काँग्रेसका उम्मेद्धार ! भारतीय नाकाबन्दीको बिरोध गर्नेले टिकट पाएनन्, समर्थन गर्ने सबै उम्मेद्धार

कार्तिक १८, २०७४ मा प्रकाशित | 1196 views

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसले भारतले भूकम्पपछि समस्यामा परेको नेपालमाथि लगाएको नाकाबन्दीको बिरोध गर्ने पार्टीका नेतालाई उम्मेद्धार बन्नबाट रोक्दै भारतको समर्थन गर्नेलाई उम्मेद्धार बनाउँदै पुरस्कृत गरेको छ ।

यहाँसम्मकी काँग्रेसको घोषणापत्र मस्यौदा र उम्मेदवार चयन दुवैमा भारतीय पक्ष हावी भए देखिएको छ । मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा भारतीय नाकाबन्दीलाई ‘दक्षिणी सीमा अवरोध’ भनी उल्लेख गरेको कांग्रेसले नाकाबन्दीको विपक्षमा उभिन बैठकमा लिखित प्रस्ताव गर्ने चार नेतालाई उम्मेदवार हुनबाट समेत वञ्चित गरेको छ ।

कांग्रेसले भारतले नाकाबन्दी अझै कसिलो बनाउनु पर्ने भन्दै लगातार सीमा नाकामा धर्ना बस्ने ब्यक्तिहरुलाई सक्रिय राजनीतिमा नभए पनि खोजी खोजी उम्मेदवार बनायो भने नाकाबन्दीको विरुद्ध पार्टीले बोल्नु पर्ने आवाज उठाउने केन्द्रीय सदस्यहरु सबैलाई उम्मेदवारीबाट बञ्चित गर्यो ।

भारतले नाकाबन्दी अझै कसिलो पार्नु पर्ने विचारको पैरवी गर्ने र त्यसका कांग्रेसको नेतृत्वलाई सहमत गराउने काममा सक्रिय रहेका नेताहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, दीपकुमार उपाध्याय, अमरेशकुमार सिंह, फमुल्लाह मन्सुर, प्रदीप गिरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनीहरुको सहज जितको वातावरण बनाउन भारतीय दूतावासले खुलेरै राजनीतिक वार्ता गर्ने र मैदानमा खट्नेसमेत काम गरेको छ । अझ नाकाबन्दीको प्रखर ब्यवस्थापक मानिएका दमननाथ ढुंगानालाई सक्रिय राजनीतिमा नभए पनि सहजै जित्ने क्षेत्र खोजी गरी भारतीय पक्षकै दवावमा भक्तपुर २ मा उम्मेदवार बनाइएको छ ।

उता नाकाबन्दीको औपचारिक रुपमै विरोध गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव दर्ता गराएका चार जना केन्द्रीय सदस्यहरुलाई उम्मेदवार हुनबाट वञ्चित गरिएको छ । कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डेलाई लोकप्रिय केन्द्रीय सदस्य भए पनि कांग्रेसले उम्मेदवार नबनाएको हो ।

गुरुङ, घिमिरे, पाण्डे र परियारले ०७२ चैत २१ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भारतीय नाकाबन्दीबारे कांग्रेस बोल्नु पर्ने र भारत तथा ईयुले नेपालको संविधान विरुद्ध गरेको वक्तब्यको विरोध गर्नु पर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए । तर, उनीहरुको लिखित प्रस्तावबारे कांग्रेस नेतृत्वले बैठकमा छलफल नै चलाएको थिएन । भारतीय नाकाबन्दीको विपक्षमा रहेको पार्टीको देशभक्त धारलाई समाप्त पार्न चुनावमा टिकट नै नदिइएको कांग्रेस स्रोतले वताएको छ ।

भारतीय नाकाबन्दीका बेला कांग्रेस नेता निधि, रिजाल, मन्सुर र सिंहले नेपालमा भारत विरोधी भावना भड्किएको भन्दै नेपाली पक्षलाई नै गाली गरेका थिए भने भारतले नाकाबन्दी नलगाएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । यस्तै नेता प्रदीप गिरीले भारतले नाकाबन्दी कसिलो नबनाए नेपालमा जनताले अधिकार नपाउने जनाउँदै नाकाबन्दी अझै कसिलो पार्न सुझाव दिएका थिए ।

गिरीको उक्त सुझावबारे केही समयअघि भारतीय लोकसभाका सांसद मणिशंकर ऐयरले आफ्नो लेख मार्फत नै खुलासा गरेका छन् । भक्तपुर २ बाट उम्मेदवार बनाइएका दमननाथ ढुंगाना भने विखण्डनकारी सीके राउतसँग पटक पटक वार्ता गर्दै उनको पक्षमा वकालत गर्ने ब्यक्ति हुन् । राउतको बिखण्डन अभियानका पक्षमा मानवअधिकारकर्मीको रुपमा ढुंगानाले विज्ञप्ति नै निकालेका थिए । ढुंगाना भारतीय नाकाबन्दीका बेला रक्सौलको नाकामा धर्ना बस्न नै पुगेको चक्रपथ अनलाइनमा प्रकाशित खवर साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web