रियो द जेनेरियो,साउन २३ । ब्राजिलमा शनिबार बिहानदेखि औपचारिक रुपमा सुरु भएको रियो ओलम्पिक २०१६ अहिलेसम्म ८ राष्ट्रले स्वर्ण पदक जितेका छन्। पहिलो दिन दक्षिण कोरिया, अमेरिका, अर्जेन्टिना, बेल्जियम र हंगेरी, रुस र भिएतनामले स्वर्ण पदक जितेका छन् । अमेरिका र दक्षिण कोरियाले एक स्वर्ण र एक रजत पदक जितेका छन् । अर्जेन्टिना, बेल्जियम, हंगेरी, रुस र भिएतनामले एक एक स्वर्ण पदक जितेका छन् । अहिलेसम्म एक रजत र तीन कास्य गरी चार पदक जितेको चीनले स्वर्ण भने जित्न सकेको छैन ।

रियो ओलम्पिक २०१६ को पहिलो स्वर्ण पदक अमेरिकाकी गिन्नी थ्रेशरले जितेकी हुन् । उनले महिला तर्फको १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । १९ वर्षकी थ्रेशरले चीनकी सन् २००६ की विश्व च्याम्पियन डु लीलाई पछि पारेर २०८ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन्।

यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन् । यस्तै डोपिङका कारण विवादमा परेको रुसले जुडोबाट रियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो । ६० किलोमुनिको तौल समूहमा रुसका बेसलान मुड्रनोभले स्वर्ण पदक जितेका हुन् ।

काठमाडौं,साउन २३ । नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको ठाडो निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई कुनै प्रक्रिया पूरा नगरी उपलब्ध गराएको हो । हिमालय एयरलाइन्सका लगानीकर्ता ओलीनिकट भएकै कारण कम्पनीले यो विशेष सुविधा पाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

ओलीले चीन भ्रमणमा जाँदासमेत एओसी नै नलिएको सोही एयरलाइन्स प्रयोग गरेका थिए । हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको आजको कारोबार दैनिकमा समाचार छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ ।

एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ ।

निवर्तमान प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलको दबाबमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राधिकरण सञ्चालक समितिमा ठाडो प्रस्तावका लागि निर्णय गराएर हिमालयलाई कार्यालय खोल्न अनुमति दिइएको पाइएको छ ।

प्राधिकरण सञ्चालक समितिमा पर्यटनमन्त्री अध्यक्ष हुने व्यवस्था छ भने सदस्य–सचिवमा प्राधिकरणका महानिर्देशक रहने व्यवस्था छ । “कुनै प्रक्रिया पूरा नगरी सिधै हिमायललाई दिइएको देखेर हामी पनि आश्चर्यमा परेका छौं,” प्राधिकरणका एक उच्च अधिकारीले भने । प्राधिकरण स्रोतका अनुसार हिमालयलाई १० वर्षका लागि उक्त भाडामा जग्गा उपलब्ध गराइएको छ भने भाडा पनि न्यून मात्रै तोकिएको छ ।

काठमाडौं,साउन २३ । समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ ।

सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको खबर आजको कारोबारमा भीम गौतमले लेखेका छन्। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने १३२ केभीको प्रसारणलाइन सम्पन्न हुन कठिन देखिएपछि बिजुली खेर जाने देखिएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने हाल उत्पादन हुने २५ मेगावाट बिजुली प्रसारणका लागि कुनै समस्या नहुने तर, चालू वर्षभित्र प्रसारणलाइन नबनेमा ५० मेगावाट बिजुली खेर जाने बताउँछन् ।

“२५ मेगावाट खेर जान नदिने गरी प्रसारण प्रणालीमा व्यवस्थापन गर्छौं, अर्को युनिट ४ महिनापछि मात्र आउने भएकाले हिउँदमा खेर जाँदैन,” उनले भने, “आगामी वर्षामा ठेकेदारले ढिलाइ गरेमा ठेक्का तोडेर नयाँ ठेकेदार नियुक्ति गरेर भए पनि बनाइ छाड्छौं ।”

आयोजनाका अनुसार, डुम्रेबाट दमौलीसम्मको निर्माणाधीन नयाँ प्रसारण लाइन असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि ठेकेदारको गतिले समयमै सम्पन्न हुने अवस्था छैन ।

हाल ६३ मध्ये ३१ वटा मात्रै टावर बनेको छ । यो प्रसारणलाइन बनेमा भने यहाँको बिजुली लेखनाथतिरको प्रसारणलाइनमा डाइभर्ट गर्न सकिने गरी अघि बढाए पनि त्यो पनि समयमै बन्न सक्ने अवस्था देखिएको छैन ।

६९ मेगावाटको मर्स्याङ्दीको दुई युनिट एकातिर र अर्को एक युनिट मात्र अर्कोतिर लाने मिल्ने भएकाले पनि विद्युत् प्रसारणमा थप समस्या छ । एक युनिटबाट यो आयोजनामा २३ मेगावाट बिजुली उत्पादन हुन्छ ।

मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किटको काम सम्पन्न भए मात्र यस लाइनमार्फत २ सय ८० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिन्छ । यो प्रसारणलाइन अझै २० किलोमिटर बढी बनाउन बाँकी छ ।

सिंगल सर्किटबाट १४० मेगावाट मात्र प्रसारण गर्न सकिने तथा हाल ७० मेगावाटको मध्यमर्स्याङ्दी र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीबाट १३९ मेगावाट प्रसारण भइरहेकाले थप बिजुली प्रवाहको सम्भावना कम रहेको विद्युत् प्राधिरकणका एक इन्जिनियरले जानकारी दिए ।

“हाल बनिरहेको प्रसारणलाइनको विकल्पका रूपमा मध्यमर्स्याङ्दीबाट दमौलीबाट सिधै तल्लो मर्स्याङ्दीसम्म डब्बल सर्किट बनाएर बिजुली खेर जान नदिने विकल्पका साथै प्राधिकरण अघि बढेको छ तर आयोजनाले उत्पादन गर्ने बेलासम्म यो सम्पन्न गर्न कठिन छ,” उनले भने ।

उनका अनुसार, विकल्पका रूपमा अघि सारिएको डुम्रे हुँदै दमौली पुग्ने नयाँ प्रसारणलाइन पनि तत्काल बन्न नसक्ने अवस्था देखिएकाले कि मध्यमस्र्याङ्दी र तल्लो मस्र्याङ्दी, कि माथिल्लो मर्स्याङ्दी–ए को बिजुली खेर जाने अवस्था आएको छ ।

काठमाडौं,साउन २३ । नेता खुमबहादुर खड्काले १३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई नजिकबाट सहयोग गरे । देउवा जित्दा उपसभापति दिने सहमतिमा सहयोग गरेको खड्का पक्षले बताउँदै आएको छ । तर, देउवा निर्वाचित भएको चार महिना वितिसक्दा पनि उपसभापतिमा मनोनीत नगरेको भन्दै खड्का असन्तुष्ट भएका छन् । नेता व्यवस्थापनका लागि देउवाले भातृ संस्थाको अधिवेशनपछि दसैंतिर मात्र पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी गरेको भन्दै खड्का पक्ष थप असन्तुष्ट भनेको छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पौडेल सुरुदेखि नै असन्तुष्ट

सभापति र संसदीय दलको नेतामा देउवासँग पराजित नेता रामचन्द्र पौडेल संस्थापनसँग सुरुदेखि नै असन्तुष्ट छन् । दुई महिनामा गर्नुपर्ने पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय कार्यसम्पादन समिति र विभाग गठन नगरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

शेखर पनि बिच्किए

गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले पार्टी नेतृत्व गर्दा देउवा सधैं विपक्षमा रहे । तर, फरक समूहका भएपनि डा. शेखर काइरालासँग १३ ओं महाधिवेशनदेखि देउवाको सम्बन्ध सुमधुर बन्दै गएको थियो । उनले शेखरलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउने वचन पनि दिएका थिए । तर अन्तिममा अरु मन्त्रालय रोज्न भनेपछि शेखर पनि बिच्किएका छन् ।

गुट फेरेका केसी पनि असन्तुष्ट

महाधिवेशनका बेला संस्थापनबाट देउवा पक्षमा सरेर महामन्त्रीका उम्मेदवार बनी पराजित अर्जुननरसिंह केही सरकारमा जाने विषयमा सभापतिसँग असन्तुष्ट भएका छन् । आफूले राजेजस्तो मन्त्रालय नपाएको भन्दै उनी सरकारमा जान मानेनन् ।

काठमाडौं,साउन २३ । प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मे परेको छ । मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको खबर आजको कान्तिपुरमा छापिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं बुढानीलकण्ठ निवास पुगेका थिए । दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने र राप्रपासहित साना दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आइतबार साना दलमध्ये राप्रपाका दुई मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य भइरहेको छ। यसअघि छुट्याइएका मन्त्रालय अदलबदल गर्न सक्नेबारे दुई शीर्ष नेताबीच कुराकानी भएको ती सदस्यको भनाइ छ। ‘परराष्ट्र मन्त्रालयमा कसलाई लैजाने भन्नेबारे कांग्रेसभित्र असमझदारी बढेको हुँदा कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि कुराकानी भयो,’ स्रोतले भन्यो, ‘कांग्रेसमा त्यो मन्त्रालयमा कसलाई पठाउने विवाद नमिले माओवादीले परराष्ट्र पाउने सम्भावना पनि छ । मधेसवादी दल सरकारमा आउन सक्ने वातावरण बनेमा पररराष्ट्रमा मन्त्री नियुक्ति नै स्थगित हुन सक्छ।’

स्रोतले देउवा र दाहालबीच तत्कालीन केपी ओली सरकारले जाँदाजाँदै गरेका नियुक्ति, सरुवा र बढुवाका निर्णय फिर्ता गर्नेलगायत विषयमा निर्णय गर्नुपर्नेबारे समेत बतायो। बुधबार प्रधानमन्त्री चुनिएका माओवादी अध्यक्ष दाहालले भोलिपल्ट शपथग्रहण गर्दा आफ्नो दलका तर्फबाट तीन मन्त्रीमात्रै नियुक्त गरे।

कांग्रेसले दुई मन्त्रीमात्रै पठायो । जबकि, दुई दलबीचको समझदारीअनुसार कांग्रेसले पहिलो चरणमा चार मन्त्री पठाउने तय भएको थियो । नेता शेखर कोइराला र अर्जुननरसिंह केसी इच्छाएको मन्त्रालय नपाएपछि शपथमा गएनन् । कोइरालालाई परराष्ट्रबाहेक अरू मन्त्रालय रोज्न सभापति देउवाले आग्रह गरेपछि उनी असन्तुष्ट बनेका थिए । अर्का नेता केसीलाई रक्षा मन्त्रालय दिने निर्णय भएको थियो । उनले जनसम्पर्क भएका मन्त्रालय माग्दै रक्षामा शपथ लिन मानेनन् ।

माओवादीमा दाहालको शपथकै दिन तीन मन्त्री लैजाने तय भएको थियो । अर्थ मन्त्रालयमा नेता महरा र अर्का नेता जनार्दन शर्माले इच्छा देखाए पनि अध्यक्ष दाहालले महरा रोजेका थिए । अघिल्लो मन्त्रिपरिषद्मा उपप्रधान तथा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझीले उपप्रधानमन्त्री महराले लिने हो भने विभागीय मन्त्रालय अन्य लिए पनि हुने, अर्थ मन्त्रालयको जिम्मेवारी शर्मा वा अरू कुनै नेतालाई दिनुपर्ने मत राखेका थिए ।

तर महराले अर्थमा जान इच्छा देखाएपछि दाहालले त्यसैलाई सदर गरे । त्यसपछि शर्मा असन्तुष्ट बन्दै क्याबिनेट विस्तारमा तत्काल नजाने निर्णयमा पुगे । उनले सञ्चार मन्त्रालयतिर रुचि देखाए पनि स्थानीय विकास वा ऊर्जा मन्त्रालय पाउन सक्ने पार्टी स्रोतले बतायो । परराष्ट्रमन्त्री पाउने आकलन गरिएका अर्का नेता राम कार्कीले कांग्रेसको भागमा उक्त मन्त्रालय परेपछि रुचि देखाएका थिएनन् । तर कांग्रेसभित्र विवाद देखिएपछि देउवाले असमझदारी व्यवस्थापन गर्न माओवादीतिर उक्त मन्त्रालय दिन सक्ने सम्भावना देखिएकाले उनी फेरि उक्त मन्त्रालयमा जान सक्ने पार्टी स्रोतको अनुमान छ।

२२ साउन, कञ्चनपुर । डोटीको राजपुर स्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियार सहित फरार भएको खबर सार्वजनिक भएको छ । अत्याधुनिक हतियार सहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भए पनि नेपाली सेनाले भने पुष्टि गरेको छैन । फरार सैनिक जवानको नाम पनि खुल्न सकेको छैन । हतियार सहित सेनाको जवान फरार भएको बारे एकीन गर्न नेपाली सेनाले आन्तिरिक छानविन थालेको छ, भने हतियार गणना हुदैछ । नेपाल प्रहरीले सुदूरपश्चिम क्षेत्रमा चेक जाँच कडा पारेको छ । सुदूरपश्चिम भरिका विभिन्न राजमार्गमा नेपाल प्रहरी र नेपाली सेनाका चेक पोस्टमा कडा चेक जाँच भइरहेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनगढी–महेन्द्रनगर सडक तथा भीमदत्त राजमार्गमा बस र जीप कारका यात्रुका झोला खोलेर चेक जाँच हुदैछ । नेपाली सेनाका प्रवक्ता तारा बहादुर कार्कीले जवान फरार भएको वा नभएको बारे एकीन हुन नसकेको बताए । ‘पृतनामा आन्तिरिक छानविन भइरहेको छ,’ हतियार गणना पनि भइरहेको छ’ प्रवक्ता कार्कीले भने– ‘अहिले भन्न सकिने अवस्था छैन ।’ पृतनाका महासेनानी याम सापकोटाले सोधपुछ भइरहेकोले बाँकी कुरा अहिले भन्न नमिल्ने बताए ।

२३ साउन, टोकियो ।
नवौं नेपाल फेस्टिवलको पहिलो दिन भव्य उद्घाटन सहित दशौं हजार व्यक्तिहरुले अवलोकन गरेका छन् ।

गैर आवासिय नेपाली संघ जापानले आयोजना गरेको नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल सहित जापानी परराष्ट मन्त्रालयका प्रतिनिधि आरियोसी ताकासी तथा नेपालका लागि पूर्व जापानी राजदूतहरु नाकाहासी र कोजिमाले रिवन काटेर संयुक्त रुपमा गरेका थिए ।

नेपाली पञ्चेबाजा, लाखे, धिमे नाच सहित विभिन्न झाँकी प्रस्तुत गरिएको फेस्टिवलको पहिलो दिनमा नेपाली जापानी सहित अन्य विदेशीहरुको अबेर साँझ सम्म बाक्लो उपस्थिति रहेको थियो ।

गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, एनआरएन जापानका अध्यक्ष तथा कार्यक्रम आयोजक मूल समितिका संयोजक सुदन थापा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यवाहक नेपाली राजदूत सहित पूर्व जापानी राजदूत र जापान सरकारका प्रतिनिधिले नेपाल जापान सम्वन्ध, ६० औं कुटनीतिक सम्वन्ध सहित नेपालको विकासमा जापानले खेलिरहेको भूमिका र दुई देशका नागरिक बिच रहेको सम्वन्धका बारेमा चर्चा गर्नुभएको थियो ।

नमस्ते व्याण्डको विशेष सांगितिक प्रस्तुती, एभरेष्ट इन्टरनेशलका विद्यार्थीहरुको नृत्य, लोक भजन, नेपाली मौलिक लोक गितहरुमा एकल तथा सामुहिक नृत्य समेटिएको फेस्टिवलको मुख्य कार्यक्रम सञ्चालन एनआरएन जापानका सल्लाहकार तथा बुद्धिजिवि जिज्ञानकुमार थापाले गर्नुभएको थियो । यसैगरि विसु भण्डारीले कार्यक्रमको पछिल्लो खण्ड सञ्चालन गर्नुभएको थियो ।

नेपाली पहिरन, गित संगित, बाजा गाजा र नृत्य एवं नेपालीहरुको बाक्लो उपस्थितिले नेपालकै कुनै ठाउँमा भइरहेको मेलाको झझल्को दिने नेपाल फेस्टिवलको दोस्रो तथा अन्तिम दिन आइतबार शनिवारको तुलनामा बढी व्यक्तिको सहभागीता रहने ठानिएको छ ।

जापानीमाझ नेपालबारे जानकारी दिन, नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाली मौलिक कला र संस्तृतिको प्रचार गर्ने मुख्य उदेश्य सहित आयोजित मेलामा जापानी सहित अन्य देशका नागरिकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

अध्ययन, रोजगारी लगायत विभिन्न रुपमा जापानमा रहेका नेपालीहरुको उल्लेख्य सहभागीता रहेको नेपाल फेस्टिवलमा आज आइतबार तथा अन्तिम दिन जापानमा रहेका नेपालीहरुको थप उत्साहजनक सहभागीता रहने ठानिएको छ ।

फोटो साभार फेसबुक:.सुदन थापा, विसु भण्डारी, चेतन पौडेल

काठमाडौं, साउन २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने,‘मन्त्रिपरिषदको दोस्रो बैठकको निर्णयसँगै तीन बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको छ, यो ऐतिहासिक कदमले सकरात्मक प्रभाव परेको छ ।’

लेखकले मन्त्रीपरिषदको उक्त निर्णयसँगै मधेशी मोर्चा संविधानको विषयमा छलफल गर्न तयार भएको दाबी गरे । संविधान कार्यान्वयनको लागि राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको उनको विश्वास थियो ।

साक्षात्कारमा बोल्दै मन्त्री लेखकले संविधानको कार्यान्वयनको लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘स्थानीय तह र निकायको निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार आवश्यक कानुन निर्माणको लागि अघि बढ्छ , अरु निर्वाचन गर्ने तयारीमा लाग्छौं ।’

लेखकले एउटा सरकारको ठाउँमा अर्को सरकार बनाउनका लागि मात्रै नयाँ सरकार गठन नगरिएको दाबी गरे । उनले थपे,‘अघिल्लो सरकारले मुलुकका राष्ट्रिय एजेण्डालाई सही ढंगले सञ्चालन नगरेकै कारण अहिले नयाँ सरकार गठन गरिएको हो ।’ मन्त्री लेखकले सरकारले संविधानको सर्वस्विकार्यता, संविधानको कार्यान्वयन, भुकम्पपीडितलाई राहत, मुलुकको पूर्ननिर्माण, शान्ति, सुव्यवस्था, सुशासन लगायतका राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने बताए ।

उनले नयाँ सरकारले छिट्टै पुर्णता पाउने भन्दै काँग्रेसबाट समेत मन्त्रीमण्डलमा छिट्टै उपर्युत प्रतिनिधित्व हुने बताए । उनले भने,‘काँग्रेसलगायत अन्य पार्टीहरुबाट समेत चाँडै नाम टुँगो लाग्छ, मन्त्रिमण्डलले छिट्टै पूर्ण आकार लिन्छ ।’

उक्त अवसरमा क्लबका अध्यक्ष धमलाले मन्त्री लेखकलाई अभिनन्दन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

काठमाडौं,साउन २२ । अरहान्तकेशर सिंह र भावना सुनवारले धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ८–११, ११–५, ११–७, ११–१३ र १२–१० को सेटमा पराजित गर्दै स्क्वासमा नयाँ स्टारका रुपमा आफूलाई प्रस्तुत गर्न सफल रहे । गत महिना सातदोबाटोमै भएको खुला स्क्वास प्रतियोगितामा पनि अरहान्तले अमृतलाई नै हराउदै पहिलो उपाधि जितेका थिए ।

अमृतका बुवा हीराबहादुर थापा र प्रवीणवीरसिंह कंशाकार संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले १५ हजार, दोश्रोले ८ हजार र तेश्रोले ३–३ हजार नगद पुरस्कार हात पारे । महिला सिंगल्सको फाइनलमा भावनाले विपना ब्लोनलाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन् । सपना ब्लोन र कृष्णा थापा मगर तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ९ हजार, ५ हजार र २–२ हजार नगद पुरस्कार जिते ।

जुनियर ब्वाइज यु–१७ सिंगल्सको उपाधि अमिर ब्लोनले जिते । उनले फाइनलमा दीपक थापाको चुनौती ११–६, ११–७ र १४–१२ ले समाप्त पारे । विक्रम मगर र विजय मगरले तेश्रो स्थानमा चित्त बुझाए । पहिलोलाई ५ हजार, दोश्रोलाई ३ हजार र तेश्रोलाई १५ सय–१५ सयले पुरस्कृत गरियो ।

गेल्जे ताङ जुनियर ब्वाइज यु–१३ सिंगल्स च्याम्पियन बने । गेल्जेले उपाधि भिडन्तमा सुवास गिरीलाई ११–८, ११–४ र १२–१० को सीधा सेटमा पाखा लगाए । रन्जित थापा र गोपाल थापा तेश्रो बने । पहिलोले ३ हजार, दोश्रोले २ हजार र तेश्रोले १–१ हजार नगद पुरस्कार पाए ।

भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा च्याम्पियन बन्ने क्रममा लालबहादुर गुरुङले फाइनलमा प्रेम सिंहलाई १०–१२, ११–५, ११–६ र ११–८ ले निराश पारे । मनोजबहादुर श्रेष्ठ र महेन्द्र महर्जन तेश्रो स्थानमा रहे ।

पुरुष सिंगल्स प्लेटतर्फ अनिल शाक्यले फाइनलमा लोकेन्द्र भण्डारीमाथि ८–११, ५–११, ११–९, ११–८ र १७–१५ को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थान हात पारे । विजयी मगर र विक्रम मगर तेश्रो बने । विजेतालाई नेपाल स्क्वास ¥याकेट संघका अध्यक्ष किशोर महर्जन, स्व. धनलक्ष्मीका पति कृष्णलाल महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । स्क्वास संघका अध्यक्ष महर्जनले आफ्नी आमाको निधन भएको वार्षिक पुण्यतिथिमा प्रतियोगिता आयोजना गरेका हुन् ।

धनलक्ष्मीको गत वर्षको अगष्ट १ तारिखका दिन निधन भएको थियो । प्रतियोगिता पनि यहि अगष्ट १ तारिखकै दिन सुरु भएको थियो । त्यसमा विभिन्न ६ स्पर्धामा ७८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कुल नगद पुरस्कार राशी ६३ हजार रुपैयाँ रहेको थियो जुन नेपाली स्क्वासकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको स्क्वास संघले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष महर्जनले प्रतियोगितालाई तीन संस्करणसम्म नियमित आयोजना गर्ने प्रतिबद्धता जनाए । उनले दक्षिण एसियाली राष्ट्रलाई समावेश गराइ प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरुप दिने योजना पनि रहेको अवगत गराए ।

काठमाडौं,साउन २२ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना खेलाडी बाग्लुङका आकाशचन्द्र घर्ती मगर र नुवाकोटकी तुलसी थापा मगरलाई आईटीएफ वर्ष खेलाडी– २०७२ बाट शनिबार पुरस्कृत गरेको छ । पुरुष वर्ष खेलाडीको अवार्ड थापेका आकाशले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले भारतको गोवामा भएको दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।

त्यस्तै महिला वर्ष खेलाडी तुलसीले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । तुलसीले गोवाको दक्षिण एसियाली तेक्वान्दोमा २ स्वर्ण हात पारेकी थिइन् । त्यसै अवसरमा नुवाकोटका बासुदेव भट्ट वर्ष प्रशिक्षक– २०७२ को अवार्डबाट सम्मानित भए । काभ्रे उत्कृष्ट संघका रुपमा पुरस्कृत भयो । सम्मानित सबैले समान ६–६ हजार नगदसहित प्रशंसापत्र पाए ।

उनीहरुलाई नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले संघको तर्फबाट पुरस्कृत गरे । सो अवसरमा केसीलगायत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, सातौं राष्ट्रिय खेलकुद तयारी समिति सचिवालयका प्रमुख कमल खनालले खेलकुदको महत्व बारे चर्चा गरेका थिए ।

१९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा महासंघले खेलाडी, प्रशिक्षक र संघलाई सम्मान गरेको हो । वार्षिकोत्सवकै उपलक्ष्यमा महासंघले विगतमा झै यस वर्षपनि साउन १९ मा रक्तदान, २० मा पशुपतिमा रहेका बृद्धबृद्धालाई खाना खुवाएको थियो भने २१ गते ब्ल्याकवेल्ट ग्रेडिङ परीक्षा लिएको थियो ।

काठमाडौं,साउन २२ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना खेलाडी बाग्लुङका आकाशचन्द्र घर्ती मगर र नुवाकोटकी तुलसी थापा मगरलाई आईटीएफ वर्ष खेलाडी– २०७२ बाट शनिबार पुरस्कृत गरेको छ ।

पुरुष वर्ष खेलाडीको अवार्ड थापेका आकाशले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले भारतको गोवामा भएको दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।

त्यस्तै महिला वर्ष खेलाडी तुलसीले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । तुलसीले गोवाको दक्षिण एसियाली तेक्वान्दोमा २ स्वर्ण हात पारेकी थिइन् ।

काठमाडौं,साउन २२ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना खेलाडी बाग्लुङका आकाशचन्द्र घर्ती मगर र नुवाकोटकी तुलसी थापा मगरलाई आईटीएफ वर्ष खेलाडी– २०७२ बाट शनिबार पुरस्कृत गरेको छ ।

पुरुष वर्ष खेलाडीको अवार्ड थापेका आकाशले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले भारतको गोवामा भएको दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।

त्यस्तै महिला वर्ष खेलाडी तुलसीले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । तुलसीले गोवाको दक्षिण एसियाली तेक्वान्दोमा २ स्वर्ण हात पारेकी थिइन् ।