काठमाडौं,साउन २१ । मन्त्रिपरिषदको बैठकले १४ जना राजदूतहरुको नाम फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पराराष्ट्र सेवाबाट आएका आठ राजदूतबाहेक बाँकी राजनीतिक पृष्ठभूमिबाट आएका १४ राजदूतहरूको सिफारिस फिर्ता लिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेको २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट आएका १४ जनालाई सिफारिस गरिएका थियो ।

जसमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा.खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् । त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । त्यस्तै खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ ।

यी मध्ये थापा र रायमाझी राप्रपा नेपालको कोटाका हुन् भने बस्न्यात राप्रपा र पराजुली बिजय गच्छदारको पार्टीबाट सिफारिस भएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नवगठित सरकारले मुलुकभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न तोकिएको म्यादभित्रै आउने परिवारलाई प्रोत्साहन स्वरुप एक हजार प्रदान गर्न समेत निर्णय गरेको छ।

18.12¡ÆC