नेपाली सामान आयातका लागि कोलकातामा छुटै टर्मिनल

कार्तिक १७, २०७४ मा प्रकाशित | 876 views

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा नेपाली सामान आयातका लागि छुटै टर्मिनल सेवा शुरु भएको छ ।

नेपाली सामान बोकेका कन्टेनरहरु महिनौदेखि जाममा परी अलपत्र भएपछि उत्पन्न समस्या समाधानका लागी कोलकाता बन्दरगाहले नेपाली समान ढुवानीका लागि छुट्टै टर्मिनल सेवा दिएको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बताउनुभयो ।

भारतीय रेल्वे अन्तर्गतको ‘कन्कोर’ले नेपाली कार्गो ढुवानीका लागि कोलकातास्थित ‘माजरहाट टर्मिनल्स’ सुविधा बापत उपलब्ध गराएको हो ।

कोलकाता बन्दरगाहमा सधैं जामको समस्या र यसले करोडौं रुपैयाँ विलम्ब शुल्कको भार खेपिरहेका नेपाली व्यवसायीलाई यो सुविधाले धेरै राहत पुग्ने दाबी   वैद्यले गर्नुभयो ।

नेपालले यो टर्मिनलका लागि धेरै दिन अघि प्रस्ताव गरेको भएपनि कार्यान्यवन हुन नसकेको अवस्थामा हालै कोलकाता बन्दरगाहको निर्णयले नेपाल व्यवसायीहरुलाई राहत पुग्ने भएको छ ।

अब कन्टेनर ओसारपसारमा सहज हुने र समग्र व्यापारमा सकारात्मक प्रभाव देखिने वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web