टोकियो ।

पूर्वानुमान अनुसार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो एसियाली मुलुकहरुको भ्रमणका क्रममा जापान आइपुगे लगत्तै आफ्नो सम्वोधनमा उत्तरकोरियामाथि थप दबाव बढाउनुपर्ने बताएका छन् ।

जापानको भ्रमण पूर्व हवाई स्थित अमरीकी प्रशांत कमानमा जापानी सेनाको अखडामा उनलाई सैन्य अधिकारि सहित सयौंले स्वागत गरेका थिए ।

त्यसलगत्तै राष्ट्रीय सुरक्षा सलाहकार एच आर मैकमास्टर को साथ पुगेका ट्रम्प हवाईको सैनिक मुख्यालय पुगेका थिए जहाँ कमान्डर ऐडमिरल हैरी हैरिस सँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा ट्रम्पले उत्तरकोरियाको बारेमा छलफल गरेको । परमाणु र मिसाइल क्षेप्यास्त्रले सुसज्जित उत्तर कोरिया अमेरिकाको लागि असुरक्षाको कारण बनिरहेको अभिव्यक्ति राखेको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

जहाँ ट्रम्पले पर्ल हार्बरको यूएसएस ऐरिज़ोना स्मारक समेत पुगेका थिए । जुन द्वितीय विश्व युद्धको समयमा जापानी हमलाका पिडितहरुको स्थल हो ।

ट्रम्प जापानमा

एसियाली मुलुकहरुको भ्रमणका क्रममा हवाईबाट आइतबार अपरान्ह अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान आइपुगेका छन् ।

टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धको प्रशंसा गरेका थिए ।

आफू राष्ट्रपति रहुञ्जेल कोरियाली प्रायद्धिपमा शान्ति कायम राख्न र जापानको स्वतन्त्रताको रक्षा गर्नका निम्ति जापानी सेनालाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए ।

जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्दैछन् ।

गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ । उनी ११ दिने एसियाली देशहरुको भ्रमणमा निक्लेका हुन् ।

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन् ।

आफ्नो भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई थप दबाब दिने अपेक्षा गरिएको छ ।

जापानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेट हुन सक्ने बताएका छन् ।

उत्तर कोरियाली मुद्दामा पुटिनको सहयोग चाहिने भन्दै उनले भेट हुनसक्ने बताएका हुन् । उत्तरकोरियालाई चिन र रसियाको सहयोग रहँदै आएको मानिन्छन् । यि तिनै देश कम्युनिष्ट शासन भएका मुलुक हुन् ।

ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठकमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन् ।

त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउने कार्यक्रम छ ।

19.12¡ÆC