काठमाडौं ।

साताको पहिलो दिनको तुलनामा १७.४२ अंकले घटेर अन्तिम दिन १ हजार ५ सय २२ अंकमा पुुगेको छ । यो साताको स्टकको कारोवार रकम भने गत साताको भन्दा ३१.२७ अंकले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ जस अनुसार २२ हजार ८ सय ८२ कारोबारबाट दुई अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरका ६२ लाख ६६ हजार चार सय ५० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ जलविद्युत, उत्पादनमूलक र अन्य समूह बाहेकाका अरु सबै समूहको कारोवर घटेको छ ।

यो साता कारोबार रकमको आधारमा राष्ट्रिय विमा कम्पनी लिमिटेड संस्थापक, कारोबार भएको सेयर संख्याको आधारमा ज्योती विकास बैंक लिमिटेड र कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

20.12¡ÆC