पप्पु गुरुङ्, २२ साउन, दोधारा चाँदनी । दोधारा चाँदनीमा बदेलको आक्रमणबाट ३ जना घाईते भएका छन् भने २ को अवस्था चिन्ताजनक रहेको बताईएको छ् । हिजो बिहान करिब ११ बजे खेतवारीमा धान गोड्ने क्रममा शुक्ला फाँटा वन्य जन्तु आरक्ष क्षेत्रबाट गाँउ भित्रिएको एक बिर बदेंलले आक्रमण गरेर दोधारा चाँदनी नगरपालिका वडा नं. ६, शान्ति टोलका अन्ताजी वर्ष ४० का धनसरा शाही, वर्ष २८ का सुमित्रा शाही र वर्ष ३५ का जयमती भण्डारी घाईते बनाएको प्रहरीले जनाएको छ् । उनिहरु मध्य धनसरा शाही र जयमती भण्डारीको अवस्था चिन्ता जनक रहेको परिवारजनले बताएको छ् । आक्रमणबाट धनसरा शाहीको छातीमा प्वाल परेको छ् भने जयमती भण्डारीको बाँया तिघ्रामा चिरिएको र सुमित्रा शाहीलाई लछार पछार गरेको बताईएको छ् । आज बिहान घर नजिकै धान बारीमा धान गोड्दै गर्दा अचानक आएको बिर बदेंलले आक्रमण गर्दा धनसरा शाही र सुमित्रा शाही खेतबारी घाईते भएका थिए भने धारामा पानी खादै गरेका जयमती भण्डारीलाई समेत बिर बदेंलले आक्रमण गरेर घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले जानकारी दिएका छन् । “रेडियो सुन्दै धान गोड्दै गरेको बेला एक्कासी आएको बिर बदेंले आक्रमण गर्यो” जयमती भण्डारीले भनिन् । उनिहरु तिनै जनालाई प्राथमिक स्वाथ्य केन्द्रमा सामान्य उपचार पछि भारतको खटिमाको एक निजी अस्पतालमा आइसियुमा राखिएको परिवारजनले जनाएको छ् ।

15.18¡ÆC