भ्रष्ट गोविन्दराजको जिकिर उम्मेदवारी कानूनले छेक्दैन, उम्मेद्धार बने रामचन्द्र पौडेललाई महासंकट

कार्तिक १८, २०७४ मा प्रकाशित | 771 views

काठमाडौं ।

भ्रष्टाचारी ठहर भएर सजाय पाएका काँग्रेस नेता गोविन्दराज जोशीले आफ्नो उम्मेद्धारी रद्द नहुने जिकिर गरेका छन् ।

एक राष्ट्रिय दैनिकले कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी गैरकानूनी भएको खबर दिएसँगै उनको उम्मेदवारीबारे कानुनीवृत्तमा टिकाटिप्पणी भैरहेको छ । र, आम मतदातावृत्तमा यसले आशंका जन्माएको पनि छ । तर केही कानूनविदहरुले भने जोशी उपर लगाइएको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेका कारण उनले दिएको उम्मेदवारीमा दाबी विरोध गर्न नमिल्ने तर्क गरिरहेका छन् ।

नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार इकाईका पूर्व अध्यक्ष अधिवक्ता परशुराम गिरी प्रस्तुत मुद्दामा विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनराबेदन परी विचाराधिन अबस्थामा रही रहेको कारण जोशीको उम्मेदवारी कानुनवमोजिम नै भएको बताउँछन् ।

जोशी उपर लगाइएको मुद्दा विचाराधिन रहेकाले शुरु विशेष अदालतले गरेको पहिलो फैसलालाई आधार मानेर उम्मेदवारी दिन नमिल्ने भन्ने कुरा कानुन संगत छैन । उनले भने,‘दाबी बिरोध परे पनि त्यो कानुन संगत हुँदैन ।’

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ मा ‘भ्रष्टाचार, जर्बजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजायँ पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सो भन्दा बढी कैद सजायँ पाई त्यस्तो फैसला अन्तिम भएको’ भन्ने व्यवस्था छ । तर जोशी बिरुद्ध लगाइएको भ्रष्टचार सम्बन्धि मुद्दाको अन्तिम फैसला भै नसकेका कारण उनको उम्मेदवारी गैरकानूनी भन्ने कानूनी आधार नभएको अधिवक्ता गिरीको तर्क छ ।

अर्का अधिवक्ता कृष्णहरि वाग्लेले पनि जोशीको उम्मेदवारीलाई गैरकानूनी भन्ने आधार नभएको तर्क गरेका छन् । ‘नेपालको विद्यमान प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा निर्वाचन निर्देशिका २०७४’ अनुसार कुनै पनि आधारमा जोशीको उम्मेदवारी खारेज हुने अवस्था नरहेको उनले तर्क गरे । उनले पनि भ्रष्टाचार मुद्दामा अन्तिम फैसला हुन बाँकी रहेकै अवस्थामा उम्मेदवारीलाई गैरकानूनी भन्न सकिने अवस्था नरहेको जिकिर गरे ।

उम्मेदवारी कमजोर पार्न अफवाह

कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ का बलिया उम्मेदवार हुन् । पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका जोशीले आम कार्यकर्ताको टिकटबाट आफूले चुनाव जित्ने जिकिर गरिरहेका छन् ।

यस्तोमा उनको उम्मेदवारी निकै महत्वपूर्ण ठानिएको छ । कतिपयले आफ्ना चिर प्रतिद्वन्द्वी कांग्रेस नेता रामचन्द्र पौडेललाई चुनाव हराउन जोशीले उम्मेदवारी दिएको तर्क समेत गर्ने गरेका छन् । तर जोशी कोही कसैलाई हराउन भन्दा पनि आफ्ना मतदाताको आग्रहअनुसार चुनाव जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको बताउँछन् ।

उम्मेदवारी दर्ता तथा घोषणाका बेला पञ्चेबाजा सहित ठूलो दलबलका साथ काँग्रेस कार्यकर्ताहरुनै लिएर जानुले पनि उनको पक्षमा केही मतदाताको आकर्षण देखिएको छ ।

यसले पनि उनको उम्मेदवारीलाई विचलित पार्ने हिसाबले विभिन्न अफवाह फैलाउने काम भएको उनीनिकट नेताहरुले जिकिर गरिरहेका छन् ।

लामो समय कानूनी वकालत गरेका र कुशल कानून व्यवसायीसमेत रहेका जोशीले यति ठूलो निर्णय गर्नुपूर्व कानूनी पृष्ठभूमिबारे बुझेर नै उम्मेदवारी दिएकाले पनि उनको उम्मेदवारीमा असर नपर्ने उनी निकट काँग्रेस नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

संयुक्त बाम गठबन्धनबाट उम्मेद्धार रहेको तनहुँ १ मा जोशीको उम्मेद्धारी रद्द नभएमा काँग्रेसको भोट रामचन्द्र पौडेल र जोशीमा बाँडिने हुँदा निर्वाचनमा बिजयको दाबी गरेपनि धर्मर अवस्थामा रहेका नेता पौडेल जोशीकै कारण पराजित हुने काँग्रेस समर्थकहरुले नै बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web