उपलब्ध गराएको हो ।

कोलकाता बन्दरगाहमा सधैं जामको समस्या र यसले करोडौं रुपैयाँ विलम्ब शुल्कको भार खेपिरहेका नेपाली व्यवसायीलाई यो सुविधाले धेरै राहत पुग्ने दाबी वैद्यले गर्नुभयो ।

नेपालले यो टर्मिनलका लागि धेरै दिन अघि प्रस्ताव गरेको भएपनि कार्यान्यवन हुन नसकेको अवस्थामा हालै कोलकाता बन्दरगाहको निर्णयले नेपाल व्यवसायीहरुलाई राहत पुग्ने भएको छ ।

अब कन्टेनर ओसारपसारमा सहज हुने र समग्र व्यापारमा सकारात्मक प्रभाव देखिने वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताउनुभयो ।

एकल चित्रकला प्रदर्शनी शुुभारम्भ

काठमाडौं । राष्टपति विद्यादेवी भण्डारीले गौथली कविता संग्रहको विमोचन र एकल चित्रकला प्रदर्शनीको आज काठमाडौंमा शुुभारम्भ गर्नुुभयो ।

राष्टपति भण्डारीले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित कार्यक्रममा शंकर प्रसाद कोईरालाको अंग्रेजी कविता कृति गौथली कविता संग्रहको विमोचन गर्नुभयो । त्यससँगै राष्ट्रपति भण्डारीले अरुणा हिङमाङको एकल चित्रकला प्रदर्शनीको शुुभारम्भ गर्नुुभयो ।

कार्यक्रममा राष्टकवि माधव प्रसाद घिमिरे, शताब्दी पुुरुष सत्यमोहन जोशी, प्राज्ञ किरण मानन्धर लगायतले गौथली कविता संग्रहबाट नेपालको साहित्यिक चिनारी अन्तराष्ट्रिय क्षेत्रसम्म पुुग्ने धारणा राख्नुुभएको थियो ।

एकल चित्रकला प्रदर्शनी ९ दिनसम्म चल्नेछ ।

यस्तो छ कर्मचारी समायोजन नियमावलीको मस्यौदा

काठमाडौँ । सामान्य प्रशासन मन्त्रायलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो ।

तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको समान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराउनुभयो ।

नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

नियमावलीमा कुन संरचनामा कति कर्मचारी रहने गरी संगठन संरचना तयार पार्न संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्ने समेत उल्लेख गरिएको छ ।

नियमावलीमा ३ महिनाभित्र स्वेच्छिक अवकाशमा जाने–नजाने कर्मचारीको व्यक्तिगत वितरण संकलन गरिने उल्लेख रहेको छ । यस्तै कार्यरत पदको ज्येष्ठता, संघ, प्रदेश र स्थानीय तहको रोजाइ तथा स्थायी बसोबासका आधारमा कर्मचारी समायोजन गरिने नियमावलीमा उल्लेख छ ।

प्रवक्ता न्यौपानेले नियमावली ल्याइसकेपछि ६ महिनाभित्रमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिने स्पष्ट पार्नुभयो ।

सरकारले असोज २२ गते कर्मचारी समायोजनसम्बन्धी ऐन जारी गरेको थियो ।

अनुमतिमा लिएको हतियार पनि अनिवार्य बुझाउनु पर्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कानूनी रूपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार कात्तिक मसान्तभित्र अनिवार्य रूपमा बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कार्यालयले सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी तथा कानूनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारका विस्फोटक, रसायनिक, विषालु पदार्थ, लाठी, खुकुरी, बन्दुक पेस्तोलजस्ता हतियार लिएर हिँड्न, प्रदर्शन गर्न वा गराउन पनि पूर्ण रूपले निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरण कार्यमा पूर्ण बन्देज लगाएको उल्लेख गरेको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँमा शान्ति सु–व्यवस्था कायम गर्न कार्यालयले उच्च शतर्कता अपनाएको जनाएको छ ।

निर्वाचनलगत्तै एमाले–माओवादीबीच एकताः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचन सकिएलगत्तै एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने बताउनुभएको छ ।

एमाले टोखाद्धारा आयोजित कार्यकर्ता भेलामा उहाँले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो ।

24.12¡ÆC