काठमाडौं,साउन २२ । भारतको कोलकातामा जारी दोश्रो अन्तर्राष्ट्रिय कराते च्यापिम्पयनसिपको पहिलो दिन नेपाली खेलाडीले ३ स्वर्ण जितेका छन् । पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए । पर्शुरामले बंगलादेशलाई ५–०, सिंगापुरलाई ३–२ तथा भारतलाई ५–० ले पराजित गरे । सरिताले भारतलाई ३–२, सिंगापुरलाई ४–१ तथा बंगलादेशलाई ५–० ले हराइन् ।

महिला ५० केजीमा स्वर्ण जितेकी एलिसा लामाले फाइनलमा बंगलादेशकी खेलाडीलाई ४–२ ले पाखा लगाएकी थिइन् । त्यसअघि एलिसाले भारतलाई ८–० र सिंगापुरलाई ५–४ ले पन्छाएको भारतबाट स्वर्ण विजेता पर्शुरामले पठाएको इमेलमा उल्लेख छ ।

पुरुष ६७ केजीमा मोहन कार्कीले कांस्यमा चित्त बुझाए । पहिलो चरणमा भारतलाई ६–० ले निराश पारेका मोहनले क्वाटरफाइनलमा बंगलादेशी खेलाडीलाई ४–२ ले हराउदै सेमिफाइनल यात्रा तय गरेका थिए । सेमिफाइनलमा मोहन सिंगापुरका खेलाडीसंग ४–६ ले चुकेपछि कांस्यमा सीमित भएका हुन् ।

पप्पु गुरुङ्, २२ साउन, दोधारा चाँदनी । दोधारा चाँदनीमा बदेलको आक्रमणबाट ३ जना घाईते भएका छन् भने २ को अवस्था चिन्ताजनक रहेको बताईएको छ् । हिजो बिहान करिब ११ बजे खेतवारीमा धान गोड्ने क्रममा शुक्ला फाँटा वन्य जन्तु आरक्ष क्षेत्रबाट गाँउ भित्रिएको एक बिर बदेंलले आक्रमण गरेर दोधारा चाँदनी नगरपालिका वडा नं. ६, शान्ति टोलका अन्ताजी वर्ष ४० का धनसरा शाही, वर्ष २८ का सुमित्रा शाही र वर्ष ३५ का जयमती भण्डारी घाईते बनाएको प्रहरीले जनाएको छ् । उनिहरु मध्य धनसरा शाही र जयमती भण्डारीको अवस्था चिन्ता जनक रहेको परिवारजनले बताएको छ् । आक्रमणबाट धनसरा शाहीको छातीमा प्वाल परेको छ् भने जयमती भण्डारीको बाँया तिघ्रामा चिरिएको र सुमित्रा शाहीलाई लछार पछार गरेको बताईएको छ् । आज बिहान घर नजिकै धान बारीमा धान गोड्दै गर्दा अचानक आएको बिर बदेंलले आक्रमण गर्दा धनसरा शाही र सुमित्रा शाही खेतबारी घाईते भएका थिए भने धारामा पानी खादै गरेका जयमती भण्डारीलाई समेत बिर बदेंलले आक्रमण गरेर घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले जानकारी दिएका छन् । “रेडियो सुन्दै धान गोड्दै गरेको बेला एक्कासी आएको बिर बदेंले आक्रमण गर्यो” जयमती भण्डारीले भनिन् । उनिहरु तिनै जनालाई प्राथमिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पछि भारतको खटिमाको एक निजी अस्पतालमा आइसियुमा राखिएको परिवारजनले जनाएको छ् ।

काठमाडौं,साउन २२ । ब्राजिलको रियो द जनिरो शहरस्थित मराकाना रंगशालामा आफ्नो समृद्ध सांस्कृतिक धरोहर तथा जातिय विविधताको झाँकी प्रदर्शन सहित ब्रजिलको ओलिम्पिक प्रतियोगिताको उदघाटन समारोह भएको छ। समारोहमा दुई सयभन्दा धेरै देशका खेलाडीहरुले ७५ हजार दर्शकका सामु आ आफ्ना देशका झण्डा बोकेर परेड गरेका छन् ।

यस पटकको ओलिम्पिक खेलमा पहिलोपटक शरणार्थीहरुको छुट्टै टोली समावेश गरिएको छ। जसमा १० खेलाडी सामेल छन्। यसअघि ब्रजिलका प्रसिद्ध फुटबल खेलाडी पेलेले खेलस्थलमा ओलिम्पिक टर्च बाल्ने भनिएकोमा उनले स्वास्थ्यका कारण त्यसो गर्न असमर्थ रहेको जनाएका छन्। महान फुटबल खेलाडी पेलेले ओलम्पिक उद्घाटन समारोहमा ओलम्पिक मशाल बालेनन् ।

७५ वर्षका पेले कमजोर स्वास्थ्य अवस्थाका कारण ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन नसकेका हुन् । उनले नै ओलम्पिक मशाल बाल्ने तयारी गरिएको थियो । तर यही वर्ष हिपको सर्जरी भएको र मांशपेशिमा पनि पीडा भएकाले उनी उद्घाटन समारोहमा उपस्थित हुन नसकेका हुन् ।

तीन पटकका विश्वकप विजेता पेलेले भने ‘मेरो स्वास्थ्य अवस्था ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन सक्ने छैन ।’ पेलेले यो आफ्नो व्यक्तिगत निर्णय रहेको बताएका छन् ।

काठमाडौं,साउन २२ । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् । ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए । ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका आजको अन्नपूर्णमा समाचार छ ।

सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्याइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए । ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ । ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिएर जानेहरुसमेत छन् । नेपालीलाइृ बिचल्ली पर्ने ती मानव तस्करलाई ढाका प्रहरीले पक्राउ गरेको छ ।

ती मानव तस्कर नेपाल आउजाउ गरेको समेत पाइएको छ । नयाँ वानेश्वसस्थित एक निजी स्वास्थ्य संस्थाको ‘फिजिसियन कन्सल्टेन्ट’ बाट लिएको परिचयपत्र ती दलालबाट ढाका प्रहरीले जफत गरेको छ । ढाका प्रहरीले उनीहरुको गैरकानुनी हैसियतबारे नेपाली दूतावासलाई जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई दूतावासकै रेखदेखमा ढाकामा राखिएको छ ।

काठमाडौं,साउन २२ ।मधेसी मोर्चा र संघीय गठबन्धनसँग ६ महिनायता टुटेको संवाद सिलसिला जोडदै सरकारले शुक्रबार पहिलो वार्ता गरेको छ । वार्तामा दुई पक्षबीच सहमति भएलगत्तै बिहीबारको मन्त्रिपरिषद्ले मधेस-थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई एक साताभित्र १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको उपचार खर्च बेहोर्ने, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र पक्राउ परेकालाई रिहा गर्ने निर्णय गरेको छ।

मृतकको संख्या यकिन गर्न बाँकी रहेको भन्दै मधेस आन्दोलनका सहिद घोषणा भने शुक्रबारकै मन्त्रिपरिषद्बाट हुन सकेन। मृतकको संख्या यकिन भएपछि सहिद घोषणा गरिने स्रोतले जनायो। सरकार-मधेसी मोर्चा/संघीय गठबन्धन वार्तामा सीमांकनलगायत राजनीतिक मुद्दा सम्बोधनमा गृहकार्य गर्न अनौपचारिक कार्यदल गठन गर्ने पनि सहमति भएको छ।

मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आन्दोलनमा मृत्यु भएकाको पहिचान तथा परिवारसँग समन्वयका लागि मोर्चाले सरकारी पक्षलाई सघाउने, आन्दोलनमा घाइतेको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयले बिलबमोजिम भुक्तानी गर्ने बताए।

सरकारले आन्दोलनकारीको मुद्दा, कैदी रिहाइका लागि गृह मन्त्रालयमार्फत एक साताभित्र तयारी गर्ने निर्णय गरेको पनि उनले बताए। मन्त्रिपरिषद्ले मधेस आन्दोलन क्रममा भएका हिंसात्मक घटना, आगजनी र तोडफोडलगायत विषयमा छानबिन आयोग गठन गर्न एक साताभित्र प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ।

सिंहदररमा शुक्रबार बिहान बसेको दुईपक्षीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नवनियुक्त मन्त्रीहरू सहभागी थिए।मधेसी मोर्चा र संघीय गठबन्धनसँग ६ महिनायता टुटेको संवाद सिलसिला जोडदै सरकारले शुक्रबार पहिलो वार्ता गरेको छ ।

वार्तामा दुई पक्षबीच सहमति भएलगत्तै बिहीबारको मन्त्रिपरिषद्ले मधेस-थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई एक साताभित्र १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको उपचार खर्च बेहोर्ने, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र पक्राउ परेकालाई रिहा गर्ने निर्णय गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

मृतकको संख्या यकिन गर्न बाँकी रहेको भन्दै मधेस आन्दोलनका सहिद घोषणा भने शुक्रबारकै मन्त्रिपरिषद्बाट हुन सकेन। मृतकको संख्या यकिन भएपछि सहिद घोषणा गरिने स्रोतले जनायो। सरकार-मधेसी मोर्चा/संघीय गठबन्धन वार्तामा सीमांकनलगायत राजनीतिक मुद्दा सम्बोधनमा गृहकार्य गर्न अनौपचारिक कार्यदल गठन गर्ने पनि सहमति भएको छ।

मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आन्दोलनमा मृत्यु भएकाको पहिचान तथा परिवारसँग समन्वयका लागि मोर्चाले सरकारी पक्षलाई सघाउने, आन्दोलनमा घाइतेको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयले बिलबमोजिम भुक्तानी गर्ने बताए।

सरकारले आन्दोलनकारीको मुद्दा, कैदी रिहाइका लागि गृह मन्त्रालयमार्फत एक साताभित्र तयारी गर्ने निर्णय गरेको पनि उनले बताए। मन्त्रिपरिषद्ले मधेस आन्दोलन क्रममा भएका हिंसात्मक घटना, आगजनी र तोडफोडलगायत विषयमा छानबिन आयोग गठन गर्न एक साताभित्र प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ।

सिंहदरबारमा शुक्रबार बिहान बसेको दुईपक्षीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नवनियुक्त मन्त्रीहरू सहभागी थिए। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।

पप्पु गुरुङ्, २१ साउन/ कञ्चनपुर । बन्दरगाह पश्चिमी सीमा क्षेत्र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने विषयमा अध्ययन गर्न नेपाल भारत संयुक्त टोली गठन हुने भएको छ । सुक्खा बन्दरगाहका लागि भारत तिर पनि आवश्यक पूर्वाधार बनाउनु पर्ने भएकाले नेपाल भारत संयुक्त टोली बनाउन लागिएको हो । दोधारा चाँदनी बन्ने सुख्खा बन्दरगाहका लागि अध्ययन गर्न दुर्व देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटीको बैठकमा समझादारी भइसकेको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेतले बताए । आईजीसी नेपाल र भारत सरकारका सचिवहरु सम्मिलित संयुक्त समिति हो । सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल तिर मात्रै तयारी गरेर पुग्दैन, भारत तिर पनि आवश्यक संरचना निर्माण गर्नुपर्ने कार्यकारी निर्देशक बस्नेतले भने । दोधारा चाँदनीको भारतीय सीमा क्षेत्रमा आवश्यक संरचना बनाउने विषयमा भारतीय पक्ष सकारात्मक भए पछि दुवै देशका विज्ञ सम्मिलित संयुक्त समिति बनाउने निर्णय भएको छ ।

पप्पु गुरुङ्, २१ साउन, दोधारा चाँदनी । दोधारा चाँदनीका राधा सुनार गाँउलेहरुलाई लिएर जगबुडा नदीमा कट्टामा माटो भरेर नदीको छेउमा जम्मा गर्दै छन् भने कसैले नदीको नजिक बाँसका बिरुवा रोप्न थालेका छन् । आफ्नो गाँउमा नदीको भंगालो रोक्न उनिहरु आजैबाट नदी नियन्त्रण गर्न कस्सीएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, जामुनाघारीका दलित समुदायका करिब ७८ घरधुरीले जैबिक बाध निमार्ण गर्न थालेका हुन् । बिगतका दिनमा जामुनाघारीमा जगबुडा नदीमा बाढ आएर बिचल्ली गर्दै आएको कारण उनिहरु यस वर्ष स्थानियहरु जैबिक तटबन्ध बनाउन कस्सीएका हुन् । दोधारा चाँदनीको जामुनाघारीमा एनएनएसडब्लुए कञ्चनपुरको बिस्तार–२ परियोजनाले बाढीको अवस्थालाई ध्यानमा राखेर जैबिक तटबन्ध तथा बृक्ष रोपण कार्य संचालन गरेको छ् । “हामीलाई एनएनएसडब्लुए कञ्चनपुरको बिस्तार–२ परियोजनाले जगबुडा नदीमा आउने बाढी रोक्न सहयोग गरेको छ्” बिपद् ब्यवस्थापन समितिका अध्यक्ष राधा सुनारले भने । उनिहरुले बाढी नियन्त्रणको लागी जगबुडा नदीमा ५ सय मिटरमा जैबिक तटबन्ध बनाउन थालेका हुन् । सरकारले जगबुडा नदी नियन्त्रण नगरिदिदा बिगतका दिनहरुमा घरमा पानी घुसेर अन्नपानी, लत्ताकपडा भिजाउने गरेको थियो । जगबुडा नदीले जग्गा कटानी गरेर थुप्रै स्थानियहरुको घरवास गरिदिएको एक स्थानिय पबित्रा सुनार बताउछन् । “जैबकि तटबन्ध निमार्ण भएपछि स्थानियहरुमा केही राहतको महशुस गरेका छौं । अझी बाढीको बेला समुदायमा बितराण गरेको उद्धार सामग्री पाएको संस्था प्रति खुशी छौं” पबित्रा सुनारले भने । पक्की तटबन्धको बारे सरकारले समयमै चाँसो राख्नु पर्ने उनको धारणा रहेको छ् । एनएनएसडब्लुए कञ्चनपुरले दोधारा चाँदनीको बिभिन्न स्थानमा बिपद् ब्यवस्थापन समिति गठन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको कार्यालय लगाएत भैरव टोल, पत्थरनाला टोल, जामुनाघारी, ट्वालट्वाले लगाएत क्षेत्रमा बिपद् ब्यवस्थापन समिति गठन गरेर उनिहरुलाई जैबिक तटबन्ध निमार्णमा सहयोग तथा उद्धार सामग्री समेत बितरण गरेको परियोजनाका सामाजिक परिचालक पदम सुनारले जानकारी दिनुभएको छ् । परिचालक पदम सुनार अनुसार बिपद् ब्यवस्थापन समितिहरुलाई तालिम दिएर दोधारा चाँदनी नगरपालिकाको कार्यालय लगाएत भैरव टोल, पत्थरनाला टोल, जामुनाघारी, ट्वालट्वालमा ३५ थान लाईफ जयाकेट, ३० थान जुत्ता, ३५ थान हेडलाईट, ३५ थान सिटी, ३५ थान टर्चलाईट, ३५ थान हेल्मेट, १० थान बैशाखी, १० थान स्टेचर, १० थान त्रिपाल, १० थान प्राथमिक उपचार बक्स, लगाएत डोरी बितरण गरिसकेको छ् । युरोपियन युनियन र ह्याण्डि क्याप ईन्टरनेशनलको सहयोगमा एनएनएस डब्लुएको बिस्तार–२ परियोजनाले दोधारा चाँदनीमा बाढीको बेला समुदायका मानिसहरुलाई सुरक्षित राख्न रु. ६ लाख बराबरको सेभ हाउस समेत निमार्ण गरेको जनाएको छ् । दोधारा चाँदनीको बिभिन्न स्थानमा महाकाली र जगबुडा नदीको आएको बाढीले धन जनको क्षती गर्न थालेपछि समुदायको माँग अनुसार कार्य गर्दै आएको परियोजनाले जनाएका छन् ।

२२ साउन, टोकियो ।
शनिवार र आइतबार जापानमा हुन लागेको नेपाल फेस्टिवलको मूख्य स्टेज सजावटमा नेपाली झण्डा टुक्राएको भनि आएको गुनासोलाई मूल आयोजक समितिले यो नेपाली झण्डा नभई सजावट मात्र भएको जनाएको छ ।

एनआरएन जापानका उपाध्यक्ष एवं मुल आयोजक समितिका उपसंयोजक टासी लामाका अनुसार मूल स्टेज माथि छुट्टा छुट्टै राखिएको सुर्य र चन्द्रमा कुनै झण्डा नभई सजावटको लागि मात्र राखिएको हो ।

नेपाली इन जापान लगायत केही संस्था र व्यक्तिले मुल स्टेज सजावटबारे गरेको गुनसोलाई प्रष्ट पार्दै टासी लामाले भन्नुभयो-'आफ्नो देशको झण्डा कसैले टुक्रयाएर राख्छ भनेर सोच्नै पर्दैन, हामीले नेपालको झण्डा सबैभन्दा माथि सुरुमा नै राखेका छौं । त्यसको अन्तिममा जापानको झण्डा छ अनि बल्ल तल एनआरएन जापानको लोगो र त्यसको दुई तिर सुर्य र चन्द्र सजावटका लागि राखिएको छ ।'

नेपाल फेस्टिवलको सम्पूर्ण तयारी सकिसकेको जानकारी गराउँदै लामाले टेण्ट निर्माण देखी सजावटमा आयोजक कमिटि आफैं खटिएर लागेको भन्दै कतै केही त्रुटी भएको भएपनि सबै नेपाली मिलेर नेपाल फेस्टिवललाई सफल पार्न लाग्न र सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल फेस्टिवल नेपालको पहिचान र गौरवसँग जोडिएको विषयपनि भएकाले अगष्ट ६ र ७ तारिखमा हुने कार्यक्रमलाई नेपाल महोत्सवमा रुपमा सफल पार्न जापानमा रहेका सबै नेपाली सहित जापानी र अन्य देशका नागरिकलाई सहभागी गराउन लामाले आयोजक कमिटिका तर्फवाट आग्रह गर्नुभयो ।

यसैबिच नेपाली पञ्चेबाजा, लोक नृत्य, नेपाली पहिरन, खाना, कपडा र समग्र नेपाल झल्काउनेगरि मिनि नेपालको रुपमा नेपालमा पर्यटन प्रवद्र्धन र जापानीमाझ नेपाल चिनाउने उदेश्यले आयोजना हुन लागेको नेपाल फेस्टिवलको सम्पूर्ण तयारी सकिएको आयोजक समितिले जनाएको छ ।

नेपाल फेस्टिवल टोकियो स्थित योयोगि पार्कमा शनिवार र आइतबार सञ्चालन हुँदैछ ।

यस्तो हुँदैछ नेपाल फेस्टिवलमा

काठमाडौं,साउन २१ । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीप अन्तर्गत नेदरल्याण्ड बिरुद्धको खेलको लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई बिदाई गरेका छन् यही साउन २९ र ३१ गते नेदरल्यान्ड्सविरुद्ध हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दाहालले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाली क्रिकेटले नयाँ पहिचान बनाएको भन्दै दुबै खेल जितेर आउन खेलाडीहरुलाई शुभकामना दिए । टोली शनिबार बिहान टर्की हुँदै नेदरल्यान्ड्स जाने हवाई तालिका छ ।

क्यान निलम्बित भएका अवस्थामा मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि बेंकटापति राजु सम्मिलित छनोट समितिले गत बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा हालै इंग्ल्यान्ड भ्रमणमा अभ्यास खेलेर फर्केका १४ खेलाडी परेका छन् । इंग्ल्याण्ड भ्रमणको टोलीमा रहेका सुवास खकुरेलको ठाउँमा भने सुनील धमलाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुबै खेल जित्दै नेपालले अंकको खाता खोलेको छ ।

त्यसअघिका दुबै चरणका खेलमा नेपाल स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने कार्यक्रम छ । ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल ४ अंकसहित छैटौं स्थानमा छ । नेपालले यसअघि तीन चरणमा खेलबाट ६ खेलबाट ४ खेलमा पराजित भएको छ भने २ खेल जितेको छ, नेपाल विश्वकप छनोटमा पुग्नको लागी नेदरल्याण्डलाई जित्नै पर्ने दबाबमा रहेको छ।

काठमाडौं,साउन २१ । माननीय युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई ने।क।पा। माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघले एक भव्य कार्यक्रम गरी सिंहदरबारमा बधाई तथा शुभकामना प्रदान गरियो । उक्त कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा खेलकुद फ्याक्सन ईन्चार्ज लिला बहादुर थापा र खेलकुद विभाग प्रमुख तथा महासंघका नेता शिव कोइराला “ज्वाला” लगायत सम्पूर्ण पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा १००औं खेलाडीहरुले सामूहिक रुपमा युवा तथा खेलकुद मन्त्रीलाई कार्यकालको शुभकामना र निरन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए । उक्त समारोहमा खेलकुद फ्याक्सन ईन्चार्ज लिला बहादुर थापाले खेलकुद विकासको बाधक ऐन परिवर्तन गर्ने । सबै खेलकर्मीहरुलाई राजनितिक पूर्वाग्रह विना समान रुपमा अगाडि बढाउने आशय व्यक्त गरे ।

काठमाडौं,साउन २१ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रथम एसिया प्यासिफिक गोजुरियो कराते च्याम्पियनसिप तथा पाँचौं एजीकेएफ कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बालुवाटारमा बिदाइ गरे ।अगष्ट ११ देखि १४ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगितामा रमेश अधिकारी, सुमन तिमल्सिना, सुरज तामाङ, अनिश ठाकुर, सोनु थापा, सागर न्यौपाने, राजन तामाङ, सागर भेटवाल, नेत्रकुमार थापा, मोहित परियार, लक्ष्मी क्षेत्री, रोजिना बेगम, प्रकाश गुरुङ, कालु घले, रिन्जिन लामा, रामकुमार गिरी, कमल तामाङ, डम्बरबहादुर शाही, वीरेन्द्रबहादुर शाही तथा खेमराज शाही रहेका छन् ।

टोली नेतामा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्र, निर्णायकमा विसनसिंह खड्का, पुकार दर्लामी, पेम्बा तामाङ र रामकुमार श्रेष्ठ तथा अफिसियलमा सीताराम कँडेल, संगम रिजाल, प्रमोद पाण्डे, सीपी घर्ती मगर तथा राजेशबहादुर श्रेष्ठ रहेका छन् ।

टिम प्रशिक्षकमा सानुबाबु गिरी छन् । टोलीका केहि सदस्य शुक्रबारै मलेसिया प्रस्थान गरेका छन् बाँकी पछि जानेछन् ।

काठमाडौं,साउन २१ । मन्त्रिपरिषदको बैठकले १४ जना राजदूतहरुको नाम फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पराराष्ट्र सेवाबाट आएका आठ राजदूतबाहेक बाँकी राजनीतिक पृष्ठभूमिबाट आएका १४ राजदूतहरूको सिफारिस फिर्ता लिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेको २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट आएका १४ जनालाई सिफारिस गरिएका थियो ।

जसमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा.खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् । त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । त्यस्तै खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ ।

यी मध्ये थापा र रायमाझी राप्रपा नेपालको कोटाका हुन् भने बस्न्यात राप्रपा र पराजुली बिजय गच्छदारको पार्टीबाट सिफारिस भएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नवगठित सरकारले मुलुकभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न तोकिएको म्यादभित्रै आउने परिवारलाई प्रोत्साहन स्वरुप एक हजार प्रदान गर्न समेत निर्णय गरेको छ।