<p>पप्पु गुरुङ्, २१ साउन/ कञ्चनपुर । बन्दरगाह पश्चिमी सीमा क्षेत्र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने विषयमा अध्ययन गर्न नेपाल भारत संयुक्त टोली गठन हुने भएको छ । सुक्खा बन्दरगाहका लागि भारत तिर पनि आवश्यक पूर्वाधार बनाउनु पर्ने भएकाले नेपाल भारत संयुक्त टोली बनाउन लागिएको हो । दोधारा चाँदनी बन्ने सुख्खा बन्दरगाहका लागि अध्ययन गर्न दुर्व देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटीको बैठकमा समझादारी भइसकेको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेतले बताए । आईजीसी नेपाल र भारत सरकारका सचिवहरु सम्मिलित संयुक्त समिति हो । सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल तिर मात्रै तयारी गरेर पुग्दैन, भारत तिर पनि आवश्यक संरचना निर्माण गर्नुपर्ने कार्यकारी निर्देशक बस्नेतले भने । दोधारा चाँदनीको भारतीय सीमा क्षेत्रमा आवश्यक संरचना बनाउने विषयमा भारतीय पक्ष सकारात्मक भए पछि दुवै देशका विज्ञ सम्मिलित संयुक्त समिति बनाउने निर्णय भएको छ । <br><br><br></p>
20.28¡ÆC