२२ साउन, टोकियो ।
शनिवार र आइतबार जापानमा हुन लागेको नेपाल फेस्टिवलको मूख्य स्टेज सजावटमा नेपाली झण्डा टुक्राएको भनि आएको गुनासोलाई मूल आयोजक समितिले यो नेपाली झण्डा नभई सजावट मात्र भएको जनाएको छ ।

एनआरएन जापानका उपाध्यक्ष एवं मुल आयोजक समितिका उपसंयोजक टासी लामाका अनुसार मूल स्टेज माथि छुट्टा छुट्टै राखिएको सुर्य र चन्द्रमा कुनै झण्डा नभई सजावटको लागि मात्र राखिएको हो ।

नेपाली इन जापान लगायत केही संस्था र व्यक्तिले मुल स्टेज सजावटबारे गरेको गुनसोलाई प्रष्ट पार्दै टासी लामाले भन्नुभयो-'आफ्नो देशको झण्डा कसैले टुक्रयाएर राख्छ भनेर सोच्नै पर्दैन, हामीले नेपालको झण्डा सबैभन्दा माथि सुरुमा नै राखेका छौं । त्यसको अन्तिममा जापानको झण्डा छ अनि बल्ल तल एनआरएन जापानको लोगो र त्यसको दुई तिर सुर्य र चन्द्र सजावटका लागि राखिएको छ ।'

नेपाल फेस्टिवलको सम्पूर्ण तयारी सकिसकेको जानकारी गराउँदै लामाले टेण्ट निर्माण देखी सजावटमा आयोजक कमिटि आफैं खटिएर लागेको भन्दै कतै केही त्रुटी भएको भएपनि सबै नेपाली मिलेर नेपाल फेस्टिवललाई सफल पार्न लाग्न र सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल फेस्टिवल नेपालको पहिचान र गौरवसँग जोडिएको विषयपनि भएकाले अगष्ट ६ र ७ तारिखमा हुने कार्यक्रमलाई नेपाल महोत्सवमा रुपमा सफल पार्न जापानमा रहेका सबै नेपाली सहित जापानी र अन्य देशका नागरिकलाई सहभागी गराउन लामाले आयोजक कमिटिका तर्फवाट आग्रह गर्नुभयो ।

यसैबिच नेपाली पञ्चेबाजा, लोक नृत्य, नेपाली पहिरन, खाना, कपडा र समग्र नेपाल झल्काउनेगरि मिनि नेपालको रुपमा नेपालमा पर्यटन प्रवद्र्धन र जापानीमाझ नेपाल चिनाउने उदेश्यले आयोजना हुन लागेको नेपाल फेस्टिवलको सम्पूर्ण तयारी सकिएको आयोजक समितिले जनाएको छ ।

नेपाल फेस्टिवल टोकियो स्थित योयोगि पार्कमा शनिवार र आइतबार सञ्चालन हुँदैछ ।

यस्तो हुँदैछ नेपाल फेस्टिवलमा

21.69¡ÆC